गरिब र जेहेन्दार विद्यार्थीका लागि जुट्यो सहयोग

गरिब र जेहेन्दार विद्यार्थीका लागि जुट्यो सहयोग


पोखरा, २० असार । पोखरा–लेखनाथ महानगरपालिका वडा नं ५ पस्र्याङस्थित धर्मस्थली आधारभूत विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिन सहयोग जुटेको छ ।
आफ्ना मातापिताको सु–स्वास्थ्य र दीर्घायु, श्रीमतीको जन्मदिन, मातापिताको स्मृति र अल्पायुमै मृत्यु भएका आफ्ना परिवारको स्मृतिमा विभिन्न सहयोगी भावना बोकेकाहरुले रु १२ लाख, ५३ हजार ६९ का १४ वटा अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक केदारनाथ बरालले अक्षयकोषबाट आउने ब्याजले विद्यालयको वार्षिकोत्सवमा गरिब तथा जेहेन्दार र कठिन अवस्थाका विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिने जानकारी दिनुयभयो ।
सो विद्यालयमा वीरेन्द्रबहादुर हमालले रु एक लाख ५५ हजार, डा झलकबहादुर कार्कीले रु एक लाख २५ हजार १२५, डिल्लीराम पराजुलीले रु एक लाख ११ हजार १११, पद्मकुमारी शर्माले रु एक लाख दुई हजार ५००, हेरम्वप्रसाद कोइराला र टुमलाल अधिकारीले जनही रु एक लाख एक हजार १११को अक्षयकोष स्थापना गरिदिनुभएको राससले जनाएको छ ।
त्यस्तै दीपक कोइरालाले रु एक लाख १११, ईश्वरी कोइराला, भीमनाथ बराल, डा हरिप्रसाद कोइराला, गणेश तिमिल्सिना–पुण्य तिमिल्सिनाले जनही रु एक÷एक लाख, नेत्रपाणि अधिकारीले रु ५७ हजार १११ र दीनबन्धु कोइरालाले रु ५० हजारको छुट्टाछुट्टै अक्षयकोष स्थापना गर्नुभएको छ ।