चर्काे शुल्क लिने निजी विद्यालयमा विप्लवका विद्यार्थीको प्रतिरोध आन्दोलन

चर्काे शुल्क लिने निजी विद्यालयमा विप्लवका विद्यार्थीको प्रतिरोध आन्दोलन


काठमाडौँ, २१ असार । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी) ले चर्काे शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयमा प्रतिरोध सङ्घर्ष सञ्चालन गर्ने जनाएको छ ।
ती विद्यालयकाा लेखा शाखामा तालाबन्दी जारी राखेको सो सङ्गठनले गत जेठ १५ मा शिक्षा मन्त्रलय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति लागू भएकाले कडा आन्दोलन गर्नुपरेको जनाएको छ । लेखा शाखामा तालाबन्दी भएपनि ती विद्यालयले आर्थिक कारोबार गरिरहेका छन् ।
सो सङ्गठनले त्यसरी शुल्क बढी लिने र फिर्तामा अटेरी काठमाडौँ, भक्तपुर र ललितपुरका ३१ विद्यालयको लेखा शाखामा तालाबन्दी गरेको थियो । सङ्गठनका सचिव रामबहादुर विकले शिक्षा क्षेत्रमा दलालीकरण र व्यापारिकरण अन्त्य नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।