शैक्षिक क्षेत्र सुधारका लागि १९ अर्ब सहयोग

शैक्षिक क्षेत्र सुधारका लागि १९ अर्ब सहयोग

अन्तर्राष्ट्रिय विकास महासंघ ‘आईडीए’ ले नेपालको शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि १९ अर्ब ५ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यका साथ संचालन हुने शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि ‘आईडिए’ ले नेपाल सरकारलाई १९ अर्ब ५ करोड ऋण सहायता उपलब्ध गराउने सम्झदारी गरेको हो ।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थ सचिव शान्तराज सुवेदी र ‘आईडिए’का राष्ट्रिय निर्देशक तकुया कामताबीच नेपालको शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि ऋण सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा हस्ताक्षर गरिएको छ । कार्यक्रममा अर्थ सचिव सुवेदीले ‘आईडिए’ ले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रममा सहयोग उपलब्ध गराउँदै आएको स्पष्ट पारे ।


दाताहरुले नेपालको शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि निरन्तर आर्थिक सहायता उपलब्ध गराउँदै आएपनि उल्लेख्य प्रगति भने हुन नसकेको विभिन्न अध्ययण प्रतिवेदनले देखाएको छ । ‘आइडिए’ले नेपालको सामाजिक तथा आर्थिक क्षेत्रको विकासमा पनि चासो राख्दै आएको छ ।