असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

सुशील कोइरालाको मृत्यु छानबिन होस् !

(शेखर ढुंगेल)

सादगी जीवन र प्रजातान्त्रिक विचारमा अटल व्यक्तित्व नेपालका पूर्ब प्रधानमन्त्री एबम नेपाली कांग्रेसका सभापति जो देशको अति बिशिष्ठ र महत्वपूर्ण व्यक्तित्वको रुपमा हुनु हुन्थ्यो, उहाँको मृत्यु एक असहाय निरीह पहुँच शूण्य साधारण नागरिकको झैँ किन भयो (आज सम्पूर्ण चेतनशील नागरिक जवाफ खोजि रहेछन । बिशेष सूत्रका अनुसार केहि दिनअघि मात्र उहाँ बाथरुममा लड्नु भएको थियो र बेहोस जस्तै हुनु भएको थियो त्यसबेला उहाँले सहायकलाइ भन्नु भएको थियो रे ूमलाइ अस्पताल न लैजाने ?

त्यति मात्र होइन उहाँका निजी चिकित्सक डा.योगी स्वयंंको भनाइलाइ मनन गर्ने हो भने पनि त्यसै दिन साँझ ९ बजे देखिनै स्वास प्रश्वासमा असहजता आएको देख्दा देख्दै टिचिङ्ग ग्रयान्डी लगायतका दर्जन वरिपरी रहेका अस्पतालमा पुर्याइएन किन ?

त्यहि भएको अक्सिजन सिलिन्डर सहित निजि गाडीमा अस्पताल पुर्याउन पनि सकिन्थ्यो किन सक्रियता वा चासो देखाईएन ? देशको पूर्व प्रधानमन्त्री एबम प्रमुख दलको सभापतिको लागि समेत राजधानी मै भएर अक्सिजन भएको एम्बुलेन्स ब्यबस्था गर्न भ्याइएन् भन्नु आफैमा खतरनाक झुठ हो ।पत्याउन पर्ने अवस्था पनि होइन यो जवाफ नै लज्जास्पद र विडम्बनापूर्ण छ । वहाको सशक्त उपचारमा भएको लापरवाही क्षम्य हुन् सक्दैन सबैमा खुल्दुली भएको छ कतै अधिबेसनको लागि उठाइएको करोडौ नगद रकम नजिकको कसैको हातमा त् छैन र सभापति बाँचे खर्च गर्नु पर्ने र नरहे कतै हिसाब किताब नरहेको रकम जफत गर्न पाइने लालच ले वहा लाइ मृत्युको मुखमा होमी दिएको त् होइन ? यसै पनि कहिले मोबाइल त् कहिले करोडौ रकम हराएको (चोरी भएको चर्चा आइ रहेकै हो ।
लापरवाहीका केहि उदाहरण हरु

१ निजि चिकित्सक एबम सहायकहरुको गैरजिम्मेवारीपन स्पस्ट देखिन्छ आधा दर्जन गहन रोग बाट आक्रान्त वहाको लागि स्वस्थ्य अर्थात प्रदुषणमुक्त बाताबरण अनिबार्य थियो । वहाको स्वास्थ्य प्रतिकुल हुन्छ भन्ने थाहा पाएर पनि बिहान देखि सुत्ने बेलासम्ममा अत्यधिक ह्युमन ट्राफिक फ्लोलाइ न रोक्नु, धपेडिको कारण वहा निक्कै गल्नु भएको थियो ,धेरै मानिसहरु सित उठबस गर्दा संक्रमण बढ्न सक्ने जोखिम हुन्थ्यो ,वहाको रगतमा अक्सिजनको मात्रा निरन्तर घट्दै जानु चिन्ताको बिषय बन्यो ,निमोनिया देखिएको खाना खान मान्नु भएन अर्थात असहज र अस्वस्थता यस्तो देख्दा देख्दै अस्पताल न लैजानु को कारण रुवहाको स्वास्थ प्रतिकुलका जोखिम नियन्त्रण गर्ने गराउने निजि चिकित्सक र सहायक हरु दण्डित हुनु पर्ने कि नपर्ने रुवहाको स्वास्थ्य अवस्था को बारेमा सार्बजनिक किन गरिएन ?

२. पाँच हफ्तादेखि अक्सिजन दिएर सुताइएको बिरामीको ९अति बिशिष्ठ व्यक्तित्व (उपचारको लागि अन्य चिकित्सकसित सल्लाह नलिनु

३. निजी चिकित्सक डा. योगीको भनाइ भन्दै प्राप्त खबर अनुसार पहिले अस्पताल लैजाने सोचिएन पछी लैजान भ्याइएन, देशको पूर्वप्रधानमन्त्री को निजि चिकित्सकको यो भनाइ नै अपराधमूलक वा दुर्नियतपूर्ण छ गैरजिम्मेवार छ जसको लापरवाही र गैरजिम्मेवारी व्यवहार बाट सुशील कोइरालाले मृत्यु बरण गर्नु पर्यो अर्कोको लापरवाही बाट भएको मृत्यु लाइ अन्य राष्ट्रमा ूहत्याको ूरुपमा कानुनि सजाय गरिन्छ ।

४. सुरक्षा निकायको निस्कृयता र लापरवाही अर्को प्रमुख कारण बनेको छ । सुरक्षा निकायको काम ढोका खोल्ने र बन्द गर्ने मात्र होइन उनि हरुको स्वास्थ्य सुरक्षामा रेखदेख गर्नु पनि प्रमुख दायित्व हुन्छ । तर त्यहाँ स्थित सुरक्षा अधिकारीहरुले आफुले सुरक्षा दिएको बिशिष्ठ व्यक्तित्वको स्वास्थ्य अवस्थाको बारेमा पलपलको जानकारी राख्नु र आफ्नो माथिको निकायमा खबर गर्नु पर्ने थियो साथै बिशिष्ठ व्यक्तित्वको स्वास्थ्यमा प्रतिकुल हुने कुनै पनि कार्यको नियन्त्रण गर्नु पनि दायित्व हुन्छ जस्तै वहाको खाने ,आराम गर्ने ,सुत्ने समयको हेरविचार र ब्यबस्थापन र अनाबस्यक मानिस हरुको पहुच लाइ नियन्त्रण गरि बाताबरण प्रदुषित हुन् बाट रोक्नु त्यसको साथै आफ्नो सुरक्षा जिम्मेवारमा रहेको बिशिष्ठ व्यक्तित्वको स्वास्थ्य अबस्थामा शंका लागे स्वयमले उपचारमा पुर्याउनु पर्ने दायित्व बाट सुरक्षा निकाय बिमुख भएको देखियो ।
५. पदबाट सन्यास लिएर पार्टीको सम्मानित संरक्षक भएर मर्यादापुर्बक बस्नोस भन्ने र होइन सभापतिमा उठ्नै पर्छ भन्ने स्वार्थी तत्वहरुको दोहोरो दबाबले वहा चर्को मानसिक तनावमा पनि हुनु हुन्थ्यो । वहाको स्वास्थ्य लाइ वास्ता नै नगरी आफ्नो स्वार्थ बोकेर अनेक कामको लागि घेरी रहने हरु बाट पनि वहा पिडित हुनु हुन्थ्यो सबैले आ आफ्नो फाइदा मात्र हेरे वहाको स्वास्थ्य लाइ वास्ता नगरी दिनाले तनाव र प्रदुषण वहाको मृत्युको कारण बन्न पुगेको देखिन्छ ।प्रधानमन्त्री हुँदा वरिपरी घेरेर आफ्नो स्वार्थ पूर्ति गर्ने हरुले नै कतै अब सुशील दा बाट फलको आशा मारेकोले यो हद सम्मको लापरवाही गरेर वहा लाइ मृत्युको मुखमा पुर्याई दिए ।

गणतन्त्र घोषणाको अन्तिम केहि महिना अगाडी सम्म बि पी मार्गमा अविचलित भै समय समयमा जी पी सित समेत असहमत राखेर ूकमुनिष्ट हरु सित घांटी जोड्नु आफ्नो (कांग्रेस) को मृत्युमा हस्ताक्षर गर्नु हो भन्नु हुन्थ्यो । बि पी ले भारत बाट पाएको धोखा र बि पी को मेलमिलापको नीति प्रति पूर्ण समर्पित सुशील कोइराला कहिले काही जे पी को भारत परास्त झुकाव प्रति असहमत वा फरकमत राख्नु हुन्थ्ग्यो ।तर वहा एक्लो बृहस्पति जस्तो बन्न पुग्नु भयो र अन्तरिम संबिधान पश्चात वहा पनि जबर्जस्ती एमाओबादीको एजेन्डामा धकेलिन पुग्नु भएको थियो ।तर जे होस् मृत्यु अनिबार्य छ भनेर मात्र देशको एक बिशिष्ठ व्यक्तित्वको स्वास्थ्य उपचार र रेखदेखमा गरिएको लापरवाही र गैरजिम्मेवारी बाट वहाको मृत्यु भएको हुँदा सम्बन्धित हरु लाइ दण्डित गर्नु बिस्वब्यापी सुरक्षा मर्मको नीति अनुरुप नै हुनेछ छानबिन जरुरी छ ।

Comments

comments

<-- Google Analytics -->