युवायुवतीलाई पौडी प्रशिक्षण

युवायुवतीलाई पौडी प्रशिक्षण


काठमाडौँ, २० असार । विगत तिन वर्षदेखि दश जोड दुइ पास गरेका र परीक्षा दिएर वसेका छात्रा छात्राहरुलाई अन्तर्राष्ट्रियस्तरको यएर होस्टेज तालिम दिइएको छ ।
कम्तिमा ५ फिट २ इन्च उचाइ भएका छात्रा र ५ फिट ७ इन्च उचाइ छात्राहरुलाई अन्तराष्ट्रिय स्तरको यएर होस्टेज तालिम दिदै आइरहेको कमलादीस्थित नेपाल एयर होस्टेज एकेडमीमा हाल अध्ययनरत ४० जना युवायुवतीलाई पौडी प्रशिक्षण गराइएको हो ।
बरिष्ठ पौडी प्रशिक्षक विकास विक्रम राणा आपतकालीन अवस्थामा पनि काम लाग्ने भएकाले पौडी खेल्न जान्नु यएरहोस्टेज हुनेका लागि अनिवार्य भएको बताउनुहुन्छ ।
तालिम लिएका युवा युवतीहरु हाल नेपाल लगायत विभिन्न देशको विमान कम्पनीहरुमा सेवारत रहेको संस्थाका सञ्चालक प्रदीपराज वन्तले जानकारी दिनुभयो ।