बहिरा विद्यार्थी सम्मानित

बहिरा विद्यार्थी सम्मानित


असार, १७ असार । केन्द्रीय बहिरा माध्यमिक विद्यालयले एसइइ परीक्षामा सफल बहिरा विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
विद्यालयले वार्षिकोत्वसवको अवसर पारेर शुक्रबार शतप्रतिशत नतिजा ल्याई सफल ३४ विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
“बोल्न र सुन्न नसक्ने हाम्रा विद्यार्थीहरुले गरेको सफलताले विद्यालय र अभिभावकमा उर्जा थपेको छ, आफुलाई अरु सामान्य विद्यार्थीसरह नै स्थापित गराएका छन्”, विद्यालयका प्राचार्य मीना शाहले भन्नुभयो ।
विद्यालयबाट ३४ विद्यार्थीले सो परीक्षामा भाग लिएका थिए ।