असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

नेपाल संवत राष्ट्रको, पेवा होइन जातिको

(दीर्घराज प्रसाई)

विक्रम संवत् २०७३ साल गोवर्धन पूजा र म्यह पूजाकोको दिन कार्तिक १५ गते शुक्ल प्रतिपदादेखि नेपाल संवत्को नयाँबर्ष ११३७ प्रारम्भ भएको दिन हो । यो साल पनि नेवार जातिले नेपाल संवत्का प्रणेता मानेर शंखधर शाख्वाः को सम्मान गर्दैछन् । कैयौं इतिहासकार तथा खोजकर्ताहरुबाट नेपाल संवत् राजा राघवदेवबाटै भएको कुरा सिद्ध गरिसकेपछि पनि नेवारका केही वुद्धिजीवीले शंखधरले नैं नेपाल संवत चलाएका हुन् भनेर विक्रम संवत् २०२२ सालपछि लेख्न थालेका हुन् । यसको कारण थियो– २०२२ सालमा रेडियो नेपालबाट नेपाली, अंग्रेजी, हिन्दी र नेवारी भाषाबाट समाचार वाचन गरिन्थ्यो । समाचार वाचनमा अरुहरु जातिहरुले पनि माग गर्नथालेकाले २०२२ सालको मंत्रिपरिषदको निर्णयबाट नेपाल रेठियोबाट नेपाली भाषा र अंग्रेजीबाट मात्र समाचार बाचन गर्ने निर्णय भएपछि इतिहासकार भूवनलाल प्रधान, प्रेमबहादुर कन्साकार, मानिकलाल श्रेष्ठहरुले उक्त निर्णको बिरोध गरेर नेवारी भाषा र नेपाल संवत् स्थापित गर्न नेवारी संगठन गर्न थालेका थिए र पछि २०२६ सालपछि मंका खलःको नामबाट यसलाई अगाडि बढाइयो र त्यसैलाई मागिखाने भाँडो बनाएर पद्यरत्न तुलाधरले साम्प्रदायिक जालोमा नेपाललाई फसाउने कुकर्म गर्न थालेका हुन् र त्यसैको आडमा अहिलेसम्म नेवारहरु म्हपूजाका दिन नेपाल संवत्का प्रणेता शैखधर हुन भन्दै उत्सव मनाउने गरेका हुन् । तर अहिलेसम्म शंखधर साख्वा स्थापित हुन नसकेकोमा नेवार जातिले बुझ्नसक्नु पर्ने हो । प्रारम्भमा शंखधरले राजकुमारको जस्तो श्रीपेच र कुण्डल लगाएको मूर्तिको रुपमा स्थापित गरेको थियो । मैले ‘ज्यापुबंशमा श्रीपेच र कुण्डल लगाउने परम्परा नैं नभएकोमा शंखधरले कुण्डल लगाउनु पर्ने कारण कहाँबाट ’रु भनेर एक लेख लेखेको थिएँ । त्योबेला इतिहासकार भूवनलाल प्रधान जीवितै हुनु हुन्थ्यो ।

भूवनलालजीले त्यो लेख पढेर होला त्यसपछिका बर्षमा शंखधरको मूर्ति साच्चैको ज्यापु जस्तै उभ्याइयो र पत्रपत्रिकामा पनि त्यस्तै शंखधर पेस भयो । त्यसैलेखमा मैले लेखेको थियो– ‘राजाले झिकाएको बालुवा एउटा ज्यापुले भन्दैमा भरियाहरुले कसरी दिन्छन् र बालुवा सुनमा परिणत भयो भन्ने कुरा पत्याउने सकिदैन’ भनेर लेखेकोमा विद्वान भूवनलाल प्रधानले लेख्नु भयो–‘आजभोलि पनि खोलामा सुन बटुल्ने जलन छ । बिष्णुमतीका किनारमा सुनका कणहरु भेटिन्छन्’ भनेर लेख्नु भयो । त्यो कुरा मलाई पत्यार लाग्यो । तर बालुवा नैं सबै सुन भयो भन्ने कुरा पत्याउन किदैन । यसै सन्दर्भमा विक्रम संवत् र नेपाल संवत्बीचमा झगडा गराएर इस्वी संवत् लागु गर्ने षडयन्त्रको पछि पद्यरत्न तुलाधर, बाबुराम भट्टराई र इसाईहरु लागेको बुझेर मैले इतिहासका भेटुसम्मका इतिहासका प्रमाणहरु, अभिलेखहरुका प्रमाणहरु जुटाएर ‘विक्रम संवत्को इतिहास’ प्रकाशित गरेर इतिहास भूवनलाल प्रधानकोमा पु¥याएँ । उहाँ बिमारी अवस्थामा रहेर पनि मलाई सम्मानगर्दै पुस्तक लिएर धन्यवाद दिनु भयो । नेपाल संवत् बारेमा हामीबीचमा मतभिन्नता रहेता पनि हामी दुईबीच राम्रो संवन्ध थियो । त्यसपछि उक्त पुस्तक नरेशवीर शाक्य लगायत नेपाल संवत्का समर्थकहरुकोमा उपहार दिएँ । मैले लेखेको विक्रम संवत् प्रमाणित ग्रन्थ भएको र त्यसमा नेपाल संवत्को हुबहु कारण, जातीय स्वार्थको विवरणसाथ प्रस्तुत गरेकाले तैँचुप मैचुज भएको जस्तो लाग्यो । मैले बुझेसम्म नेवार जाति नेपालको सभ्यता संस्कृति बचाउने हिन्दु तथा बौद्ध धर्मको संरक्षणमा जुट्ने एक शक्तिशाली देशभक्त जाति हो ।

मेरो नेवार जातिप्रति कुनै रिस छैन । नेवार जाति नेपालको राष्ट्रवादी शक्तिको हैसियतले म सम्मान गर्छु । तर नेपाल संवत् उठान गर्ने शंखधर शाख्वा नैं हुन् भन्ने कुरामा हत्ते हालेर इतिहासले नपत्याउने कुरामा के कारणले हो कतिपय नेवारका बुद्धिजीवीहरु लाग्दा आश्चर्य लागेको छ । नेपालमा उद्योग–धन्दा, ब्यापार, कला–कौसल, धातुकला, मूर्तिकला,काण्डकला आदि इत्यादि अनेकौं व्यवशायमा संलग्न भइरहने यो स्वाभिमानी, परिश्रमी, राष्ट्रवादी जाति हो । विज्ञान प्रविधि, साहित्य कलाक्षेत्रमा नेवारहरुबाट ठूलो योगदान छ । नेवार जाति हिन्दु र बौद्ध धर्म सांस्कृतिक राष्ट्रवादका उपज हुन् । शाक्यमुनी बुद्धदेखि शंकराचार्यको नेपाल आगमन र त्यसपछि नेपाललाई हिन्दुत्व र बुद्धत्वको आधिकारिक थलो बनाउनमा नेवार लगायत अन्य धेरै जातजातिको संयुक्त योगदान छ । कतिपय इतिहासकारहरुले लेखे– नेवार जाति बाहौं शताब्दीमा कर्नाटबंशी राजा नान्यदेवसँघै दक्षिण भारतको नायर प्रदेशबाट नेपाल छिरेका नायर जाति हुन् । कसैले नेपाल उपत्यकालाई आवाद गर्ने मञ्जुश्री वोधिसत्वसँगै शिष्य बनेर आएका मंगोल हुन् भनेर लेखे । तर किरात र लिच्छविको संमिश्रणबाट विकसित संतान, उत्तर र दक्षिणतर्फबाट बेपार, वैवाहिक सम्वन्त्र र आतेजातेको कारणबाट विकसित वर्ण व्यवस्था अंकित जातिनैं नेवार जाति मानिन्छ । वि।स।ं१९९७ ताका शहीद हुने र विदेशी हस्तक्षेपको बिरोधमा उठेका देशभक्त राष्ट्रवादीहरु अधिकांक्ष नेवारहरुनैं थिए र छन् । म नेवार जातिलाई सम्मान गर्छु ।

अतः म नेवार बुद्धिजीवी, इतिहासकारहरुलाई मेरा यी प्रस्तुतिहरु अध्ययन गरेर इतिहासले पत्याउने कुरा प्रकाशमा ल्याउन अनुरोध गर्दछु । नेपालको इतिहासमा लगभग विक्रम सम्वत् ७८० देखि ९३५ वर्षसम्म प्रमाणित ऐतिहासिक सामाग्रीहरु भेटिएका छैनन् । इतिहासले भन्छ– नेपालको इतिहासको त्यो खालीसमयलाई कालोयुग उल्लेख गरेको छ । त्यो डेढ शताब्दिको समयमा नेपालमा मात्र अडमुण्डि नाम गरेका राजाले शासन गरेको र त्यसताका कास्मीरका हिन्दु राजा जयापिडले नेपाललाई आक्रमण गर्दा नेपालका अडमुण्डि नामका राजाले गण्डकी थुनी जयापिडका सेनालाई बगाईदिएका र जयापिडलाई कैद गरेको कुरा डेडसय बर्षको इतिहासमा उल्लेख छ । कतिपय इतिहासकारले भनेका छन् कि त्यसबेला लिच्छविवंशलाई कुनै अर्कै राजवंश वा भोटले हडपेको हुनसक्छ । भोटमा स्रोङचंङगम्बोका सन्तानहरुको बीचमा आपसी झगडा भएर गडबड मच्चिएको मौकामा लिच्छविवंश कै राजा राघवदेवले लिच्छविवंशलाई स्वतन्त्र गराई आफू राजा भएका बेलादेखि नेपालसम्बत् उठान भएको र यसबारेमा धेरै ऐतिहासिक सामाग्रीहरु भेटिएकाले नेपाल संवतको ऐतिहासिक महत्व उजागर हुन्छ । नेपाल संवत् नेपालको इतिहासको एउटा गौरव मानिन्छ ।

नेपाल संवत्को उत्पति र विकाश बारेमा खोजकर्ता र इतिहासकारहरु भन्छन्– फ्रान्सेली विद्धान सिल्यान लेभीले नेपाल ईशाको सातौं शताब्दीदेखि नवौं शताब्दीसम्म त्यससमयको वृहत भोटको अधीनमा रहेको र भोटका तत्कालीन राजाको अत्याचारी नीति विरुद्ध त्यहा“का जनताले विद्रोह गरी साम्राज्य कमजोर हुन पुगेको अवस्थामा नेपाल भोट सम्राज्यबाट स्वतन्त्र भएको र त्यसैको संझनाममा ई।सं। ८७९–८८० तिर नेपाल संवत्को उठान भएको भनेका छन् । नेपाल संवत् बारेमा प्रो। वेण्डालले फेला पारेको वा संकलन गरेको वंशावली अनुसार लिच्छवीकालको उत्तरार्धका राजाहरुको नामावली सूचिमा राजा राघवदेवको नाम निकै महत्वपूर्णकासाथ उल्लेखगरेको पाइन्छ । यिनै राजा राघवदेवको पालादेखि नेपाल संवत्को सुरु भएको हो भनेका छन् र उक्त राय इतिहासकार कलिंधमको पनि छ । उनले समय गणना गरे अनुसार राजा राघवदेवको शासनकाल इ।सं। ८८० तिर पर्दछ र नेपाल संवत्को सुरुवात त्यही समयतिर भएको हुनाले विद्धान कलिंघमको भनाईमा कुनै भ्रम रहन्न भन्ने राय इतिहासविद् वालचन्द्र शर्माले पनि नेपालको ऐतिहासिक रुपरेखामा उल्लेख गरेका छन् ।

इतिहास शिरोमणि बाबुराम आचार्यले ‘चीन,तिब्बत र नेपाल’ पुस्तकमा लेखेका छन्– ‘नेपाल संवत्को उठान राजा राघवदेवको समयमा भएको हो भन्ने निश्चित भएको,स्मारकस्रुप यिनले नैं ‘पशुपतिभट्टारक–संवत्को नामले नयाँ संवत्को आरम्भ गराए पछि यस संवत्सँग शंखधरको नाम जोडिन थालेको पाइन्छ, तर शंखधर संवन्धी अलौकिक र अतिरञ्जित किंवदन्तीहरु मथि भने विश्वास गर्न सकिदैन ।’ यसरी नेपालका अधिकांश इतिहासकारहरुको धेरै हदसम्म नेपाल संवत्का प्रणेता राघवदेव नैं हुन भन्ने सहमति पाइन्छ । इतिहासका अर्का विद्धान धनवज्र वज्राचार्यले पशुपतिमा विभिन्नरुपले सम्मान व्यक्त गर्ने प्राचीन परम्पराअनुसार राजा राघवदेवले पशुपतिको सम्मानमा यो संवत् चलाएका हुन् भन्नुभएको छ । त्यसैगरी एकजना इटालियन विद्धान लसियानो पेट्रेकद्वारा प्रकाशित गोपाल वंशावलीमा राजा राघवदेवले पशुपतिलाई संकेत गरेर नै सम्वत् चलाएका हुन् भन्ने उल्लेख गरिएको छ । सम्भवतः यसैकारण गोपाल वंशावलीमा राजा राघवदेवलाई ‘पशुपति भट्टारक सम्वत्सर’ भन्ने उपाधि दिएको पाइन्छ । गोपाल वंशावलीमा उल्लेख छ– “राजा श्री राघवदेव वर्ष ६३ श्री पशुपति भट्टारके संवत्सर प्रवृत्तिःकृताः” । ताडपत्रमा लेखिएको हस्तलिखित सुमरितन्त्र सहोत्तरतन्त्र ग्रन्थको पुष्पिका वाक्य एवं गोपालराज वंशावलीको वाक्यांशहरुबाट पनि मानदेव चतुर्थका छोरा राजा राघवदेवले यो संवत् चलाएको भन्ने उल्लेख भएकाले यसै पक्षमा आफ्नो राय दिने विद्धानहरुस“ग सहमत हुन सकिन्छ भनी इतिहासविद होमनाथ भट्टराईले पनि विचार उल्लेख गर्नुभएको छ ।

यतिका प्रमाण हु“दाहु“दै पनि राजा राघवदेवले नेपाल संवत् उठान गरेका होइनन् भन्नु गल्ती हुन जान्छ । इतिहासकार कृष्णबहादुर उदय भन्छन्—‘राजालाई ‘नारायण‘ भन्ने प्रचलन र संस्कृति छ । शंखधर, चक्रधर भनेका उनै नारायण अथवा बिष्णु हुन् । त्यसैले शंकखधर भनेकानैं राघवदेव हुन् । २०६४ कार्तिक २७ गतेको गोरखापत्रमा इतिहासकार के।वी। उदय लेखेका छन्– ‘राजा राघवदेवको समयमा शंखधर भन्ने पूँजीवाल काठमाण्डौंमा थिए भन्ने प्रमाण छैन ।’ म्हःपूजाकै अवसरमा यो सम्वत् उठान भएकाले नेवार समूदायहरुले नेपाल संवत्लाई नया“वर्षको रुपमा मनाउनु स्वागतयोग्य छ । यो संवत् सबै नेपालीको साझा हो । यस संवत्लाई जातीय संवत्को रुपमा मात्र लिनु हुन्न । एमालेका नेता प्रदीप नेपाल भन्छन्–‘ नेपाल संवत्लाई सबै भाषाभाषीहरुका लागि सुपाच्य बनाउन सकिएको छैन । नेपाल संवत्को तिथिमितिको गणना पनि समस्या हो । तीनसय पैंसठ्ठी दिनको कुनै रातमा पनि बालुबा सुनमा परिणत हुँदैन । मध्यरातमा झिकिएको बालुबा बिहान उज्यालो हुनासाथ सुनमा परिणत भयो भन्ने कथा अपत्यारिलो र आधारहीन बन्नपुग्छ, भाषा र संवत् सैद्धान्तिक वहसका विषय होइनन् । तिनको व्यवहारिक प्रयोग विज्ञानसम्मत हुनुपर्छ । ९गोरखापत्र २०६६।७।१२।’

नेपाल संवत्को उठान सम्बन्धमा अर्का थरीका विद्धानहरुको भनाई छ कि यो सम्वत् शंखधर साख्वाले विष्णुमति नदीको दोभानबाट झिकेर ल्याएको बालुवा सुन हुन्छ भन्ने सुनेर भक्तपुरका राजा आनन्द मल्ललाई ज्योतिषीले भनेको महुर्तमा भरियाहरुले झिकेर लगिरहेको बालुवा शंखधरले आफ्नो घरमा लगी खन्याउन लगाए र अर्को बालुवा राजाकोमा लान लगाए र त्यो सुन भएको बालुवा बेचेर कान्तिपुर र भक्तपुरका जनताको ऋण तिरीदिएको संझनामा नेपालसम्वत् प्रचलन भएको हा,े भनिन्छ । तर बालुवा सुनमा परिणत हुनसक्ने कुरा संभव हुनसक्तैन । त्योयुगमा राजाले झिकाएको बालुवालाई एउटा शुद्र व्यापारीले राजाको आ“खा छलेर काम गर्ने आ“ट गर्नसक्तैन र त्यो बेला बालुवा ल्याउने भरियाहरुले राजाको कुरालाई छोडेर एउटा शुद्र ब्यापारीको पछि पर्लान भन्न सकिंदैन । फेरि आनन्द मल्लको कार्यकाललाई तुलना गर्दा नेपाल संवत्को शुरुवात भएको २५७ वर्षपछि मात्र भक्तपुरका राजा आनन्द मल्लको नाम आउ“छ भने नेपाल संवत्सँग आनन्द मल्लको नाम जोड्न पनि मिल्दैन ।

पशुपतिनाथको दक्षिण ढोकामा हातमा शंख लिएको शिलामूर्ति छ । त्यसैलाई शंखधर भनिएको छ । तर त्यो मूर्ति शंखधरको होइन । पृथ्वीमा पानी नपरेर हाहाकार भएपछि राजा भगीरथले महादेव र गंगा माताको तपस्या गरेर पानी मागेको अवस्थाको चित्रण हो । लिच्छविकालदेखि कतिपय हिन्दु देवी देवताका मन्दिर र मूर्ति र धाराहरुका अगाडि पछाडि शंख धारण गरिएका मूर्तिहरु राख्ने गरिन्छ–९योगी नरहरिनाथ० । त्यस्ता मूर्तिहरु पशुपतिनाथको दक्षिणढोका मात्र होइन उत्तरढोकाका सबै मन्दिरका अगाडि, पशुपति आर्यघाट गंगामाताको मन्दिर अगाडि, बागमती पारीका १०८ शिवमन्दिरहरुका अगाडि, हरेक लिच्छवीकालीन धारालगायत धरहराको सुन्धारामा पनि त्यस्ता मूर्तिहरु छन् । पाटनको स्वर्ण बौद्ध मन्दिरका अगाडिका ढोकामा पनि अहिले शंखधर भनिएका मूर्तिहरु मूलढोका अगाडि त्यहा“ देख्न पाइन्छन् । परम्परागत कुरा गर्दा कुण्डल, श्रीपेज लाउने र शंखधारण गर्ने नेवार जातिभित्र कुनै परम्परा छैन ।

इतिहासविद् वैकुण्ठप्रसाद लाकौलले नेपाल समाचारपत्र २०५८÷७÷३० मा लेख्नुभएको थियो– “नेपालको इतिहासमा अन्धयुग ठानिएको मध्यकालीन इतिवृत्त बारे– गोपाल वंशावली जति प्रमाणित ग्रन्थ अरु छैन भन्ने कुरा निर्विवाद भइसकेको छ । यी सबै परिवन्दले नेपाल संवत् राजा राघवदेवको पालामा प्रचलनमा आएको सिद्धहुन्छ ।” यसैगरी इतिहासकार दुण्डिराज भण्डारीले नेपालको ऐतिहासिक विवेचनामा लेख्नुभएकोछ– “नुवाकोट ठकुरीवंशका प्रथम राजा भाष्करदेव वर्माको शासनकालमा लेखिएको “विष्णुधर्म” नामको हस्तलिखित ग्रन्थको उपसंहारमा यसग्रन्थको निर्माणकाल राजा राघवदेवले प्रचलित गरेको नेपाल संवत् १६७ उल्लेख भएकोले उक्त संवत् नेपाल संवत् हो । कुनै विद्वान इतिहासकारहरुले पनि ‘नदीबाट झिकिएको बालुवा सुनमा परिणत भएको ऐतिहासिक प्रसंगमा शंखधर साख्वाको वर्णनले उनको सम्पूर्ण परिचय दिन सकेको छैन । न त त्यो प्रसंगको सत्यता नै पुष्टि गर्न सकेको छ । उनको पारिवारिक पृष्ठभूमि के हो रु राष्ट्रिय विभूति घोषित भएको यतिका वर्ष व्यतित भइसक्दा पनि अनुत्तरित नै छन् ।’

नेपालमा धेरैबर्ष अगाडिदेखि विक्रम संवत्, नेपाल संवत्, शाके संवतहरु तीथिको आधारमा चल्दै आएका थिए र छन् । यसरी संवत्हरु् तीथिकै आधारमा चलेका र तर तीथिहरु गडवड भइरहने हुँदा शासन व्यवस्थामा अप्ठयारो परेकाले जोतिषीहरुको सम्मेलनको निर्णयबाट चन्द्रशम्सेरले तीथिहरु यथावतै राखी १९६१ वैशाख मेष संक्रान्तिदेखि विक्रम संवत्लाई गतेबाट लेख्न प्रारम्भ गरेका थिए । यसलेगर्दा नेपालमा विक्रम संवत् सरकारी तथा सामाजिक क्षेत्रमा लोकप्रिय हुनपुग्यो । नेपाल संवत् र शक संवत् तीथिबाट मात्र चलेकाले विक्र संवत्को दाँजोमा लोकप्रिय हुन सकेनन् । विक्रम संवत्को बर्षमा ३६५ दिन हुन्छ तर नेपाल संवत् र शक संवत्को बर्षमा ३५४ दिन मात्र हुने हुँदा विक्रम संवत्को दाँजोमा लोकप्रिय हुन नसक्ने अर्को मुख्य कारण हो । भारतमा शकवंशलाई समाप्त पारेर कुषाणवंशी राजा कनिष्कको पालादेखि ईस्वी संवत् ७८ मा शक संवत् प्रारम्भ भएको हो । मुगल सम्राज्य र त्यसपछिको अंगे्रजहरुले उपनिषद कायम गरिसकेपछि भारतमा शक संवत्को प्रचलन हराउँदै गयो । भारत स्वतन्त्र भएपछि मुगल सम्राज्यदेखि निष्क्रिय भइसकेको शक संवत्लाई भारतका प्रधानमंत्री जवाहरलाल नेहरुले आफ्नो मौलिक संवत् भनी सन् १९५७ देखि शुुरु गराए । तर, शक संवत्मा बर्षमा ३५४ दिनमात्र हुनेहुँदा व्यवहारिक नभएर प्रचलन हुनसकेन र भारतमा इस्वी संवत् नैं चलनमा ल्याइयो । जेहास।–विक्रम संवत् तथा नेपाल संवत् दुबै नेपालका उपज र मौलिक संवत् हुन् । हामी सबै नेपालीहरुले सत्य तथ्यका आधारका प्रमाणहरु तथा भरपर्दा किंवदन्तीहरुलाई मात्र इतिहासका प्रमाण मान्नु पर्छ । २०७३ सालको तिहार तथा नेपाल संवत् ११३७ को उपलक्षमा सुख समृद्धिको कामना ज्ञापनगर्दै हामी सबैले शुभकामना साँटासाँट गरौं ।
Email : dirgharajprasai@gmail.com

Comments

comments

<-- Google Analytics -->