असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

शिवरात्री र पशुपतिनाथको महिमा

–दीर्घराज प्रसाई

विश्वभरका हिन्दु जगत शिवरात्रीको उपलक्षमा संसारमा रहेका शिव मंदिरमा पूजाआर्चना

आराधना गर्दै जाग्रम बस्छन् । विश्वभरका हिन्दुहरुको लागि बाग्मती किनारमा अवस्थित

पशुपतिनाथ आकर्षणको केन्द्र बनेको छ । भारत र अन्य देशबाट लाखौं तीर्थयात्रीहरु तथा

साधु–सन्तहरु पशपतिनाथको दर्शनार्थ आएका हुन्छन् । २०६८ सालमा शिवरात्रीको अवसर पारेर

आएका तीर्थयात्री, साधु–सन्तहरुको उपस्थितिलेपशुपतिक्षेत्र गुञ्जन्मय बनेको छ । पूर्वमा

ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलास–मानसरोवर–हिमालय र दक्षिणमा गंगासम्मको

भूभाग हिमवतखण्ड हो भने गंगादेखि हिन्दमहासागरसम्मको क्षेत्र भारतखण्ड हो । हिमवतखण्डका

स–साना टुक्रामा विभाजित हिन्दु राज्यहरुलाई गोर्खाकाका राजा पृथ्वीनारायण शाहको

नेतृत्वमा एकीकृत भई हिमवतखण्ड–नेपाल सुरक्षित छ । ‘भारतखण्डे उत्तरायणे हिमवतखण्डे

पूण्यभूमि–स्वर्णभूमि’–(वशिष्ट उपनिषद्) । यहाँका हिमाल, पहाड, तराईका हरक्षेत्र, पवित्र

नदीहरु, ताल, धाम, जंगल, भूभागले सीचित छ । उता भारतखण्डमा एकहजारबर्षसम्म मुसलमान र

अंग्रेजी साम्राज्यले हिन्दु र बौद्धका अस्मिताहरु तोडफोड गरेर बिटुलो बनाएर आफ्नो

भाषा, धर्म र संस्कृति लाध्ने काम ग¥यो । एकमात्र पवित्रभूमिको रुपमा सुरक्षित हुँदैआएको

सार्वभौम–नेपालको विश्वमा ठूलो प्रतिष्ठा छ ।

भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ,

मुक्तिनाथ, गोसाइकुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, लुम्बनी, बौद्धनाथ धाम जस्ता प्रसिद्ध

थामहरु छन् । नेपालमा रहेका धाम र पवित्र मन्दिर र सयौं तीर्थस्थलहरुको साथै यहाँको

सभ्यता र सांस्कृतिक वैभवहरुको विश्वब्यापी मान्यताछ । नेपालको सार्थ भारतमा अवस्थित तीरुपति,

अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, कासी, विन्द्यावासिनी, कामाक्ष–कामरुप, आदि पवित्र

स्थलहरुमा नेपाल र भारत बीचमा त्यत्तिकै तादात्म्यता छ । भारतका कतिपय धाम र मंदिरहरुमा

नेपालका राजाहरुको विशेषाशिकार छ । अंग्रेजी–साम्राज्यसँग भिडेर यो पूण्यभूमि सुरक्षित

रहिआएको छ । समय समयमा पशुपतिनाथ माथि आक्रमण नभएको होइन । नेपालका हिन्दु र

बौद्ध जगतमा फूट ल्याएर परचक्रीहरको इशारामा केही नेपाली कुचक्रीहरु पशुपतिनाथको

अस्मिता र महिमा तोड्न खोज्दै आएका छन् जुन सम्पूर्ण हिन्दु तथा बौद्ध जगतको लागि

दुःखद अवस्था हो । तर जति नैं अपमान गनै खोजेता पनि पशुपतिनाथको ज्योतिर्गमय स्रुप

अजर–अमर रआिएको छ ।

वैदिक हिन्दु सनातन धर्म सभ्यताको उद्गम हो । वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका

उपाशक हुन्छन् । ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । वैदिक सनातन हिन्दु

ज्ञ

धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गछौं । सभ्यताको विकासक्रममाम संसारभरका

देशहरुमा हिन्दुधर्म र संस्कृतिको गहिरो प्रभाव पारेको पाइन्छ । संस्कृति एवं सभ्यतामा

शिवलिङ्ग पूजा पनि त्यसैको प्रतिविम्ब हो । महेन्जोदारो र हरप्पा तथा सिंधुघाँटीको

सभ्यतामा भएको पुरातात्विक उत्खनन्मा शिवमूर्ति प्राप्त हुनाले शैव संस्कृति विश्वब्यापी भएको

कुरा पुष्टी हुन्छ । शिवलिङ्ग बारेमा शिवपुराणमा वृस्तित ब्याख्या छ । शिवपुराणमा शिवजी बारे

उल्लेख छ– ‘शिवलिङ्ग समसद्भूतः कोटीसूर्यसम प्रभुः’। ‘देव देवज महादेव ! नीलकण्ठ

नमोस्तुते !’ कालरात्री, मोहरात्री र महारात्री यी तीन रात्रीको हिन्दु जगतमा बिशेष महत्व छ

। यी रात्रीहरु मध्ये महारात्री नैं महाशिवरात्री हो । ‘सत्यं शिवं, सुन्दरम् ।’ शिव भनेको

पशुपतिनाथ बारेमा पौराणिक इतिहासमा उल्लेख छ– प्रथम गोपालबंशी राजा

भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको

थियो । हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाण्डौं उपत्यका रुद्रको अतिनैं प्रिय क्षेत्र

हो । पशुपतिनाथकै प्रतापले गोसाईकुण्ड,पिण्डेश्वरलाई पबित्र क्षेत्रको रुपमा लिइन्छ ।

त्यस्तै अमरनाथ, विश्वनाथ, कैलास–मानसरोवरलाई शिवजीको तपोभूमिकारुपमा विश्वभरका हिन्दु

तथा बौद्धहरु मान्ने गर्छन् । पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर,

शंम्भु,ज्योतिलिङ्ग आदि विभिन्न नामले पुकारिन्छ । पशुपतिनाथका तीन नेत्र हुन्छन्,

तीनलाई ज्ञानचक्षु मानिन्छ । पशुपतिनाथका पाँच मुख मध्ये पूर्व तत्पुरुष,ृउत्तर वामदेव,

दक्षिण अघोर, पश्चिम सद्योजात र आकाशतर्फ फर्केको मुखको नाम इशान हो । महाभारतकालमा

युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरुले प्रायश्चितस्वरुप पशुपतिनाथको पूजा गरेका र

लिच्छविबंशका पहिला राजा ‘विक्रमादित्य’ को उपाधि धारण गरेर ‘वैशालाधिपति’ को

रुपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तिसपुलतीमा आफ्नो

सिंहासन कायम गरेका र उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला

बंशावली र हिमवतखण्डमा उल्लेख छ । लिच्छवि राजाहरुमध्ये मानदेव प्रथमले सम्वत् ३८९मा

पशुपतिनाथप्रति भक्ति गरेर आफ्नी आमाको विक्रान्तिमूर्ति स्थापना गरेको लिच्छविकालीन

अभिलेखहरुमा पाइन्छ ।

विक्रम सम्वत् १७१४ भन्दा अगाडि सन्यासीहरु पशुपतिनाथका पुजारी थिए । त्यसपछि

यहीकै राजोपाध्यायहरुबाट पशुपतिनाथको पूजा गरिन्थ्यो । पछि सोम शेखनानन् नामका एक

स्वामीलाई यक्षमल्लका छोरा रत्नमल्लले पशुपतिनाथका पुजारी नियुक्त गरे । यिनको

सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीहरुलाई पशुपतिको भण्डारे बनाइए । पछि

प्रतापमल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रुपमा

तान्त्रिकहरु ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा ल्याइएका र पछि तिनै तान्त्रिक भट्टहरु

पशपतिनाथका पुजारी बनाइए । अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मलभट्ट सहित दक्षिण भारतका

चारजना भट्ट पुजारी र १०६ जना नेवार भण्डारीहरु छन् । पशुपतिक्षेत्र देवपाटनमा जन्मिएका

भण्डारीहरुलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ । भण्डारीहरु गृहस्त हुन्छन् ।

पशुपतिनाथको चार ढोका बिहान चार बजे खुल्छ । बिहान साडे आठ बजे भट्टहरु भित्र प्रवेश गर्छन्

। पशुपतिनाथको क्षेत्रफल २६४ हेक्टर भूभाग छ र यस क्षेत्रभित्र ५१८ वटा मन्दिर र धार्मिक

पशपतिनाथमैं विद्यावारिधि गरेका डा. गोविन्द टण्डन भन्छन्– ‘विन्ध्याञ्चल

पर्वतदेखि दक्षिणका तैलिङ्ग ब्राम्हण पशुपतिनाथको पुजारी हुनुपर्ने परम्परा छ । ऋग्वेद वा

द्द

साम्वेदी हुनसक्छन् । मंदिरको पुजारी कृष्ण यजुर्वदीय परम्पराका हुन्छन् । यजुर्वेदीय

परम्पराका नेपाली विद्वान पशुपतिनाथको पुजागर्न योग्य व्यक्तिहरु अहिले उपलब्ध छन्

जस्तो लाग्दैन । मंदिरमा राजनीति घुस्यो भने धार्मिक आस्था र विश्वास घट्दै जान्छ । पशुपति

मंदिरमा चढ्ने भेटीमा पारदर्शीता छैन, पारदर्शीता तुल्याउन, विकृति हटाउन पुजारी र

भण्डारीहरुलाई पारिश्रमिक तोक्ने’ लगायतको सुव्यवस्थापनको खाँचो छ भन्नु भएको छ ।

विक्रम सम्वत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतिस हजार मुसलमान पल्टन

लिएर नेपालका मन्दिर तथा विहारहरु ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिर

समेत ध्वस्त पार्ने धृष्टता गरे । अन्तिम लिच्छवि राजा जयर्जुनदेवको शासन कम्जोर थियो ।

मुसलमानको आक्रमणले सारा हिन्दु तथा बौद्धहरुमा कोलाहल मच्चियो । यस्तो विकराल

अवस्थाबाट यसक्षेत्रलाई बचाउन पाल्पा, कास्की,गोरखा, लमजुङ्गका राजाहरुको सहयोग लिएर

खसराजा जयस्थिति मल्लले मुसलमान फौज माथि आक्रमण गरे, तीसहजार चारसय मारिए र ६सय जति

बाँचेर भागेका थिए भन्ने कुरा भक्तपुर तजेलु स्तम्भमा उल्लेख छ ।–(योगी नरहरिनाथ)

त्यसपछि जयस्थिति मल्ल काठमाण्डौं उपत्यकाको राजसिंहसानमा बसेर पशुपतिक्षेत्रमा जीर्णेद्घार

र पुनरुत्थान गरी बाग्मतीपारी राम मन्दिरको निर्माण गरेर कुम्भेश्वर महादेवको स्थापना

गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु तथा बौद्ध बाहेक

अरुहरुको प्रवेश निषेध गर्ने नियम चलाएका थिए । यद्यपि कतिले पशुपतिमा अन्य

धर्मावलम्वीहरुलाई रोक लगाएकोमा असंतुष्ठी व्यक्त गरेको पनि पाइएको छ । तर यो

परम्परागत मान्यता बनिसकेकाले अध्यावधि प्रचलनमा छ । विश्वका सबै धर्मका परम्परालाई

संविधान र कानून भन्दा माथि राखिएको हुन्छ ।

विक्रम सम्वत् १४६५ मा राजा ज्योतिर्मल्लले पशुपति अभिलेखमा उल्लेख गरेका थिए–

‘पूण्यभूमि नेपालखण्डमा वत्सलेस पाँचमुख भएका परम पशुपति बाग्मतीको तिरमा हुनुहुन्छ र

यहींं पूज्य बाशुकीनाग पनि हुनुहुन्छ ।’ राजाहरुमा प्रतापमल्लले पशुपतिनाथको धेरै

सेवा गरेको पशुपतिनाथमा प्रसस्त शिलालेखहरु पाइन्छन् । पृथ्वीनारायण शाहले नेपालको

एकीकरण गर्दाको समयमा पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषा बंशावलीमा उल्लेख छ ।

पृथ्वीनारायण शाहको काठमाण्डौं उपत्यका विजयपछि विक्रम सम्वत् १८२६ मा बसन्तपुर

दरबारको अभिलेखमा उल्लेख छ– ‘राजा पृथ्वीनारायण शाहको बंश गुह्येकाली र पशुपतिको

दुर्इृपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस् ।’–(नयराज पन्त) यसैगरी शाहबंशीय

राजाहरुमा रणबहादुर शाह र विक्रम सम्वत् १८६७ मंसिरमा राजा गिर्वाणयुद्ध विक्रम शाहबाट

पुजारीहरुको अलग अलग खान्की तोकिदिएका थिए । भने शाहबंशीय राजाहरु लगायत राजा

महेन्द्र तथा राजा वीरेन्द्रबाट पनि साविक बमोजिम चल्दै आएका पशुपतिनाथका पूजाआजा

संवन्धि अनेकौं लालमाहेहरु लागुहुँदै आएका छन् । सन् १९७९देखि युनेस्कोले पशुपतिनाथ

गुह्येश्वरी लगायत लगभग चार हेक्टर जमीनलाई अत्यन्त सम्वेदनशील कोर क्षेत्रमा राखेको छ

मानवकल्याणको लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त

हुन त्रिशुलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाईकुण्डको

पनि ठूलो महिमा छ । अठार पुराणहरु सबैमा शिवको महीमा छ र शिव पुराण शिवजीको बयानको

वृतान्त हो । हिमवतखण्डको पुस्तकमा– ‘मरिचि,पुलह,ऋतु,भृगु,अत्री आदि ऋषिहरुले

पशुपतिनाथको पुूजा गरेर बसेको उल्लेख छ । नेपालका राजाहरु आफ्नो संदेश र भाषणको

अन्त्यमा ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्ने उद्गार गर्ने परम्परा थियो

। पशुपतिनाथका अनेकौं जात्राहरु मध्ये शिवरात्री, बालाचतुर्दशी, साउने सोमबारहरु अतिनैं

प्रिय मानिन्छन् । शिवरात्रीमा विश्वभर छरिएर रहेका हिन्दुहरु लगायत खास गरेर नेपाल र भारतका

लाखौं साधु–सन्त लगायत हिन्दु धर्मावलम्वीहरु पूजा अर्चना र दर्शनको लागि आउँछन् ।

शिवरात्रीमा पशपतिनाथ लगायत नेपाल भारत र विश्वका अनेकौं शिवालय, महादेवस्थानहरुमा

धुमधामका साथ जागृत बसेर आराधना गर्ने गर्छन् । आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु

आस्तिकहरु आत्मागौरव मान्छन् भने नास्तिकहरु यसलाई परम्परागत अस्तित्व ठान्छन् । २०ठ२

सालको शिवरात्रीको शुवअवसरमा पशुपतिनाथले सबैको कल्याण गरुन् ।

Email: dirgharajprasai@gmail.com

Comments

comments

<-- Google Analytics -->