पत्रकार महासंघको महाधिवेशन फेरि सर्यो

पत्रकार महासंघको महाधिवेशन फेरि सर्यो

काठमाडौं, ८ असार– नेपाल पत्रकार महासंघको यही असार २२ र २३ गतेको लागि तय भएको महाधिवेशन फेरि सरेको छ ।

महासंघका अध्यक्ष महेन्द्र विष्टको अध्यक्षतामा महासंघ केन्द्रीय कार्यालयमा आज (बिहीवार) बसेको सचिवालय बैठकले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई कारण देखाउँदै मधाधिवेशनको मिति सारेको हो ।

वैठकले महाधिवेशनको नयाँ मिति भदौ ४ र ५ गतेका लागि तोकेको छ । वैशाखमै भइसक्नुपर्ने पत्रकार महासंघको महाधिवेशन यसअघि पनि चुनावकै कारण सारिएको थियो ।

महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा हुनेछ ।