इक्यान शैक्षिक मेलामा एक लाख सहभागी हुने

इक्यान शैक्षिक मेलामा एक लाख सहभागी हुने

काठमाडौँ, १६ असार । आगामी साउन ५ गतेदेखि काठमाडौँमा हुने नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को शैक्षिक प्रदर्शनीमा एक लाख भन्दा बढी सहभागी हुने अनुमान गरिएको छ । यही असार ८ गतेदेखि ११ गतेसम्म हुने भनिएको शैक्षिक प्रदर्शनी स्थानीय निर्वाचनका कारण साउन ५ देखि ८ गतेसम्म तय भएको हो । प्रदर्शनी भृकुटीमण्डपमा हुनेछ । इक्यानका अध्यक्ष प्रकाश पाण्डेले मेलाको तयारीमा आफूहरु जुटिरहेको र एक लाखभन्दा बढी सहभागी (अवलोकनकर्ता) आउने अपेक्षा गरिएको बताउनुयो । उहाँका अुनसार मेलामा करिव २५० स्टल रहनेछ, जहाँ पेभिेलियन पनि हुनेछ । उमेश ढुङ्गेलका अनुसार शिक्षक, विद्यार्थी र अभिभावकलाई नेपालसहित विश्वका विभिन्न शैक्षिक विश्वविद्यलाय, कलेजका बारेमा जानकारी र परामर्शका लागि हरेक वर्ष झैँ प्रदर्शनी गर्न लागिएको हो ।