भक्तपुरको सिबर्डमा विज्ञान प्रदर्शनी

भक्तपुरको सिबर्डमा विज्ञान प्रदर्शनी

भक्तपुर । सिबर्ड इन्टरनेसनल कलेजले पौस ३ गते आफ्नो १५ औँ स्थापना दिवस अवसरमा तेस्रो जिल्लाव्यापी प्रतियोगितात्मक अन्तर विद्यालयस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ ।प्रतियोगितामा भक्तपुर जिल्लाका १५ वटा विद्यालयको २० वटा विज्ञानसम्बन्धि प्रयोगात्मक प्रर्दशनीमा राखिएको थियो । प्रतियोगितामा गणेश माध्यमिक विद्यालय प्रथम, सुप्रिम उच्च माध्यमिक विद्यालय दोस्रो र ए.जे. सकेन्डरी स्कूलले तेस्रो भएका थिए ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का उपकुलपति प्रा. डा. जीवराज पोखरेलले सिबर्डले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गर्दै नाष्टले नेपाली जनतालाई विज्ञान र प्रविधिकोको सुखभोग गराएको र विज्ञान विषयमा सैद्धान्तिक पछि प्रयोगात्मक नै हुनुपर्नेमा उनले चर्चा गरे ।
समापन कार्यक्रममा कलेजका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीको क्षमतामा अभिवृद्धि गर्न प्रदर्शनी आयोजना गरिएको बताए ।
प्रदर्शनीमा क्यामेरा विशेषज्ञ मदनबाबु बज्राचार्यले विश्व कै सानो मानिएको क्यामेरा र जुद्ध शम्सेरले बेलायतबाट ल्याएको ३० किलोको क्यामेरालाई समेत प्रदर्शन गरेका थिए ।
दुई दिन सम्म चलेको उक्त प्रदर्शनीमा उपत्यकाका विभिन्न विद्यालयका करिब ६ हजार ५ सय विद्यार्थीहरूले अवलोकन गरेका थिए।