चिकित्सा शिक्षामा मेरिटविपरीत भर्ना

चिकित्सा शिक्षामा मेरिटविपरीत भर्ना


काठमाडौं, २० असार । चिकित्सक समाजले विश्वविद्यालयको निर्देशनविपरित विभिन्न आंगिक र निजी मेडिकल कलेजले भर्ना लिएकोमा आपत्ति जनाउँदै मेरिटका आधारमा भर्ना गर्न माग गरेको छ ।
समाजका अध्यक्ष कालु सिंह खत्रीले स्वास्थ्य माफियाले मोटो रकम लिएर स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रलाई पैसामा बिक्रि गर्न खोज्दा पनि सरकार मुकदर्शक भएको बताउनुभयो ।
नेशनल मेडिकल कलेज र युनिर्भसल कलेजमा अत्यधिक रकम लिएर कम योग्य विद्यार्थी भर्ना गरिएको समाजको दाबी छ ।
चिकित्सक डा गोविन्द केसीले उठाएका मागहरू सम्बोधन गर्ने क्रममा यस वर्ष त्रिवि प्राज्ञिक परिषदले चिकित्साशास्त्र तर्फको स्नात्तोकोतर तहमा भर्नाका लागि निजी कलेजहरूमा ३१ लाख रुपैयाँ शुल्क तोकेको थियो तर नीजि कलेजहरूले त्यसको तेब्बर चौबर रकम लिएर भर्ना गरेको पाइएको छ ।