बाल क्वलका पूर्व सदस्यको राष्ट्रिय सञ्जाल

बाल क्वलका पूर्व सदस्यको राष्ट्रिय सञ्जाल


काठमाडौँ, १६ असार । बाल क्लवका पूर्व सदस्यहरुले विगतमा आफूले बाल अधिकारका लागि सिकेका अनुभवको सदुपयोग गर्दै यस क्षेत्रमा थप सक्रिय हुन राष्ट्रिय सञ्जाल गठन गरेका छन् । बालअधिकारका लागि राष्ट्रिय अभियान नामक सञ्जाल गठन गरी नयाँ कार्यसमिति चयनका लागि आज राष्ट्रिय भेला आव्हान गरिएको छ । भेला महेन्द्र राष्ट्रिय मावि, बालुवाटारमा हुँदैछ ।
नेपाललाइ बालश्रम मुक्त र बालमैत्री संस्कारको विकासका लागि सरकारी र गैह्रसरकारी क्षेत्रबाट भएका प्रयास अपर्याप्त भएकाले आफूहरु स्वतन्त्ररुपमा सङ्गठित भएको अभियानका संयोजक प्रविन सिलवालले जानकारी दिनुभयो । भेलामा करिव ५० जिल्लाका बाल क्वलका पूर्व सदस्य हुनेछन् ।