दहीच्युरासँगै कविता

दहीच्युरासँगै कविता

काठमाडौँ, १६ असार । ‘संसाक’ पाक्षिक पत्रिका र टोखा केबको आयोजनामा टोखा केब फनपार्कमा आज ‘स्वीमिङ र कविता, असार १५ को दहीच्युरा’ विषयमा साहित्यिक एवम् सांस्कृतिक कार्यक्रम गरिएको छ ।

हरेक असार १५ मा पत्रिकाले गर्दै आएको सो कार्यक्रममा यस वर्ष स्रष्टालाई पौडीको मनोरञ्जन पनि थप भएको थियो । कार्यक्रममा डा सत्यराज थपलिया, डा शैलेन्दुप्रकाश नेपाल, गोविन्द नेपाल, विकु लामा, यशोदा अधिकारी, भैरवी ढुङ्गाना, उमेश पाण्डे, मणिराज सिंह, तारा केसीलगायतले कविता वाचन गर्नुभएको थियो ।

सो अवसरमा पूर्वपरराष्ट्रमन्त्री एवम् नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले साहित्यले राष्ट्रको भाषा, संस्कृति र पहिचानलाई बोक्ने बताउँदै राष्ट्रियतालाई माथि उठाउने साहित्यिक रचना हुनु वर्तमान समयको माग हो भन्नुभयो । रासस