गिरानचौरको एकीकृत वस्तीमा पुस्तकालय

गिरानचौरको एकीकृत वस्तीमा पुस्तकालय

सिन्धुपाल्चोक, ११ असार । गिरानचौरस्थित धुर्मस सुन्तली फाउण्डेशनद्वारा निर्माण गरिएको एकीकृत नमुना वस्तीमा अत्याधुनिक पुस्तकालय स्थापित भएको छ । गोकर्णेश्वर नगरपालिका–८ निवासी समाजसेवी दीपकसिंह भण्डारी र उहाँकी श्रीमती शकुन्तला भण्डारीले स्वर्गीय पिता टुन्नरसिंह भण्डारी तथा माता यज्ञकुमारी भण्डारीको सम्झनामा पुस्तकालय स्थापना गराउनुभएको हो ।

सांसद् शेरबहादुर तामाङ, गोकर्णेश्वर नगरापालिकाका प्रमुख सन्तोष चालिसे लगायतले एकीकृत वस्तीमा आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा पुस्तकालयको उद्घाटन गर्नुभयो ।
पुस्तक, फर्निचर, ल्यापटपसहित पुस्तकालयमा करिव रु ८ लाख रुपैया बराबरको सामग्री छन् ।
यस्तै एकीकृत वस्तीको सहयोगार्थ गोकर्णेश्वर नगरपालिकाका समाजसेवीहरु लक्ष्मण श्रेष्ठले ५ हजार तथा मोहन बराल र प्रदीप ठकुरीले पनि ३–३ हजार रुपैया प्रदान गर्नुभयो । चामुण्डा माध्यामिक विद्यालयका प्रधानाध्यापक यादवप्रसाद पौडेलले विद्यालय परिवारको तर्फबाट शैक्षिक तथा खेलकूदका सामाग्रीहरु प्रदान गर्नुभयो भने प्राुख चालिसेले व्यक्तिगत रुपमा पोडियम उपलब्ध गराउनुभयो ।
कार्यक्रममा चामुण्डा माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृृृष्णगोपाल तामाङलाई सम्मान गरिएको थियो ।