सर्वोत्कृष्ट विद्यार्थीलाई 'बेलु –विश्वेश्वर चटौत' पुरस्कार

सर्वोत्कृष्ट विद्यार्थीलाई  'बेलु –विश्वेश्वर चटौत' पुरस्कार

 

काठमाडौँ, १८ असार । डडेल्धुराको दिव्यावती निवासी आरडी प्रभास, बागीश्वरीदत्त र तारिणीदत्त चटौतले आफ्ना दिवङ्गत मातापिता बेलु चटौत र विश्वेश्वर चटौतको सम्झनामा स्थापित विभिन्न पुरस्कार घोषणा भएको छ ।

ती पुरस्कारअन्तर्गत “बेलु–विश्वेश्वर चटौत स्मृति पुरस्कार” यस वर्षका लागि त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहको भाषा विज्ञान, नेपाली तथा पत्रकारिता विषयमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने एक÷एक जना तथा सोही सङ्कायअन्तर्गत त्रिविका आङ्गिक क्याम्पसमा अध्ययन गरी स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने ती विद्यार्थीलाई यस वर्षको पुरस्कार आज घोषणा गरिएको छ ।

यसअन्तर्गत विसं २०७० को स्नातकोत्तर तहको परीक्षामा भाषा विज्ञान विषयमा उच्चतम् अङ्क (७२.९० प्रतिशत) ल्याउने तनहुँकी मञ्जु अधिकारीलाई, आमसञ्चार तथा पत्रकारितामा उच्च अङ्क ल्याउने झापाका तृष्णा आचार्य र नेपाली विषयमा उच्च अङ्क ल्याउने दोलखाका बालकृष्ण त्रिपाठी हुनुहुन्छ । यी सबै पुरस्कारको राशि जनही रु १२ हजार रहेको चटौत परिवारले जनाएको छ ।