असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

अमर सहिदको अपमान किन ?

(दीर्घराज प्रसाई)

राष्ट्र निर्माता पृथ्वीनारायण शाह नेपाल र नेपालीहरुका गौरव हुन् । ‘विशाल–नेपाल’लाई उनले एकीकरण गरेर यस क्षेत्रका स–साना हिन्दु राज्यहरुको अस्मिता जोगाएर सम्पूर्ण राज्यका जातिहरुलाई एक नेपाली जातिमा परिणत गराउने सपुत हुन् । नेपालमा राष्ट्रिय एकता दिवस र राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स–गौरव जन्म जयन्ती मनाउने परम्परालाई किन २०६३ सालपछि बीना कारण खारेज गरियो ? नेपाल–सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । चन्द्र–सूर्य अंकित झण्डा फहराएर पृथ्वीनारायण शाहबाट हिमवत्खण्ड नेपालको अस्मिता र मौलिकतालाई जीवन्त राख्ने महान कार्य गरे । विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि हिमवतखण्डको यो क्षेत्रमा थुपै्र स–साना राज्यहरुमा विभाजित थिए । पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तर कैलास मानसरोवर र दक्षिण ग्रगासम्मको भूभाग हिमवतखण्ड हो । यसक्षेत्रमा शक्तिशाली बेलायती साम्राज्यको आँखा परिसकेको अवस्थामा गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले हिमवतखण्डभित्रका हिन्दु राज्यहरु एकीकृत नगरेको भए यो क्षेत्रको अस्मिता उसैबेला गुमिसक्ने थियो । ‘मेरा साना दुःखले अज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने पृथ्वीनारायण शाहको दिव्यउपदेशले सम्पूर्ण नेपालीहरुलाई उत्प्ररित गराउँछ ।

तर कतिपय विखण्डनकारीहरु इसाईको भरिया बनेर युगपुरुष पृथ्वीनारायण शाहप्रति नकारात्मक व्यवहार गर्ने गर्छन् । माओवादी कथित जनयुद्धमा पृथ्वीनारायण शाहशका शालीकहरु भत्काउने कुकर्म गरियो । गोर्खामा नैं जन्मिएका बाबुराम भट्टराईले पृथ्वीनारायण शाहले निर्माण गरेको राज्य वर्गीय र जातीय उत्पिडनमा आधारित थियो भनेर लेख्ने गर्थे । यिनै भट्टराईले माओवादी जनयुद्धको बेला पृथ्वीनारायण शाहको शालीक भत्काउने अभियान चलाए । पोखरा स्थित बाटुले चौरमा निर्मित पृथ्वीनारायण शाहको शालीक पनि ढालेर सो ठाउँमा लखन थापाको शालीक ठडयाइयो । पृथ्वीनारायण शाहकै शालीक ढालेर सोही ठाउँमा लखन थापामा शालीक राख्नु कति निन्दनीय कुरा हो । के लखन थापाको शालीक राख्ने जग्गा अन्य ठाउँमा पाइदैन थियो ? पोखरामा पृथ्वीनारायण शाहको शालीक ढालेर लखन थापाको शालीक राखिएपछि बाबुराम भट्टराई प्रधानमंत्री भएपछि २०६९ सालमा त्यही ठाउँमा लखन थापाको शालीक अनावरण गर्न पुगेका थिए । यसबाट थाहा हुन्छ उक्त शालीक पनि बाबुराम भट्टराईकै अगुवाईमा भत्काएको थियो । तिनै बाबुराम भट्टराई अहिले राप्रपा–नेपालको चियापान कार्यक्रममा ‘पृथ्वीनारायण शाहको ठूलो योगदान छ’ भन्न थालेका छन् । यिनै भट्टराईले २०७२ साल असोज ३ गते संविधान घोषणा गराएर नेपालमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई संविधानसभाबाट पास गराएको केही दिनपछि माओवादी पार्टी छोडेर भारतीय राजदूत रन्जित रायको साँठगाँठमा कथित नयाँ शक्ति भन्ने हावादारी संगठन खोलेर भरङ्गिएका छन् ।

बाबुराम भट्टराईले भेटेसम्म नेपालको एकता, पहिचान र प्रतिष्ठा माथि आक्रमक भएर नेपालको अधोगति गराए । यिनै भट्टराई अहिले भौतारिएर जे पायो त्यही पुग्ने, बोल्ने, लेख्ने काममा छन् । केही दिन अगाडि २०७२ साल पौषको अन्तिम साता रेडियो नेपालको अन्तरसम्वाद कार्यक्रममा उनले हिन्दु तथा बौद्धको सम्मान गर्ने र संविधानमा राजसंस्थाको पनि भूमिका रहनु पर्छ भनेर बोले । यिनै भट्टराईकै सक्रियतामा २०६३ साल वैशाख ११ गते २०६२।६३ को जनआन्दोलन राजासँग संझौता भएर बिसर्जन भएपछि गिरिजाप्रसाद कोइरालालाई राजाबाट प्रधानमंत्री नियुक्त गरी राजदरबारमा सपथग्रण भएको केही दिनपछि गिरिजाले गृहमंत्री नियुक्त गरेका गद्दार कृष्ण सिटौलालाई दबाब दिएर बाबुराम भट्टराईले पौष २७ गते सरकारी रुपमा मनाउदै आएको पृथ्वीनारायण शाहको जन्म जयन्ती र राष्ट्रिय एकता दिवस दबाब दिएर नमनाउने निर्णय गराए । त्योबेलादेखि अनेकौं सरकारी बिदा थपिए तर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती खोरेज गरियो । यहींबाट प्रारम्भ हुन्छ नेपालको विखण्डन र अधोगति । गतसाल २०७१ सालमा सुशील कोइराला प्रधानमंत्री भएको बेला राष्ट्रिय एकता दिवस मनाउन नदिन मीनेन्द्र रिजालले नमानेर राष्ट्रिय एकता दिवस मनाउन सकिएन भनेर ती पुडमाड् कोइरालालले लाज पचाएर बोले । यो साल खग्ग ओली प्रधानमंत्री भएको बेला इसाईको दबाबमा आर्थिक लिनदेनबाट मंत्री बनेका एकनाथ ढकाल र बाबुराम भट्टराईका पिछलग्गु तोपबहादुर रायमाझीले मंत्रिपरिषदमा भाँजी हाले भनेर एकता दिवस तथा पृथ्वी जयन्ती मनाइएन भने प्रधानमंत्रीले स्पष्टिकरण दिए । जस्ले आफ्रनो देश विशाल नेपालको सिर्जना ग¥यो र जस्ले हामी नेपालीहरुलाई एकताको सूत्रमा आवद्ध गराएर नेपाली भन्ने चिनायो त्यस्ता युगपुरुषको संझना गर्न पनि अनेकौं वहना गर्छन भने धिक्कार छ । त्यस्ता कपुतलाई नेपालको नागरिक भएर कुनै पनि पदमा रहिरहन सुहाउदैन । तर सरकारी पक्षले राष्ट्रिय एकता दिवस नमनाउता पनि नेपाल अधिराज्यभरी राष्ट्रिय एकता दिवस तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती सगौरव मनाइयो ।

त्यसरी नैं जहानीयाँ राणा शासनको बिरुद्ध सक्रिय भएको आरोपमा जासुसहरुको भनाईमा राणाहरुले खोजी–खोजी कैयौं कर्णधारहरुलाई जेलमा कोच्दै अराजक कार्य गरेका थिए । निरंकुश जहानीयाँ शासनलाई लम्ब्याउँने उनीहरुको रणनीति थियो । राणा शासन बिरद्धमा प्रचण्ड गोर्खा नामक संस्था खोलेको अभियोगमा खड्गमान सिंहलाई भद्रगोल जेलभित्र पिंजरामा राखिएको थियो । प्रचण्ड गोर्खापछि प्रजापरिषद स्थापना भएको थियो । विक्रम संवत् १९९७ सालको शुरुमा प्रजापरिषदबाट राणा बिरोधी पर्चा छरिएको निहुमा कैयौं व्यक्तिहरु पक्राउ परेका थिए । त्यसबेला अनेकौ निर्दोषी व्यक्तिहरु पनि समातिएका थिए । त्यही साल १९९७ साल राणाको विशेष अदालतले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई ज्यान सजाय र सर्वश्वहरण, टंकप्रसाद आचार्य, रामहरि शर्मा, चुडाप्रसाद शर्मा, गणेशमान सिंह, हरिकृष्ण श्रेष्ठ, गोविन्दप्रसाद उपाध्याय, पुस्करनाथ उप्रेती, बलबहादुर पाण्डेलाई जन्मकैद र सर्वश्वहरणको सवाय र अन्य २०।२५ जनालाई विभिन्न कैद हुने र प्रजापरिषदको संस्थापक अध्यक्ष टंकप्रसाद आचार्य र महामंत्री रामहरि शर्मा ब्राम्हण भएकाले चारपाटा मुडेर जात झारेर सर्वश्वहरण सहित जन्मकैदको घोषणा माघ ६ गते सुनाएको थियो । बलबहादुर पाण्डको जेलमा नैं मृत्यू भएको थियो ।

यसैक्रममा १९९७ साल माघ ९ गते राती शुक्रराज शास्त्रीलाई टेकुको एक रुखमा, माघ ११ गते धर्मभक्तलाई सिफलको रुखमा झुण्डयाइयो । दशरथचन्द र गंगालाललाई शोभाभगवतीपूर्व बिष्णुमती किनारमा माघ १५ गते निर्ममतापूर्वक गोली ठोकेर मारियो । गणेशमान सिंह २००१ असारमा जेलभित्रैबाट भागेका थिए । सिद्धिचरण श्रेष्ठ तथा केदारमान व्यथितहरु जस्ता कैर्यौ जेलभित्रै कोचिएका थिए । महावीर स्कूल स्थापना गरेर राणा बिरोधी कार्य गरेको भन्दै कैद गरिएका चीनियालाल सिंहको जेलभित्रै उनको मृत्यू भयो । उता बीपी कोइराला, मात्रृकाप्रसाद कोइराला लगायत धेरै प्रजातान्त्रिक योद्धाहरु प्रवासमा नैंं राणा शासनको बिरद्ध कार्यक्रम जारी राखिरहेका थिए । २००३ मा विराटनगरमा मजदूर हडतालले महत्वपूर्ण स्थान प्राप्त ग¥यो । २००४ को अन्त्यमा नेपाल राष्ट्रिय कांग्रेस अवैध घोषित गरियो । यस्ता अनेको संघर्ष र जनअभियानलाई सहितहरुबाट पे्ररित गराएकोले प्रजातान्त्रिक क्रान्तिले मूर्तरुप लियो । राजा त्रिभूवनबाट जहानीया राणा शासनको विरुद्धमा २००७ सालमा श्रीपेजलाई दाउमा पारेर, देशभित्र प्रजातन्त्र ल्याउन, जनतासँग मिलेर नारायणहिटी छाडेर दिल्ली पुगेका थिए । राजा त्रिभूवनको त्यो कदम सहिदहरु माथिको सम्मान थियो । राजा त्रिभूवनले त्यसरी भरपर्दा सहयोग नगरेका भए अमर सहिदहरु– शुक्रराज शास्त्री, धर्मभत्त माथेमा, दशरथचन्द, गंगालाल श्रेष्ठको सपना राणाहरुले शाकार बन्न दिने थिएनन् । सहिदहरुको सफना शाकार पार्न राजा त्रिभुवन र प्रजातन्त्रवादी नेपालीहरुको अथक प्रयासबाट प्रजातन्त्रको उदय भएको हो । राजा त्रिभूवन राजगद्दी छोडेर भारत नगएका भए राणा शासनको त्यत्ति सजिलै अन्त्य हुने थिएन । राजा त्रिभूवन सहितहरुका प्रणेता भएकाले उनको सक्रियबाट नैं त्यत्ति छिटै प्रजातन्त्र प्राप्त गर्न सकेका हो । तर कतिपय बुजु्रकहरु राजा त्रिभूवनप्रति नकारात्मक सोचाई राखेर सहिद गेटमा राजा त्रिभूवनको शालिक रहेको कुरामा बिरोध उठाउन गर्छन् । यसबारेमा नेपाली कांग्रेसका नेता पीएल सिंह लेख्छन्–जहानीया राणा शासन फयाकेर मुलुकलाई आधुनिक युगमा प्रवेश गराउने २००७ सालको क्रान्ति राजा त्रिभूवनकै सहकार्यमा भएको हो । यसरी सत्य र तथ्यलाई मेट्न खोजेर राष्ट्र निर्माता, राष्ट्रिय एकता दिवस, चर अमर सहिदहरु त्था प्रजातन्त्रका प्रवर्तकको रुपमा मानिएका राजा त्रिभूवनप्रति किन अपमान गर्न गरिन्छ । यसरी स्थापित मान्यता र राष्ट्रिय एकीकरण माथि नैं आक्रमक हुनेहरु गद्दार हुन्, यो देशका शत्रु हुन् ।

हिमवत्खण्ड–नेपालका स–साना हिन्दुराज्यहरुलाई एकीकरण गरेर विभिन्न जातजाति, धर्म, भेषभूषमा विभाजित नेपालीहरुलाई एक नेपाली जातिमा परिणत गराउन सक्ने प्रातः स्मरणीय गोर्खाका राजा पृथ्वीनारायण शाह युगपुरुष हुन् । नेपालको एकीकरण हुनुभन्दा अगाडि भारतबर्षमा इष्ट इण्डिया कम्पनीले प्रभूत्व जमाएर हिन्दुहरु माथि आक्रमणगर्दै जवरजस्त इसाईकरण गर्न लागेको अवस्था थियो । यसक्षेत्रको आन्तरिक अवस्था पनि कमजोर थियो । त्यसताका यहाँका हिन्दु राज्यहरु आपसमा झगडा गरिरहने र उता दक्षिणतर्फबाट इष्ट इण्डिया कम्पनीले यहाँका हिन्दु राज्यहरुलाई आक्रमण गर्ने अवस्थामा थियो । त्यसअवस्थामा पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टुक्रा टुक्रामा विभाजित हिमवत्खण्ड नेपालको एकीकरण गरेर यसक्षेत्रको सार्वभौमसत्ता, पहिचान र मौलिकतालाई जोगाउने काम गरे । पृथ्वीनारायण शाहले दिव्य उपदेश मार्फत यो पूण्यभूमिको रक्षार्थ यहाँका सन्ततिलाई जिम्मा लगाएका थिए । पृथ्वीनारायण शाहबाट काठमाण्डौं उपत्यका विजयपछि कुमारीको हातबाट टिका ग्रहणगर्दै पाउमा ढोग गरेर हनुमानढोका राजगद्दी आरोहण गरेका थिए । उनले विक्रम संवत् १८२६ मा– ‘राजा पृथ्वीनारायण शाहको बंश गुह्येकाली र पशुपतिको दुईपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस्’ भन्ने उल्लेख गरे । (बसन्तपुर दरबारको अभिलेख) हिमवतखण्ड भनेको पूर्वमा ब्रम्हपुत्रदेखि पश्चिममा हिन्दुकुश र उत्तर कैलास मानसरोवर–हिमाल र दक्षिण गंगाको क्षेत्र हो । हिमवतखण्डको विषयमा वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा लेखेका छन्– ‘भारतखण्डे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि ।’ त्यस्तो देवभूमि–नेपालको एकीकरण गरे पृथ्वीनारायण शाहले । त्यस्ता युगपुरुषको जन्म जयन्ती नमनाउने कुरा गर्नु सत्तामा बसेकाहरुको गद्दारी हो । जस्ले जे भनून्– सार्वभौम एकीकृत नेपालका निर्माता पृथ्वीनारायण शाह अजर-अमर छन् ।

Email: dirgharajprasai@gmail.com

Comments

comments

<-- Google Analytics -->