सूचनाको हकबारे दीक्षित हुँदै पत्रकार

सूचनाको हकबारे दीक्षित हुँदै पत्रकार

 

काठमाडौँ, २० असार । राष्ट्रिय सूचना आयोगले नेपाल पत्रकार महासङ्घका विभिन्न शाखामार्फत सूचनाको हकबारे नागरिक र पत्रकारलाई थप दीक्षित गराउन थालेको छ ।
नेपालको संविधानको धारा २७ मा मौलिक हकका रुपमा रहेको सूचनाको हकको कार्यान्वयनमा सरकार र जिम्मेवार निकाय नै सक्रिय नदेखिएपछि आयोगले पत्रकार र सचेत नागरिक वर्गबाट यसको वकालत बढाएको हो । नेपालमा २०६४ मा सूचनाको हकसम्बन्धी ऐन जारी भएको थियो भने २०६५ मा आयोग स्थापना भएको थियो ।
आयोगको सहकार्यमा हालै महासङ्घको काठमाडौं, भक्तपुर र धादिङ् शाखाले सूचनाको हकसम्वन्धी अन्तरक्रिया सम्पन्न गरेरका छन् ।
काठमाडौँम आयोजित अन्तरक्रियामा नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट सूचनाको हक नागरिकको हक भएपनि यसको समुदपयोग पत्रकारले प्रचुर गर्न सक्ने बताउनुभयो ।
आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हकलाई आम नागरिकसमक्ष फैलाउन पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने आग्रह गर्नुभयो ।
शाखाका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गोबिन्द पोखरेल, महासंघका केन्द्रीय सचिव ध्रुव लम्साल, केन्द्रीय सदस्य रामहरि सिलवाल, पत्रकार महासंघ काठमाडौंका सल्लाहकार तथा प्रेस काउन्सिलका सदस्य गोबिन्द चौलागाँई, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुबेदी, सञ्चारिका समुहकी उपाध्यक्ष नितु पण्डित, नेपाल प्रेस युनियनका काठमाडौं अध्यक्ष नकुल अर्यालगायत सहभागी हुनुहुन्थ्यो ।