असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

विकास

पत्रकारलाई गण्डकी मेडिकल कलेजमा छुट

पोखरा, ६ असार । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालि पोखराले नेपाल पत्रकार महासङ्घका सम्पूर्ण सदस्यलाई उपचारमा पाँचदेखि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ ।

पत्रकार महासङ्घको परिचयपत्रको आधारमा प्रदान गरिने सो सेवाअन्तर्गत जनरल बेडमा निःशुल्क, क्याबिन र ओपिडी तथा इमर्जेन्सी टिकटमा ५०, ल्याब परीक्षणमा २५, युएसजी एक्सरे, ओटी चार्जमा २० एवम् एमआरआई, फार्मेसी, दाँतको उपचार र इसिजी सेवामा पाँच प्रतिशत सहुलियत दिने भएको हो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले पत्रकारको उपचारमा सम्झौता कोसेढुङ्गा सावित हुने बताउँदै कास्कीमा सम्झौता भएपनि मुलुकभरिका पत्रकार महासङ्घका सदस्यले तोकिएको सुविधा प्राप्त गर्ने जानकारी दिनुभयो ।

गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले एक वर्षका लागि सम्झौता गरिएको जानकारी दिँदै आगामी दिनमा समेत पत्रकार र परिवारका लागि समेत थप सुविधा प्रदान गर्ने बताउनुभयो ।

उहाँका अनुसार ३०० श्ययाबाट सेवा सुुरु गरेको गण्डकी मेडिकल कलेजमा हाल ५५० श्ययाबाट स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । यसमध्ये २० आइसियु, पाँच एसआइसियु, १० पोस्ट अपरेटिभ वार्ड, आठ श्ययाको पिआइसियु, २१ श्ययाको एनआइसियु तथा ४४ श्ययाको विशिष्ट क्याबिन रहेको छ ।

अस्पतालबाट हाल दैनिक सातसयदेखि आठसय जनाले बहिरङ्ग विभागबाट बिरामीले सेवा लिइरहेको बताउँदै उहाँले भन्नुभयो कलेजबाट सन् २०१० देखि प्रत्येक वर्ष ७५ जना विद्यार्थी एमबिबिएस पढ्दै आएकोमा पहिलो ब्याचका ७५ विद्यार्थी अन्तिम वर्षको परीक्षामा उत्तीर्ण भई दोस्रो वर्षका ६० जनाले इन्टर्नसिप गरिरहेको जानकारी दिनुभयो । रासस
––––––––––

khs

प्रादेशिक सूचना आयोग गठनको माग

भक्तपुर, ३ असार । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सातवटै प्रदेशमा प्रादेशिक सूचना आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आयोजना गरेको ‘सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि शिक्षा पत्रकारको भूमिका’ विषयको दुईदिने कार्यशालामा प्रमुख आयुक्त बास्कोटाले संविधान बमोजिम हरेक प्रदेशमा आयोग गठन भएमा मात्र सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न सकिने बताउनुभयो ।

उहाँले संविधानमा सूचना माग्ने र दिन पाउने अधिकारमात्र उल्लेख भएको र सम्पे्रषण गर्ने अधिकार स्पष्ट उल्लेख नहुँदा कतिपय निकायले समाचार लेख्ने कारण खुलाएर सूचना माग्दा नदिइने उदाहरण देखिएकाले संविधानमा आवश्यक संशोधन गर्नुपर्ने बताउनुभयो ।

लोकतन्त्रको प्राणवायुका रुपमा सूचनाको हकलाई लिइनुपर्ने र पत्रकार र आम नागरिकले यस अधिकारको प्रयोग गर्दा सूचना नपाएर आयोगमा पुनरावेदन गरे तत्काल सूचना दिन सम्बन्धित निकायलाई आदेश गरिने उहाँले स्पष्ट गर्नुभयो ।

शिक्षाविद् डा मन प्रसाद वाग्लेले संविधानले स्थानीय तहको अनुसूचीमा माध्यमिक तहसम्मको शिक्षाको सञ्चालनको जिम्मेवारी भए पनि स्पष्ट कानुन बनिनसकेकाले त्यसका लागि स्थानीय सरकारले अग्रसरता लिई कार्यारम्भ गर्नुपर्ने बताउनुभयो ।

कार्यशालामा वरिष्ठ पत्रकार राजेन्द्र दाहालले विधागत पत्रकारले सम्बन्धित विषयमा विशेष दख्खल राख्न सकेमा सार्वजनिक शिक्षाको सुधारमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

कान्तिलोक पथमा कालो पत्रे धमाधम

सुरेश तामाङ, काठमाडौँ । काठमाडौंसँग हेटौंडा जोड्ने वैकल्पिक मार्गका रूपमा परिचित कान्ति लोकपथमा धमाधम कालोपत्रे थालिएको छ। कान्तिलोक पथ सडक योजनाले... more

मेलम्ची आयोजनाको काम दसैंअघि नै सकः लेखा समिति

काठमाडौं, २२ चैत । व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माणकार्य आगामी दसैंअघि नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ... more

कान्ति लोकपथका ठेकेदारको ध्यान ग्राभेल र ढुंगाको बिक्रीमा

सुरेश तामाङ, ललितपुर । न्ति लोकपथको सडक चौडा गर्न जिम्मा पाएको कम्पनीका ठेकेदारहरूले त्यहाँ निस्किएका ग्राभेल तथा ढुंगा अवैधरूपमा अन्यत्र लगेर... more

बाहिरी चक्रपथमा कुस्ती

सुरेश तामाङ, काठमाडौं बाहिरी चक्रपथ योजनाअन्तर्गत निर्माण हुने सडकको सम्पूर्ण काम आफूलाई दिन सडक विभागले विभिन्न मन्त्रालयसँग लबिङ गरिरहेको पाइएको छ।... more

कन्यामलाई व्यवस्थित बनाईदै

इलाम २०, मंसिर । पुर्वको चर्चित पर्यटकीय स्थल कन्याम घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई परामर्श तथा सहयोग गर्ने उद्देश्यले कन्याममा... more

प्राधिकरणले अनुदानका लागि २७ अर्ब ३० करोड रुपैयाँ छुट्यायो

काठमाडौं १९, मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई पहिलो किस्ताको अनुदानका लागि अहिलेसम्म २७ अर्ब ३० करोड रुपैयाँ संघीय मामिला... more

बैदेशीक लगानी भित्र्याउन बोर्डको प्रोजेक्ट बैंक

काठमाडौं, १५ मंसिर । वैदेशीक लगानी भित्र्याउन लगानी बोर्डले प्रोजेक्ट बैकको सुरु गर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत माहाप्रसाद अधिकारीले बताउनुभयो ।... more
<-- Google Analytics -->