युनेस्को महासंघलाई महाधिवेशनको चटारो

युनेस्को महासंघलाई महाधिवेशनको चटारो

काठमाडौँ, ३० असार । नेपाल युनेस्को संघसंस्था तथा क्लवहरुको राष्ट्रिय महासंघ, नोपलको शनिबार राष्ट्रिय महाधिवेशन हुँदैछ ।
विश्वभरका राष्ट्र–राष्ट्रबीच शिक्षा, विज्ञान, संस्कृति र आमसञ्चारका क्षेत्रमा सहयोगको सम्वद्र्धन र प्रवद्र्धन गर्दै शान्तिको लागि योगदान गर्ने उदेश्यले अभिप्रेरित भई सन् १९४६ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठनको जन्म भएको थियो । द्वितीय विश्वयुद्धको नरसंहारपछि मानवमस्तिष्कमा शान्तिको किल्ला स्थापना गर्नुपर्दछ भन्ने आदर्शबाट नै युनेस्कोका समग्र कार्यव्रmमहरू निर्देशित र परिचालित छन् ।


युनेस्कोका आदर्शहरूबाट अभिप्रेरित भई नेपालले पनि सन् १९५३ मे १ मा विधिवत्रूपमा युनेस्कोको सदस्यता प्राप्त गरेपश्चात् युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको गठन भएको थियो । युनेस्कोका आदर्शहरूलाई स्थानीय तहसम्म पु¥याउन नेपालमा पनि सन् १९७२ देखि नै युनेस्को संस्थाहरू स्थापना भएको र तत् सम्वन्धमा नीति, नियम, विनियमहरू बनाई जारी गरेपश्चात् युनेस्कोसम्वद्ध सङ्घसंस्थाहरूलाई गोलबद्ध गर्दै सङ्गठितरूपमा कार्य गर्न छाता सङ्गठनको रूपमा सन् १९७२ जुन ९ मा युनेस्को क्लबहरूको राष्ट्रिय महासङ्घ नेपाल गठन भएकोमा तत्पश्चात् विभिन्न नामबाट सञ्चालनमा रहेका युनेस्को महासङ्घहरूलाई बढी प्रतिनिधिमूलक र एकीकृत गराउँदै मिति २०६४ जेठ २० गते युनेस्को संस्थाहरूको राष्ट्रिय महासङ्घ नेपाल गठन गरियो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको परिमार्जित विधानसमेतलाई आत्मसात गर्दै युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको आव्हानमा २०७२ साल चैत्र ३ गते आयोजना गरिएको युनेस्को क्लब, सङ्घ, संस्थाहरूको भेलाबाट विगतको महासङ्घको निरन्तरतास्वरूप नेपाल युनेस्को संघसंस्था तथा क्लवहरुको राष्ट्रिय महासंघ गठन गरिएको हो ।


देशका करिव २०० युनेस्को सम्बद्ध संघसंस्था र क्लवहरु गैरनाफामुलक संस्था रहेकामा महाधिवेशनमा १५५ जति क्लव प्रतिनिधि र ५० पर्यवेक्षकको उपस्थिति रहने छ । अधिवेशनले कार्यसमितिमा १ अध्यक्ष, १ बरिष्ठ उपाध्यक्ष र २ उपाध्यक्ष, १ महासचिव, २ सचिव, १ कोषाध्यक्ष र २५ जना सदस्य समावेशीता आधारमा जम्मा ३२ जनाको कार्यसमिति चुन्ने अध्यक्ष प्रा.डा. प्रेमनारायण अर्यालले जानकारी दिनुभयो ।