नेत्रावातीका विद्यालयमा नेपाल भाषा पढाइको पहल

नेत्रावातीका विद्यालयमा नेपाल भाषा पढाइको पहल


धादिङ्, २० असार । जिल्लाको नेत्रावाती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दुर्गाकुमार शाक्यले आफ्नो क्षेत्रका निजी र सरकारी विद्यालयमा नेपालभाषा विषय पढाउने पहल सुरु गर्ने बताउनुभएको छ ।
नेवार बाहुल्यता रहेको सो ठाउमा नेवाः भाषा पढाउने, र छिमेकमा तामाङ् भाषीको बाहुल्यता रहेकोले तामाङ् र नेवाः भाषालाई मूलधारकै विषय सरह पढाउनको लागि प्रस्ताव गर्ने उहाँको तयारी छ ।
नेवा ः बस्ती नेवाः स्कूल अभियानका संयोजक दिपक तुलाधर र पत्रकार प्रेरणा शाक्यसँगको छलफलमा अध्यक्ष शाक्यले सरकारी स्कूलमा तामाङ् र नेवा ः भाषा पढाउन शिक्षक दरबन्दी नै सिर्जना गर्ने जानकारी दिनुभयो । अभियानले पाठ्यक्रम निर्माणमा सघाउनेछ ।
अध्यक्ष शाक्यले हालै नेपालभाषा भएको काठमाडौको मोडर्न नेवाः इंगलिस स्कूलमा नेपालभाषा कक्षा पनि अवलोकन गर्नुभएको थियो । बहुभाषिक मुलुक नेपालमा बहुभाषिक शिक्षा नीतिको कार्यान्वयन यसअघि भएपनि पूर्णत ः व्यवहारमा देखिएको छैन ।