अस्थायी शिक्षकसँगको वार्ता निष्कर्षबिहीन, अनिश्चितकालिन विद्यालय बन्द गर्ने

अस्थायी शिक्षकसँगको वार्ता निष्कर्षबिहीन, अनिश्चितकालिन विद्यालय बन्द गर्ने

 

काठमाडौं/अनसनरत अस्थायी शिक्षक र सरकारबीच भएको वार्ता निष्कर्षबिहीन भएको छ । बुधबार शिक्षा मन्त्रालयमा झण्डै ५ घन्टा चलेको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्ता बिहीबार शिक्षामन्त्रीसँग वार्ता गर्ने गरी टुंगिएको समितिका उपाध्यक्ष ज्योती नारयाण ढकालले जानकारी दिए ।

झण्डै एक सातादेखि राजाधानीको भद्रकालीमा ५ जना शिक्षक आवरण अनसनमा बसेका छन् । विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु अनसन स्थलमै आएर मागप्रति समर्थन गर्दा समेत वार्ता अनसन टुंगिने अवस्था देखिएको छैन् ।
अनसनरत शिक्षकहरुले सामान्यप्रक्रियामार्फत आफूहरुलाई स्थायी गर्नुपर्ने, शिक्षक विज्ञापन खारेज गर्नुपर्नेलगायतका विभिन्न ४ बुँदे माग राखेका छन् ।
बिहीबार बस्ने वार्तामा पनि आफ्ना मागहरु पूरा नभए कडा आन्दोलनमा उत्रने अस्थायी शिक्षक संघर्ष समितिले निर्णय गरेको छ । उपाध्यक्ष ढकालका अनुसार आफ्ना माग पूरा नभए अनिश्चितकालिन विद्यालय बन्दका कार्यक्रम अगाडि बढाउन आफूहरु बाध्य हुने जानकारी दिए ।