असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

सनातन परमेश्वर प्रेम हुनुहुन्छ तर …….!

(भजुराम तखाछेँ श्रेष्ठ)

उपरोक्त शिर्षकले धेरै व्याख्याहरूको माग गर्छन् जुन् यस आलेखमा पूरा गर्न सकिन्दैन। सनातन परमेश्व र प्रेम हुनुहुन्छ, हो। कतिपय मानिसहरूले परमेश्व्रलाई नदेखेको कारण उहाँलाई विश्वाईस गर्दिँन भनेर जिकिर गर्छन्। तर ती मानिसहरूले ×प्रेम” कहिलै देखेका छन् त? प्रेम देखाउन तिनीहरूलाई चुनौति दिइएको छ। प्रेमको रङ्ग कस्तो हुन्छ? प्रेम कतिको गर्हौँन वा हलुको छ? प्रेमको आकार कस्तो छ? आदि। प्रेम भन्ने अवधारणा हो जसलाई ठोस रूपमा देख्नौ सक्दैन न त हातमा राख्नर सक्छ। यो रहस्यमय छ तर यसलाई व्यवहारमा लागु गर्नु जरुरी छ। त्यसै गरि परमेश्वारलाई नाङ्गो आँखाले देख्नत सक्दैन, उहाँ रहस्यमय हुनुहुन्छ र हामीहरूको जीवनमा प्रेमलाई व्यवहारमा उतारोस् भन्ने उहाँ चाहनुहुन्छ। तर सत्य परमेश्वँरको स्वभाव प्रेमिलो हो किनभने हामी जीओस् भन्ने उहाँ चाहनुहुन्छ। महात्मा गान्धीले एक फेरा भन्नुभएको थियो, “जहाँ प्रेम छ त्यहाँ जीवन छ।” अर्को शब्दमा भन्ने हो भने प्रेमको मापदण्ड त्यो हो जब प्रेम गर्छु भन्ने मानिसले आफू र अरू जीएको चाहन्छ वा मरेको। यथार्थमा परमेश्व र ममतामयी आमा जस्तो हुनुहुन्छ जो आफू मरेर भएपनि आफ्नो बालक बाँचोस् भन्ने चाहन्छिन्। बाइबलले स्पष्ट रूपमा उल्लेख गरिएको छ, ×परमेश्वआर प्रेम हुनुहुन्छ..उहाँमा अन्धकार छैन।” तर प्रेम आफै परमेश्व र होइन किनभने मानविय संसारमा प्रेमको नाउँमा धेरै मानिसहरूले अन्धकारसँग संघर्ष गर्न वाध्य हुनुपरेको छ। केही समय अघि मैले यो सुने कि धुलिखेलमा एक जना इन्जिनियर विद्यार्थी झुन्डिएर मरे किनभने कलेजको प्रवेश परिक्षामा ऊ सफल भयो तर उसको केटी साथी असफल भइन्। त्यहाँ असमायीक मृत्यु समावेश भएकोले त्यो असली प्रेम होइन भन्न सकिन्छ। कतिपय युवाहरूले आफ्ना युवती साथीहरूलाई धम्कि दिन्छन किनकि तिनीहरूले ती युवाहरूलाई विवाह गर्न मञ्जुवर गर्दैन वा ती युवाहरूको चङ्गुलमा पर्न चाहन्दैनन्। युवा र युवतीको बीचमा प्रेमको केमिस्त्रीले काम गर्नुपर्छ अनि मात्र विवाहको निम्ति सोचिन्छ भन्ने तिनीहरूलाई थाहा छैन। केटाले केटीलाई प्रेम गर्ला तर केटीले केटालाई प्रेम गर्छ भन्ने छैन किनभने केटीले मिल्ने प्रेमको रसायन त्यस केटाबाट पाएको हुँदैन। कतिपय घरहरू हिँसाको थलो बनेका छन् किनभने ती घरहरूमा असली प्रेमले बास गरेको हुँदैन। एक मानिसले अर्को मानिसको मर्यादालाई आदर नगरेको कारण धर्मकै नाउँमा होस् कतिपय मानिसहरू मारिएका थिए र मारिरहेका छन्। त्यसले गर्दा कतिपय मानिसहरू धर्मसँग बिद्रोह गर्छन् किनकि त्यस धर्ममा अरू जीओस् भन्ने प्रेम सेलाएको हुन्छ। हो, प्रेम आफै परमेश्‍वर होइन किनकि जसरी परमेश्वयरको बारेमा मानविय जगत अन्यौलमा छ त्यसै गरि प्रेमको बारेमा पनि मानविय जगत अन्यौलमा छ। जुन् प्रेममा परमेश्ववरिय तत्व हुँदैन त्यसलाई परमेश्वमर कसरी भन्ने?

जसरी प्रत्येक रूखमा धेरै पातहरू छन् त्यसरी नै प्रेमको परिभाषा पनि धेरै छन्। यस आलेखको उद्देष्य कुनै खोज अनुसुन्धान गरेर प्रेमलाई व्याख्या गर्ने होइन तर बाइबलमा दिएको प्रेमको उत्कृष्ट परिभाषालाई जनसमक्षमा ल्याउनु हो। किताब छाप्ने मेशिनको आविश्कामर भएपछि बाइबल नै पहिलो पुस्तक छापिएको थियो। र बाइबललाई अङ्ग्रेजी साहित्यको सर्वश्रेष्ठ पुस्तक मानिन्छ।

प्रेमको चुचुरो परिभाषा दिने व्यक्ति येशूको अनुयायी प्रेरित पावल थिए जो एकताका येशूका भक्तहरूमा भयङ्कर आतङ्क मच्चाएका थिए। उनले येशूका अनुयायीहरूलाई समातेर पिटेका थिए, झ्यालखानामा हालेका थिए र मारेका पनि थिए। उनी यहूदी धर्मको कठ्ठरपन्थी भएकोले येशू र उहाँका अनुयायीहरूप्रति घृणा जगाउँदै आक्रोसित भएका थिए। तर जब उनी स्वइच्छाले येशूलाई ग्रहण गर्न पुगे तब उनको आत्मिक जीवनमा आमूल परिवर्तन आएको थियो। यो कुरा ख्याल गर्नुपर्छ कि येशूनीतिमा कसैले कसैको आस्थालाई परिवर्तन गर्ने अधिकार दिएको छैन न त येशू आफैले त्यो अधिकार प्रयोग गर्नुभयो। परमेश्वारलाई विश्वाअस गर्ने वा नगर्ने स्वतन्त्रता मानिसलाई नै सुम्पिएको छ। येशू प्रेमले गर्दा धर्मको निम्ति होइन तर मानिसको सर्वोच्च उत्थानको निम्ति मर्नुभएको रहेछ भन्ने आत्मज्ञानमा क्षमता हासिल गर्न पावलले तिन वर्षको बनबास बिताउनुपरेको थियो।

रिस, घृणा, डाह, स्वार्थपना, हिँसा आदिले ओतप्रोत भएको पावलको दिमाग जब परिवर्तन भयो तब उनले ममतामयी आमाको सच्चा प्रेम परमेश्वारमा देख्नव सकेका थिए जसले गर्दा उनले प्रेमको शिखर परिभाषामार्फत प्रेम के हो र के होइन भनेर व्याख्या गरेका थिए।

क्रिश्चिफयन हुँ भनेर दावी गर्ने कोरन्थीका विश्वाासीहरूलाई सही प्रेममा डुब्न पावलले शिक्षा दिएका थिए। कोरिन्थ सहर आधुनिक ग्रीसमा छ। त्यसबेला क्रिश्चि यन भनाउँदाहरू एक आपसमा बाझ्ने, विभाजित हुने र आफ्ना भाऊहरू खोज्ने आदि जस्ता येशूनीतिको बिपरित आचरण अपनाउँदै उहाँको अनुहारमा हिलो छ्याप्ने गरेका थिए। येशूको प्रेम हिजोका विश्वाससीहरूलाई खाँचो थियो भने अहिले पनि अत्यन्त खाँचोको बिषय हो।

पावलले प्रेमको रुपरेखा १ कोरन्थी १३मा यसरी प्रस्तुत गर्छन् (रूपान्तरित): “मसँग मानिसहरूका सबै भाषाहरू बोल्ने क्षमता छ, त्यतिमात्र नभएर स्वर्ग र स्वर्गदूतहरूको भाषा बोल्ने शक्ति पनि छ तर ममा प्रेम छैन भने म केवल झ्याईँ झ्याईँ गर्ने झ्याली वा वाजा वा ठूलो ठूलो स्वरले बजाउने घन्टा जस्तो मात्र हुन्छु। ममा भविष्यको घट्नालाई मानिसहरूलाई सुनाउने भविष्यवाणी गर्ने खुबी छ, म सबै रहस्यहरू जान्न सक्छु र सबै ज्ञानहरूले परिपक्व भएको छ, त्यतिमात्र नभएर ममा यस्तो विश्वा,स र धर्म छ कि पहाडलाई हटाउनेसम्म शक्ति छ तर ममा प्रेम छैन भने म केही पनि होइन अर्थात् फुस्सा मानिसमात्र हुँ। यदि म परोपकारी छु, सामाजिक सेवामा अत्यन्त खट्छु, अरूको हितको निम्ति सबै कुरा दान गरेर आफूलाई नाङ्गो पनि बनेर हिँड्छु, विभिन्न कारणको निम्ति (राजनैतिक, धार्मिक र सामाजिक) ममा यस्तो जोश छ कि म आफ्नो शरीर नै जलाउन राजी हुन्छ तर ममा प्रेम छैन भने मेरो उपलब्धी शून्यतामा झर्छ।”

प्रेम के होइन भनेर व्याख्या गरेपछि प्रेम के हो वा प्रेम छ भनेर दावी गर्नेहरूमा के हुनुपर्छ भनेर पावल यसरी अघि बढ्छन्: ×प्रेम धिरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन न त घमण्डले फुल्छ। यो अहङ्कारी र अशिष्ट छैन। यसले ढिप्पी गर्दैन, अरूको मोलमा आफ्नोमात्र भाऊ खोज्दैन वा आफ्नै चालमा अरू पनि चल्नुपर्छ भनेर हठी गर्दैन। प्रेमले झर्को मान्दैन र सजिलैसँग रिसाउँदैन र साथै आफूले भनेको नमानेकोले क्रुद्ध हुँदैन (त्यसको अर्थ आफ्नो तर्क वा दर्शनलाई जबरजस्ती अरूको चाहना बेगर लादिन्दैन। अरूको मर्यादालाई सम्मान गर्छ र अरू जस्तो छ त्यस्तै बिनापूर्वाग्रह स्वीकार्छ)। कुनै गल्तीप्रति वा कोही गलत बाटोमा हिँड्यो भने (आफ्नै शत्रु नै किन नहोस्­येशूको अनुसार) प्रेम खुशी हुँदैन र भन्दैन ठिकै भयो। प्रेमले सत्यमा आनन्दित हुन्छ। प्रेमले सबै भार बोक्न सक्छ, सबै कुरामा विश्वानस गर्छ, सबै कुरामा आशा राख्छ र सबै कुरा सहन्छ वा सहिष्णु हुन्छ। जसमा प्रेम छ उसले कहिलै पनि यो भन्दैन कि ×मैले जति माया गरेँ त्यो पुग्यो अब म फेरि माया गर्दिन अर्थात् उसलाई वास्ता गर्दिन।” भविष्यको निम्ति भविष्यवाणी गरेका सबै तरेर जान्छ, मानिसहरूले भाषाहरू बिर्सन्छन् र भाषाहरू मरेर जान्छन्। ज्ञानहरू पुरानो र काम नलाग्ने हुन्छ। हामीमा जतिसुकै ज्ञान छ भनेर घमण्ड गरेतापनि ज्ञानको जगतमा त्यो केवल अल्पज्ञानमात्र हो। हामी भोलीको बारेमा जे भन्छौँ वा भविष्यवाणी नै गरौँला तर त्यो केवल अलिकतिमात्र गर्छौँ। तर जब शिद्ध आउनु हुनेछ ती सबै बिलाएर जानेछन्। जब म बालक थिएँ, बालकले जस्तै बोल्थेँ। अब त म ठूलो भइसकेको छु। बचपनको कुरा मैले छोडिसकेँ। वास्तविकतामा जे हामी अहिले देख्छौँभ त्यो केवल दाग लागेको चस्माले मात्र हेर्छौँ (वा दोषी चस्माले)। तर ती सबै कुरा स्पष्ट हुने समय आउँदैछ र हामी कोहौँ सो हामीले थाहा पाउनेछौँ। अहिले म केवल अलिकतिमात्र जान्दछु, तर त्यो समय आउनेछ त्यसबेला म को हुँ भनेर राम्रोसँग थाहा पाउनेछु (पावलको विश्वा स अनुसार येशूको दोस्रो आगमन हो जब वर्तमान युगको अन्त्य हुन्छ र नयाँ युगको सुरू हुन्छ जुन् बाइबलमा उल्लेख गरिएको छ)।

पावलले प्रेमको परिभाषा यसरी अन्त्य गर्दछन्: ×अब आस्था वा परमप्रभु परमेश्व रमा गरिने विश्वारस, आशा अर्थात् भविष्यमा राम्रै हुन्छ भन्ने आशा र मानिसको जीवनलाई अर्थपूर्ण बनाउने प्रेम रहन्छ तर आस्था, आशा र प्रेममा सबभन्दा महान् प्रेम हो। अर्थात् यदि कसैमा प्रेम छैन भने उसका भएका आशा र विश्वा स अर्थात् धर्मको चमक वा शोभा बिलाउन सक्छ।”

हो, प्रेमको बारेमा धेरै कुराहरू गर्न सकिन्छ तर यदि कसैले माथि प्रस्तुत गरेको प्रेमको बारेमा कसैले पिउन वा निल्न सक्छ भने घरमा, समाजमा, राष्ट्र र आफूमा पनि लडाईँ हुने छैन। हामीहरूको मानविय समाजमा किन झगडा, बिद्रोह, अरूको मोलमा आफ्नो भाऊ खोज्ने प्रवृत्ति, कमजोरि भनेर अरूलाई दवाउने मनोवृत्ति, मानिसलाई बिभाजन गर्ने जात र वर्गले प्राथमिकता पाइरहेका छन् भन्दा असली प्रेमको कमीले नै हो भनेर ठोकुवा गर्न सकिन्छ। पाठकवर्ग, यदि तपाईँले कसैलाई प्रेम गर्छु वा माया गर्छु भनेर भन्नुहुन्छ भने पहिले आफ्नो हृदय खोतल्नुहोस् ताकि यस पवित्र शब्द प्रेमको उच्चारण खेर नजाओस्।

अगस्ट २३, २०१६
www.enpalikhabar. Com

Comments

comments

<-- Google Analytics -->