युवा प्रतिभा प्रतियोगिताका लागि परिषद् र हिसानबीच सम्झौता

युवा प्रतिभा प्रतियोगिताका लागि परिषद् र हिसानबीच सम्झौता


काठमाडौँ, १८ असार । राष्ट्रिय युवा परिषद् र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीचको सहकार्यमा युवा प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ ।
नेपालका १६–४० वर्षका युवा र विद्यार्थीको समग्र विकासको लागि सरकारी स्तरबाट स्थापना भएको नेपालको पहिलो युवाको केन्द्रीय निकायको परिषदले युवाको सीपरक्षमता विकास, उद्यमशिलता, रोजगारी, आयआर्जन र स्वरोजगारको माध्यमबाट युवालाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्यले सो सहकार्य गरेको हो । प्रतियोगिता आगामी १५ देखि २० गतेसम्म भई २८ गते अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा पुरस्कार वितरण गरिनेछ ।
देश भित्रै व्यापक रोजगारीका अवसरहरु सिर्जना गरी स्वदेशमा नै विविध अवसर र संभावनाहरुको खोजी, युवामा सकारात्मक सोंचको विकास, व्यवसायिक एवं वृत्तिविकास परामर्श गरी युवा परिचालनको माध्यमबाट समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिकालाई प्रवर्द्धन गरी युवा पलायनलाई रोक्नु पनि सो सहकार्यको लक्ष्य छ ।
नेपालका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत युवा विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन, प्रतिभा प्रस्फुटन, सकारात्मक सोंचको विकास, लागुऔषध दुर्व्यसनीका विरुद्ध सचेतना अभियान, युवाको प्रतिभा प्रस्फुटन, समाजसेवा, सरसफाइ, वातावरण संरक्षण, परंपरागत सीप र प्रविधिको संरक्षण र युवा पुस्तामा हस्तान्तरण तथा सूचना प्रविधिको विकास र यसको सदुपयोग जस्ता विषयवस्तुहरुलाई संयुक्त रुपले युवा माझ पुर्याउने दुवै पक्षले जनाएकोछ । १६–४० वर्षका नेपाली युवा र विद्यार्थीहरु भएको हुनाले पनि यो द्विपक्षीय समझदारी गर्न अनुकुल वातावरण निर्माण भएको हो ।

समझदारीका अल्पकालीन र दीर्घकालीन कार्यक्रम यस प्रकार छन् ः
१. अल्पकालिन सहकार्यका क्षेत्रहरुः
क) युवा विद्यार्थीहरुका लागि वैयक्तिक विकास परामर्श
ख) युवा प्रतिभा पहिचान कार्यक्रम (जिल्ला र केन्द्रस्तरीय)
ग) अन्तर्रा्ष्ट्रिय युवा दिवस कार्यक्रम
२. दीर्घकालिन सहकार्यका क्षेत्रहरुः
क) युवा विद्यार्थीहरुका लागि सचेतनामूलक कार्यक्रम (लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतना अभियान, सरसफाइ, वातावरण संरक्षण, सूचना प्रविधिको विकास र यसको सदुपयोग) आदि सञ्चालन ।
ख) युवाको कला, सीप र प्रविधि सम्बन्धी प्रतिभा प्रस्फुटन तथा प्रोत्साहन कार्यक्रम ।
ग) स्वयंसेवा सम्बन्धी कार्यक्रमहरु (युथ ग्रीन क्लब निर्माण र युवा परिचालन, रक्तदान, सरसफाइ अभियान, वृक्षरोपण, विपद व्यवस्थापन तथा स्वयंसेवक परिचालन तथा समाजका लागि युवाको योगदानका विविध क्षेत्रहरु)
घ) भविष्यमा युवाका लागि गरिने कार्यक्रमहरु सम्बन्धी गोष्ठी, सेमिनार, कार्यशाला तथा अनुसन्धानात्मक कार्यहरु
ङ) युवा सिर्जना केन्द्रको निर्माण र यसको परिचालन ।
च) विद्यालयरकलेज स्तरीय उद्यमी युवाक्लब निर्माण र परिचालन ।
छ) नेपालका परंपरागत सीप र प्रविधिको संरक्षण र युवा पुस्तामा हस्तान्तरण गर्ने कार्यक्रमहरु ।
ज) अन्य
राष्ट्रिय युवा परिषद र बीचको सहकार्यमा गरिने विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम
क. भिजन प्रतियोगिता
ख. गायन प्रतियोगिता
ग. वक्तृत्वकला प्रतियोगिता
पुरस्कारको व्यवस्था विधागत रुपमा देहाय बमोजिम हुनेछः
क. प्रथम पुरस्कार रु. ५०००० (पचास हजार)
ख. द्वितीय पुरस्कार रु. ३०००० (तीस हजार)
ग. तृतीय पुरस्कार रु. २०००० (बीस हजार)
घ. सान्त्वना पुरस्कार रु. १०००० (दश हजार