असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

शिक्षा

ttt

अस्थायी शिक्षक अनशनमा

काठमाडौँ,  ५ असार । संयुक्त अस्थायी शिक्षक केन्द्रीय सङ्घर्ष समितिले सामान्य प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग गर्दै विगत तीन दिनदेखि आमरण अनशन थालेको छ ।

देशभरका ३० हजारभन्दा बढी अस्थायी शिक्षकले विभेदकारी विज्ञापन खारेज गरी अहिले कार्यरत आफ्नो कोटामा आफैँले परीक्षा दिन पाउने गरी विज्ञापन खुलाउनुपर्ने माग राख्दै शुक्रबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।

आमरण अनशन बस्ने अस्थायी शिक्षकमा पर्साका किसुनप्रसाद यादव, गोरखाका जितबहादुर गुरुङ, बझाङकी कमलावती जोशी, पर्साकी सुलेखादेवी कायस्थ र बाजुराकी कलु केसी रहेका छन् ।

जुम्लाबाट काठमाडौँ आई आन्दोलनमा सहभागि हुनुभएकी शान्ति शाही राज्यले अस्थायी शिक्षकलाई विभेद गरेको बताउनुहुन्छ ।

“२०÷२५ वर्षदेखि अस्थायीरुपमा पढाउँदै आएका शिक्षकलाई राज्यले अहिले आएर अयोग्य भन्न मिल्छ र ? अयोग्य भए हामीलाई किन अध्यापन अनुमतिपत्र दियो ?,” जुम्लाको रुपकोट निमाविमा विगत १३ वर्षदेखि अध्यापन गर्दै आउनुभएकी शाहीले भन्नुभयो ।

बाजुराबाट काठमाडौँ आई अनशन थाल्नुभएकी कलु केसीले अस्थायी शिक्षकको मागप्रति राज्य गम्भीर नभएको आरोप लगाउनुभयो । “अस्थायी शिक्षकलाई असक्षम भनेर माला लगाउन खोजिँदैछ, यो सरासर अन्याय हो,” उहाँले भन्नुभयो । उहाँले अहिले जारी गरिएको शिक्षक सेवाको विज्ञापन रद्द गर्नुपर्ने माग गर्नुभयो ।
माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संयुक्त अस्थायी शिक्षक केन्द्रीय सङ्घर्ष समितिले जनाएको छ । रासस

yoga

योग दिवस मनाउन मूल समिति गठन

काठमाडौँ, ३१ जेठ । नेपालमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा एक सय ११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

शिक्षा मन्त्रालयमा आज योग क्षेत्रका विज्ञ र शिक्षासँग सम्बद्ध संस्थाको बैठकबाट गठन भएको सो समितिले आगामी असार ७ गते (जुन २१) विश्वका अन्य मुलुकमा झैँ नेपालमा पनि सो दिवस मनाउन निर्देशन र व्यवस्थापनका काम गर्नेछ । बैठकले शिक्षा मन्त्रालय मातहतका सबै निकाय र विद्यालय तहसम्म भव्यताका साथ दिवस मनाउन र योग शिक्षा प्रवद्र्धन गराउने निर्णय गरेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) ले नेपालमा पनि हरेक वर्ष सो दिवस मनाउने भनी २०७३ जेठ २६ मा निर्णय गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले हरेक विद्यालय र टोल टोलमा योग शिक्षाको प्रवद्र्धन गरिनुपर्ने बताउँदै मानिसलाई आनन्द र सुख हुने स्थिति भएमा मुलुकले समृद्धि हासिल गर्ने विचार व्यक्त गर्नुभयो । दिवस मनाउन गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको पनि सहयोग लिइने मन्त्रालयले जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभामा प्रस्ताव गरेपछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको मान्यता दिइएको हो । रासस

सरस्वती पूजाको अवसरमा करुवा नृत्य (भिडियो)

काठमाडौं, १९ माघ । सरस्वती पूजाको अवसरमा राजधानीको उत्तरी क्षेत्रमा अवस्थित चिल्ड्रेन हेराल्ड स्कुलमा करुवा नृत्य सहितको कार्यक्रमको आयोजना गरिएको छ... more

माथिल्लो मुस्ताङका विद्यार्थीलाई कोरियाली सहयोग

काठमाडौं, ४ माघ । हिउँदमा चिसोका कारण माथिल्लो मुस्ताङमा बसेर पढ्न नसक्ने बालबालिकालाई स्थानीय समाजसेवीहरुले दातृ निकायसमक्ष याचना गरेपछि... more

‘किड्स ड्यान्सिङ स्टार कम्पिटिसन’ सम्पन्न (फोटोफिचर)

(राजिव शाक्य) काठमाडौं, १८ पुस । किड्स स्कुल बानियांटारले 'किड्स ड्यान्सिङ स्टार कम्पिटिसन' सम्पन्न गरेको छ । स्कुल परिसरमा... more

प्रि-स्कुल शैक्षिक शैली परिवर्तनका लागि ‘एकता’ सक्रिय

(प्रकाश अर्याल/सुबाश भण्डारी) बालबालिका देशका भविष्य हुन । उनीहरुले सिकेको ज्ञान र विवेकलेनै देशको भविष्य निर्धारण गर्दछ । जसका लागि उनीहरुको... more

उच्च शिक्षा विधेयक चाँडै संसदमा

भक्तपुर, ७ मंसिर । शिक्षा विधेयकलाई चाँडैनै संसदमा पेश गर्ने तयारी भैरहेको शिक्षा मन्त्री धनिराम पौडेलले बताएका छन् । विश्वविद्यालय अनुदान... more

बालाजुमा प्लस टु मेला, शिक्षामन्त्री पोखरेलद्वारा उद्घाटन

काठमाडौं, जेठ १५ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार काठमाडौंको उत्तरी भेगमा रहेका प्लस टु कलेजहरुको मेला एक समारोहका बीच उद्घाटन... more

प्लस टु मेला आजदेखि

काठमाडौं, जेठ १४ । ईनेपाली मिडिया हाउसको आयोजनामा आज शुक्रबारदेखि प्लस टु मेला सुरु भएको छ । मेला आईतबारसम्म चल्ने... more

एसएलसी विद्यार्थीलाई लक्षित गर्दै प्लस टु मेला हुने

काठमाडौं, जेठ १२ । एसएलसी दिएर बसेका काठमाडौंको उत्तरी भेगका विद्यार्थीहरुलाई लक्षित गर्दै फेयर एण्ड हेन्ड्सम प्लस टु मेलाको आयोजना... more
<-- Google Analytics -->