असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

साहित्य

madhawi

‘माधवी’ को सातौँ संस्करण

काठमाडौँ, ३१ जेठ । वरिष्ठ आख्यानकार मदनमणि दीक्षितको लोकप्रिय उपन्यास ‘माधवी’ को सातौँ संस्करण प्रकाशित भएको छ ।

साझा प्रकाशनले साहित्यकार दीक्षितको उक्त उत्तरवैदिककालीन उपन्यासको नयाँ संस्करण बजारमा ल्याएको हो । यो संस्करण तीन हजार १०० प्रति बजारमा आएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

करिब चार दशकअघि साझाबाटै प्रकाशित करिब छ सय पृष्ठको सो कृतिका कतिपय संस्करण निजी क्षेत्रबाट प्रकाशन भएपनि स्थापित कृतिलाई साझाबाटै पुनःमुद्रण गर्ने वर्तमान व्यवस्थापनको योजनाअनुसार सातौँ संस्करण प्रकाशित भएको हो ।

यसैबीच, सो प्रकाशनले दीक्षितले पाउनुपर्ने रोयल्टी मध्ये रु एक लाख आज उहाँको निवास कालिकास्थानमा पुगी हस्तान्तरण गरेको छ । साहित्यकार दीक्षितले यति धेरै पारिश्रमिक एकैपटक यसअघि नपाएको भन्दै आज आफू प्रशन्न भएको प्रतिक्रिया दिनुभयो । रासस

अशोक शोकी संसार घुम्छन् आफ्नै दुनिया बोकी

कपिल काफ्ले कीर्तिपुर निवासी अशोक शोकीलाई यस पक्तिकारले पहिलो पटक नेपाल समाचारपत्रको अफिसमा भेटेको हुनुपर्छ, तर तिथिमिति थाहा छैन । सन्दर्भ... more

प्रेमाश्रु जल

–रघुनाथ खकुरेल चुमेर हिमशैलका किरणले झै, मन्दाकिनीका केशमा । बस्दा टप्प टाँसिइ नितम्बका साडी झ,ै आएर समीपमा ।। भयो घायल यौवन पुष्पित देहलता,... more

कथाः तुहिएको सपना

(भुवन पोखरेल) महाभारत पहाडको छातिमा रहेको वस्तिपुर रमणीय गाउँ थियो प्राकृतिक सौन्दर्यको दृष्टिले । त्यस गाउँमा लगभग १०÷१२ घरपरिवार आपसमा सहकार्य... more

यथार्थ

–रघुनाथ खकुरेल सारै व्यवस्त र स्वार्थी भो दुनियाँ, मान्दैन कुनै डर । आफै गर्छन् मोजमस्ती सब यहाँ, चिन्ता कसको छ र ।। छैन... more

देवकोटालाई चिठ्ठी

–दीर्घराज प्रसाई मैले–‘आऊ देवकोटा देश बचाऊ’ भनेर दशबर्ष अघि स्वर्गमा, देश डुब्नलागेको चिठ्ठी पठाएको थिएँ, सुन्दा देवकोटाले हेर्न नेै नभ्याएर, माउ–किराले धुजाधुजा... more

आंशु चोक

-प्रविण कटवाल सवेरै उठेर म गएँ आँसुु चोक जहाँ बलिन्द्र धारा आँसु झर्छन्, बिलौना, बिरह, दुःखको केन्द्रमा लडिबुडी गर्दछन्, उठ्ने कोशिस गर्दैनन् हाँसोहरु, दुःखको जरामा चेपिएर... more
<-- Google Analytics -->