विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्ड र जापान अनुदान

 विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्ड र जापान  अनुदान

काठमाडौँ, २९ असार । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्ड र जापान सरकारबाट प्राप्त हुने अनुदान सहायतालाई स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले फिनल्याण्ड सरकारबाट करिब रु दुई अर्ब ३६ करोड र जापान सरकारबाट करिब रु २७ करोड ४७ लाख प्राप्त हुने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले समेत गरेकोमुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो ।
विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिनुभएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतमा सेवा प्रवेश गर्नुभएको हो । उहाँको मुख्य सचिवको अवधि कात्तिक ८ गतेसम्म मात्र रहनेछ ।