बन्दले निजी विद्यालयमा असर छैन: प्याब्सन

बन्दले निजी विद्यालयमा असर छैन: प्याब्सन

काठमाडौँ, २७ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आव्हान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका केही निजी विद्यालयहरुको पठनपाठन प्रभावित भएपनि अधिकाशं विद्यालयमा असर परेको छैन ।
निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि विदा भएका कारण कतिपय विद्यलाय स्वतः विदा रहेकाले बन्दको असर नपरेको तर बन्द हड्तालबाट शिक्षा क्षेत्रमा विगतदेखि पर्दै आएको नकारात्मक प्रभाव नरोकिएकामा चिन्ता व्यक्त गर्नुभयो ।

सो पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी का उपाध्यक्ष लालबहादुर तामाङले आफ्ना कार्यकर्ताहहरुको गिरफ्तारी र निजी विद्यलायका चर्काे शुल्क फिर्ता नभएका कारण बन्द आव्हान गर्नुपरेको बताउनुभयो ।