हिमाली जिल्लाका शिक्षकलाई दोब्बर पोसाक भत्ता

हिमाली जिल्लाका शिक्षकलाई दोब्बर पोसाक भत्ता

काठमाडौँ, ३० असार । उच्च हिमाली जिल्लामा कार्यरत शिक्षकले वार्षिक १५ हजारका दरले पोसाक भत्ता पाउने भएका छन् ।
लामो समयदेखि ती शिक्षकहरुले अन्य शिक्षकले भन्दा दोब्बर पोसाक भत्ता माग गर्दै आएकामा अर्थ मन्त्रालयले यही असार २३ गते स्विकृत गरी परिपत्र गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।