कसले राम्रो परामर्श दिनसक्छ ? प्रोफेसर अथवा प्रोफेश्नल ?

कसले राम्रो परामर्श दिनसक्छ ? प्रोफेसर अथवा प्रोफेश्नल ?

जेफरी जे सेलिङगो :

कलेज तथा क्याम्पसहरुमा शैक्षिक परामर्श मेटाउनै नसक्ने एउटा समस्या बन्दै आएको छ । रजिस्ट्रेसन फाराम भरेदेखि अर्को सेसनको कक्षा शुरु नभइन्जेल यस्तो पीडादायी क्षणबारे विद्यार्थीहरु सायदै कम सोच्ने गर्छन् । नेस्नल सर्भे अफ स्टुडेन्ट इंगेजमेन्टले नया“ र सिनियर विद्यार्थीमाझ गरेको वार्षिक मत सर्वेक्षण अनुसार १० मध्ये चार जना विद्यार्थीले मात्रै आफ्नो शैक्षिक योजनाका लागि परामर्शदातालाई प्राथमिक स्रोतको रुपमा लिने गरेको देखाएको छ । १० मा एक जनाले त शैक्षिक परामर्शदातालाई कहिल्यै नभेट्ने गरेको सर्वेक्षणले पत्तो लगाएको छ ।
खासगरी विद्यार्थीलाई पछि आउने समस्याका लागि परामर्श दिने गरिन्छ । त्यसैले खराब परामर्शले चुकाउने मूल्य पनि डरलाग्दो बन्न सक्छ । आफ्ना आवश्यकता सन्तुष्ट पार्न लिने यस्ता परामर्श कक्षाहरुले तपाइ“को ग्रायुजेएट समयमै सकाउन समेत बाधा पु¥याउन सक्छ । कोर्स नै छोडिदिनुपर्ने र आर्थिक संकट निम्तिने खतरा उत्तिकै हुनसक्छ ।
विद्यार्थीको शैक्षिक अनुशासनलाई फराकिलो ढंगले मिलाउ“दै जाने कुरामा प्राध्यापकहरुले समेत उपेक्षा गर्न सक्छन् । अझ लामो र घुमाउरो बाटोबाट डिग्री हासिल गर्न खोजे त्यो जोखिमपूर्ण हुन्छ । साथै कलेजको खर्च समेत गुजुल्टो परेर उकालो चढ्छ । अनि संघीय र राज्य सरकारले डलरमा कर तिर्ने मूल्य र ग्रयाजुयटको दरबीच समायोजन गर्ने प्रयास गर्छ । जसका कारण कलेज र विश्वविद्यालयहरुले विद्यार्थीको पढाइभन्दा समयमै शुल्क तिरेनतिरेकामा बढी ध्यान दिन्छन् । परिणमस्वरुप धेरैले प्राध्यापाकहरुको सल्लाहबाट टाढै रहने बाटो रोज्छन् र प्रफेश्नल परामर्शदाताकोमा पुग्छन् ।
जब विद्यार्थीलाई व्यस्त राख्न र कक्षाकोठाबाहिर उनीहरुलाई के चाहिन्छ भन्ने परामर्शको आवश्यकता पर्छ तब फुयाकल्टी सधैं सही हुन्छ भन्ने छैन, व्यावसायिक परामर्शदाताहरुको संगठन नेश्नल एकेडेमिक अडभाइजिङ एसोसियसनका निर्देशक चार्ली एल नट भन्छन् । उनी थप्छन्, “कलेजहरुले ध्यान नदिएर यस्तो भएको होइन । परामर्शदाताहरु कुनै एउटा कोर्षको सेटमा काम गर्ने गरी पैसा तिरेर ल्याइएको हुन्छ । त्यसैले उनीहरुले कलेजले जसरी परामर्श दिनु भनेका हुन्छन् त्यस्तै मात्र गर्छन् । स्वतन्त्र परामर्श दिने हैसियत हु“दैन । उनीहरुले विद्यार्थीलाई निश्चित तालिका दिएर आफ्नै बाटोमा हिडाउ“छन् ।”


२२ प्रतिशत कलेजहरुले आजकाल पूर्णकालीन व्यावसायिक परामर्शदाता राख्ने गरेको एशोसियसनले सन् २०११ मा गरेको सर्वेक्षणले देखाएको थियो । जसमध्यै १८ प्रतिशतको मात्रै फ्याकल्टी परामर्शदाता हुने गरेको देखाएको थियो । बा“की चार प्रतिशतले मुश्किलले फ्याकल्टी परामर्शदाता प्रयोग गर्छन् । जब कि कलेजको पहिलो दुई वर्ष एकदमै संवेदनशील मानिन्छ । विद्यार्थीहरु यही समयावधिमा अर्को कलेजतिर जाने वा बीचमै छोड्ने बढी हुन्छ ।
एकारित परामर्श दिनु गहन अनुसन्धान र शिक्षणबाट निकै टाढा पुगिसकेको छ भने अर्कोतिर सबै प्राध्यापकहरु व्यावसायिक बन्ने भूमिका त्याग्ने पक्षमा छैनन् । धेरैले आफूलाई विषय, कोर्ष र ग्रयाचुयट स्कुलको सूचनाको अनिवार्य स्रोत ठान्छन् । तर कलेजहरुमा थोरै मात्र पूर्णकालीन फ्याकल्टी परामर्शदाताले उचित सल्लाह दिने गरेका छन् । करिब ७५ प्रतिशत आंशिक ज्यालादारी परामर्शदाता मात्र सिकाउनका लागि राखिएका छन् ।
दि फल अप दि फ्याकल्टीका लेखक तथा जोन्स हप्किन्स कलेजमा राजनीति शाष्त्रका प्राध्यापक बेन्जामिन गिन्सवर्ग गैर फ्याकल्टी परामर्श कर्मचारीको संख्या बढिरहेको बताउ“छन् । यस्ता कर्मचारीले कलेजको खर्च समेत बढाइदिएको उनको तर्क छ । यस्ता कर्मचारीले अनावश्यक भूमिका र धारणामा खर्च गराएको लागत बढको उनको भनाइ छ । जब कि पूर्णकालीन परामर्शदाताले परफरमेन्समा ध्यान दिने गरेका छन् ।
यति हु“दाहु“दै पनि बितेका केही दशकयता उच्च शिक्षामा विद्यार्थी सहयोग सेवा दु्रत गतिमा रोजगारी दिने सेवाको रुपमा विकसित भईरहेको छ । शैक्षिक परामर्शसहितको यो पेशाले कलेजहरुमा रोजागरी दिने स्रोतको एक तिहाई ओगट्छ । “शैक्षिक परामर्श प्राज्ञिक व्यक्तिबाट हुनुपर्छ,” गिन्सवर्ग भन्छन्, “व्यावसायिक परामर्शदाताहरु परामर्श दिनुपर्ने क्षेत्रमा थोरै मात्रै योग्य हुन्छन् ।”
वास्तवमा व्यावसायिक परामर्शदाताहरु सही बाटो देखाउन फ्याकल्टी सदस्यभन्दा सा“च्चै उत्कृष्ट हुन्छन् वा हु“दैनन् यो अस्पस्ट छ । ६५ प्रतिशत व्यावसायिक परामर्शदाताहरु स्नातकोत्तर उत्तीर्ण हुने गरेको सन् २०११ को अध्ययनले देखाएको थियो । शिक्षणलाई जोड दिने कलेजहरुमा प्रोफेसरहरु आफैं परामर्शको ओइरो लगाउ“छन् । जहा“ विद्यार्थीको सन्तुष्टिको नतिजा समेत राम्रो देखिन्छ । तर यो सा¥है सानो स्केलमा छ ।
व्यावसायिक परामर्शदाताहरु समयमै कक्षामा छिर र समयमै ग्रयाजुयट सकाउजस्ता एककोहोरो सल्लाह दिन्छन् । “अधिकांश कलेजहरुको परामर्श शिक्षा दिने खालको र आमाले आफ्ना सन्तानलाई भनेजस्तो हुन्छ, ग्रान्ड भ्याली स्टेट युनिभर्सिटीका प्राध्यापक रोबर्ट टलबर्ट भन्छन्, “उनीहरुको प्रष्ट बनिबनाउ धारणा के हुन्छ भने विद्यार्थी आफ्नो निर्णय गर्न सक्ने क्षमताका हु“दैनन् । त्यसैले हामीले उनीहरुका हरेक कुरामा परामर्श दिनुपर्छ ।”
तर ठूलो संख्याका सरकारी विश्वविद्यालयहरुले भने विद्यार्थीको हात समाउने यही कार्यमा भारी लगानी गरिरहेका छन् । जसले ठूल्ठूला कोर्ष क्याटलग राखेर विद्यार्थीलाई मनाउ“छन् भने पहिलो पुस्ताका विद्यार्थी उनीहरुका लक्षित विद्यार्थी हुन् । फिलाडेल्फियाको टेम्पल युनिभर्सिटीले सन् २००६ मा २७ हजार अन्डरग्राजुयट विद्यार्थी राखेर परामर्श सुधार थालेको थियो, जुन अहिले दोब्बर पुगेको छ । पूर्णकालीन परामर्शदाता ६० जना छन् ।
“विद्यार्थीले हामीलाई कारिन्दारको रुपमा मात्रै नलिउन् भन्ने हाम्रो आशा हो,” टेम्पल विश्वविद्यालयकी व्यावसायिक परामर्शदाता इरिना भेरामिदिस भन्छिन्, “ जो केही कुरामा कमजोर छ उनीहरुलाई हामी कसैलाई भयभित पार्दैनौं ।”
एकबिहान भेरामिडिसले मार्केटिङ र पर्यटक कुन मुख्य कुरा हो भन्ने विषयमा बहस गरिरहेका ……….भेटिन् । जसले चाहिं आफैले शुरुमा छानेको जीव विज्ञानको पढाई भर्खरै छाडेकी थिइन् । ती विद्यार्थी मार्केटिङ र पर्यटन विषयबीच लामो बहस गरिरहेकी थिइन् । भेरामिडिसले मार्केटिङ लिएर पढ्ने हो भने हिसाबमा तीक्ष्ण हुनुपर्ने उल्लेख गरिन् । आफ्नो अगाडिको कम्प्युटर मनिटरमा विद्यार्थीको अभिलेख हेर्दै उनले भनिन्, “तिमीले विज्ञान संकाय पढ्दा नै हिसाब समेत पढिसकेका छौ । हिसाब तिम्रो लागि त्यति राम्रो फापेन ।” विद्यार्थीले विज्ञान र मार्केटिङको कक्षाको फरकबारे जिज्ञासा राख्यो । ती परामर्शदाताले कोर्षबारे विस्तृतका लागि अनलाइनमा अध्ययन गर्न सुझाइन् । साथै मार्केटिङ विषयको परामर्श दिने आफ्नै समकक्षी सोधिन्, भेरामिडिसले । ती विद्यार्थी त्यहा“बाट हिंड्नुभन्दा अघि भेरामिडिसले ट्रान्स्क्रिप्ट हेरेर उनले मार्केटिङ पढ्न स्पेनिस सुधार्नुपर्ने बताइन् । “यो कुरा दिमागमा राख्नु,” उनले भनिन्, “हामी तिमीलाई लामो समय यहा“ राख्न सक्दैनौं, जो तिमी चाहन्छौं ।”


परामर्शदातास“ग विद्यार्थीले आधा घण्टाको समय पाए, जुन प्राध्यापकको व्यस्त समयबाट विद्यार्थीले पाएको लामो अवधि हो । प्रायः संवाद भेटघाट गर्नुको कारणदेखि शुरु हुन्थ्यो । आउदो समेस्टरका कक्षाबारे भन्दा स्प्रिङ सिजनको कक्षामा दर्ता फाराम बारे बढी परामर्श दिइन्थ्यो । भेरामिडिस विश्वविद्यालयले अफर गरेका कोर्ष निरन्तर हेरिरहन्थिन् ताकि विद्यार्थीहरुले राम्रोस“ग कक्षा लिन सकून् र विद्यार्थीले कुनै कोर्षको अपेक्षा गरे भने सहजै उपलब्ध होस् । परामर्शदाताहरुले हरेक समरमा विश्वविद्यालयभित्र परिवर्तन भएका कुराहरुबारे जानकारी दिन तालिम कक्षा समेत राखेको छ ।
टेम्पर विश्वविद्यालयको लक्ष्य भनेको विद्यार्थीको उत्तीर्ण प्रतिशत र तीक्षणता बढाउने हो । तर लक्ष्य प्राप्तिको प्रगति एकदमै धीमा छ । आफ्नै ……मा फर्कने अनुपात ठूलो छ । करिब ८८ प्रतिशत ……मा फर्कन्छन् । जब कि चार वर्षमा ग्राजुयसन सकाउने विद्यार्थीको प्रतिशत ४३ मात्रै छ । सन् २००५ मा यो ३५ प्रतिशत थियो । परामर्शकै कारण यो वृद्धि देखिएको विश्वविद्यालयको बुझाइ छ ।
“सुधारका लागि हामीस“ग कति धेरै अवसरहरु छन् भनेर हामी यथार्थपरक बन्नु सबैभन्दा महत्वपूर्ण कुरा हो,” टेम्पलका सिनियर उपअध्यक्ष पेटर आर जोन्स भन्छन्, “हाम्रा धेरैजसो विद्यार्थीहरु फस्ट जेनरेसनका हुन् । अधिकांशले पढाइ निरन्तरता दिनका लागि पैसा धान्न सक्दैनन् । उनीहरु यति ठूलो चुनौतिको सामना गर्नु सक्दैनन् र बीचैमा पढाइ छोड्छन् ।”
आफ्नो प्रगति चा“डै भेट्टाउन टेम्पलले शैक्षिक परामर्शको रणनीति बनाउ“दैछ, जसले विद्यार्थीले भन्न नसकिरहेको तर परामर्शको आवश्यक रहेका विद्यार्थीको पहिचान गर्नेछ । पछिल्लो वर्ष टेम्पलले बीचैमा पढाइ छोड्ने खतरामा रहेका छ सय ५० विद्यार्थी पहिचान गरेको थियो । उनीहरुलाई कम्तीमा पनि पा“च पटक परामर्शदाताहरुले भेटेका थिए । जोन्सका अनुसार टेम्पलका परामर्शदाताहरुले पढाइ छोड्नै नपर्ने विद्यार्थीलाई निरन्तरताको ग्यारेन्टी दिन्छ । उनी भन्छन्, “विगतमा हामी परामर्श दिने कुरामा एकदमै निस्क्रिय थियौं । परामर्शदाता लाइब्रेरियनजस्तो हुनुह“दैन, जो सहयोगको याचना गर्दै आउने विद्यार्थीको पर्खाइमा होस् । धेरैजसो विद्यार्थीले आफूलाई सहयोग चाहियो भन्ने बुझ्दा निकै ढिलो भईसकेको हुन्छ ।”
न्यूयोर्क टाइम्स