शिक्षामन्त्रीलाई के भने जापानी राजदूतले ?

शिक्षामन्त्रीलाई के भने जापानी राजदूतले ?

काठमाडौँ, १६ असार । नेपालको शिक्षा विकासमा थप सहयोगबारे प्रतिवद्धता जनाउँन आज उपप्रधानन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग शिक्षा मन्त्रालय, सिंहदरबारमा नेपालका लागि जापानी राजदूत मासासी ओगावाको भेटवार्ता भएको छ ।
भेटमा जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम र भूकम्पबाट प्रभावित जिल्लामा विद्यालय पुनः निर्माणमा थप सहयोगको प्रतिवद्धता जनाएको मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो । जापान सरकारको सहयोगमा हालसम्म दुई सय ८३ विद्यालय निर्माण भइसकेको छ भने करिव पाँच सय विद्यालय निर्माणाधीन छ ।
भेटमा उपप्रधानमन्त्री श्रेष्ठले विनासकारी भूकम्पपछि जापान सरकारले राहत, पुनःस्थापना र विद्यालय भवन निर्माणमा गरेको सहयोगप्रति धन्यवाद दिँदै जापानको शिक्षा विकास, प्रविधि र प्रगतिबारे नेपाली विद्यार्थीले अध्ययन र सिक्न सक्ने थप वातावरण निर्माण गर्न आग्रह गर्नुभएको थियो । राजदूतले शिक्षामा थप सहयोगबारे मन्त्रालयको ठोस प्रस्तावको अपेक्षा गरेपनि सरकारले तयारी नगरेका कारण विषयगत छलफल भने हुन नसकेको बुझिएको छ ।