स्मार्टफोन बिक्रीमा गुगल पछाडि

स्मार्टफोन बिक्रीमा गुगल पछाडि

गुगलले आफ्नो पछिल्लो स्मार्टफोन पिक्सलको धमाकेदार बिक्री गर्न नसकेको देखिएको छ । स्मार्टफोन बजारमा दमदार उपस्थिति जनाउन नसक्दा गुगलले पछिल्लो ८ महिनामा केवल १० लाख मात्र पिक्सल स्मार्टफोन बिक्री गर्न सकेको छ ।

यद्यपि, गुगलले आफ्नो स्मार्टफोन बिक्रीको विषयमा कुनै तथ्यांक सार्वजनिक गरेको छैन । तथापि, पिक्सल स्मार्टफोन प्रयोगकर्ताले मात्र डाउनलोड गर्ने एक एपको डाउनलोड संख्याको आधारमा गुगलको पछिल्लो स्मार्टफोनको बिक्रीको विश्लेषण गरिएको हो ।


गुगलको पिक्सल स्मार्टफोन प्रयोगकर्ताले मात्र इन्स्टल गर्ने पिक्सल लञ्चर नामक एप अहिलेसम्म केवल १० लाखले मात्र डाउनलोड गरेबाट गुगलको पिक्सल स्मार्टफोन केवल १० लाख मात्र बिक्री भएको अनुमान गर्न सकिन्छ ।गुगलले स्मार्टफोन बिक्रीमा कुनै चमत्कार गर्न नसकिरहेका बेला एप्पलले भने सन् २०१६ को अन्तिम त्रैमासिकमा सात करोड आइफोन बेचेको थियो । जबकी सामसुङले सार्वजनिक गरेको पहिलो महिनामै ५० लाख ग्यालेक्सी एस ८ बेचेको थियो ।

अघिल्लो वर्ष सार्वजनिक पिक्सल यस्तो पहिलो स्मार्टफोन हो, जुन एक इन्टेलिजेन्ट पर्सनल असिस्टेन्ट तथा नलेज नेभिगेटरको रुपमा काम गर्दछ ।

पाँच इन्ट डिस्प्लेयुक्त यो स्मार्टफोनमा क्वालकोम स्नापड्रागन ८२१ चिपसेट, चार जिबीको र्याम तथा एन्ड्रोइड नूगा अपरेटिङ सिस्टम रहेको छ ।

एजेन्सी