विद्यालयले महानगरप्रमुखको सम्मान गर्दा...

विद्यालयले महानगरप्रमुखको सम्मान गर्दा...

काठमाडौँ, १५ असार । मैतीदेवीस्थिति एसएबी पब्लिक स्कुलले काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसहित नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ ।
नेपाल सांस्कृतिक संघमा कार्यक्रम आयोजना गरी प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र २९ नं का वडाध्यक्ष कुश ढकाललाई सम्मान र बधाई दिइएको हो । विद्यालयबाट हालै माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा सफल भएका विद्यार्थीलाई पनि बिदाइ गरिएको थियो। यसअघि सूर्याेदय भनिने सो विद्यालयमा आनन्दभूमि र ब्यु स्काई मर्ज भएको थियो ।
सूर्याेदय सम्मान केशरीलाई
यस वर्षको ’भानु सूर्योदय स्रष्टा सम्मान’ साहित्यकार गीता केशरीलाई प्रदान गरिएका यसअघि सूर्याेदय भनिने एसएबी आवासीय विद्यालयले हरेक वर्षको आदिकवि भानुभक्त आचार्य जयन्तीको पूर्वसन्ध्यामा दिँदै आएको सो सम्मान नेपाली काँग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गर्नुभयो।
सम्मानको राशि रु १५ हजार छ । केशरी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिवसमेत हुनुहन्छ। सो अवसरमा नेता सिंहले मुलुक नयाँ संविधानको कार्यान्वयको चरणमा रहेको र स्थानीय तहको निर्वाचनपछि शिक्षाको अधिकार स्थानीय तहमा गएकाले अभिभावकले आफ्नो नजिकका जनप्रतिनिधिसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो।
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनमा आफूलाई जिताएर सहयोग गरेजस्तै स्मार्ट सिटी बनाउने अभियानमा साथ दिन आह्वान गर्नुभयो।
विद्यालयका संस्थापक प्रिन्सिपल एवं निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का निवर्तमान अध्यक्ष लक्षबहादुर केसीले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको बताउनुभयो । कार्यक्रममा विद्यार्थीले नृत्य पनि प्रदर्शन गरेका थिए ।