भूकम्प प्रभावित विद्यार्थीलाई चीनको साइकल

भूकम्प प्रभावित विद्यार्थीलाई चीनको साइकल


काठमाडौँ, १८ असार । नेपालका भूकम्प प्रभावित तीन सय उच्च शिक्षा तहका विद्यार्थीका लागि चिनियाँ एक संस्थाले साइकल प्रदान गरेको छ । सिआरआई चाइनिज फाण्डेसनले ती साइकल उपलब्ध गराएको हो ।
मदन भण्डारी मेमोरियल फाउण्डेसनको आयोजना र मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनमा मदन भण्डारी मेमोरियल कलेजमा आयोजित कार्यक्रममा काभ्रेपलान्चोकको वनेपा नगरपालिकाका वडा नं. १, २ र ३ का भूकम्प प्रभावितका तिन सय विद्यार्थीलाई सो साइकल हस्तान्तरण गरिएको हो । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ती साइकल हस्तान्तरण गर्नुभयो ।
अध्यक्ष ओलीले नेपाल र चीनबीचको सरकार र जनता जनता बीचको सम्बन्धबारे चर्चा गर्दै भूकम्पपछिको अवस्थामा नेपाललाई चीनबाट प्राप्त सहयोगको सह्राहना गर्नुभयो । उहाँले सो सहयोगलाई भावनात्मक सहकार्यका रुपमा लिई आफ्नो उच्च शिक्षाको पढाइ सफल बनाउन कामना गर्नुभयो ।
एमालेका काभ्रेका पूर्व जिल्ला अध्यक्ष गोकुल बास्काटाले सहयोगका प्रति चिनियाँ आभार व्यक्त गर्नुभयो ।
मदन भण्डारी फाउण्डेसनक महासचिव डा राजन भट्टराईले चीन र अन्य देशका सामाजिक संस्थाहरुसँग सहकार्यका दायार बढाउने बताउनुभयो ।
एकेडेकीमा अध्यक्ष विनोद श्रेष्ठले वितरण हुन बाँकी विद्यार्थीका साइकल आगामी साउन २ गते वनेपमा हुने कार्यक्रममा हस्तान्तरण गरिने बताउनुभयो ।