प्रोफाइल : 'बच्चाहरुले सुनेर भन्दा गरेर सिक्छन् '

प्रोफाइल : 'बच्चाहरुले सुनेर भन्दा गरेर सिक्छन् '

भावना श्रेष्ठ
प्रिन्सपल, कासा मन्टेश्वरी, क्षेत्रपाटी
म विगत एक दसकदेखि पढाउने काममै सम्लग्न छु । शिक्षण पेसामा मलाई एक प्रकारको सन्तुष्टि मिल्छ । मैले समाजशास्त्रमा स्नातकोत्तर गरेँ । शोधपत्र प्रिस्कुलसम्बन्धी विषयमा गरेको थिएँ । यसबीचमा अष्ट्रेलियाबाट यही विषयमा अध्ययन तथा तालीमको अवसर मिल्यो ।
शिक्षणकै क्रममा मेरो रुची, ज्ञान प्रारम्भिक बालविकासमा बढ्दै गयो र कासा मन्टेश्वरी दर्ता गर्न पुगेँ । यो स्थापना भएको छ वर्ष भयो । बच्चाहरुले सुनेर भन्दा पनि आफै गरेर सिक्छन् र उनीहरुलाई व्यवहारिक सिकाईमा आवद्ध गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी अरु क्रियाकलापमा पनि ध्यान दिन्छौँ । जस्तो नृत्य, संगीत र खेलकुदमा जोड दिन्छौँ । साथै, हरेक आइतबार उनीहरुलाई मिनिस्टेज कार्यक्रम सिर्जना गछौँ, जसमा हामीले हरेक बच्चालाई अगाडि मञ्चमा गएर एकएक गरी बोल्न प्रोत्साहन गछौैँ । यसले गर्दा विस्तारै बच्चाहरु खुल्दै जान्छन् । त्यहाँ आएर उनीहरुले शनिबार घरमा केके गरेको भन्ने कुरा मञ्चमा आएर बोल्छन् । त्यसले गर्दा उनीहरुको आफैले बोल्न सिक्छन् ।
बच्चाहरुका अभिभावकमा उनीहरुले पढे नपढेको खुबै चासो हुन्छ । हामीले पुस्तकालय पनि राखेका छौँ । बच्चाहरु जान्छन् र आफुले मन परेका किताब लिएर पढ्छन्, अनि पढ्न मन नलागे उनीहरुले किताब खोलेर चित्र हेर्ने गर्छन् । यसले गर्दा वच्चाहरुलाई किताब खोलेर धेरै कुरा सिक्छ मद्दत मिल्छ ।
हाम्रो मन्टेश्वरीमा युकेजी पास भएर जान्छन् र बच्चाहरुले अन्य ठूला र राम्रो स्कुलमा नाम निकालेका छन् । यो हाम्रो उपलब्धि हो । हामिले हरेक वर्ष अभिभावक दिवस मनाउने गरेका छौ । हाम्रो स्कुलको क्रियाकलाप देखेर अभिभावकहरु प्नि धेरै खुशी हुनुहुन्छ । हाम्रो भविष्यको सोच यो स्कुलको शाखा विस्तार गर्ने भन्ने रहेको छ । साथै सबैभन्दा गुणस्तरीय शिक्षा दिने हाम्रो योजना छ ।
प्रस्तुति : रिना यादव र विनिता केसी