असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

कच्चा पिलर बन्यो बाबुरामको नयाँ शक्ति

(सागर राई)

नेपालमा राजनीतिक अस्थिरताले लामो समयसम्म छाइ रहँदा आर्थिक उन्नती नहुँदा सांस्कृतिक सामाजिक विभिन्न पक्षहरु विग्रने स्थिती दिन प्रतिदिन बढ्दै गइरहको अवस्थामा हिजोका दिनहरुमा ध्वसत्मक राजनीतिक गर्दै आइरहेका नेपालका राजनीतिक दलहरु अब विकासवादी दल वन्नुपर्छ भन्ने जनचाहना बढ्दै गर्दा तत्कालिन नेकपा माओवादी पार्टी परित्याग गर्दै नयाँ शक्ति नेपाल नामक पार्टी गठन गरेका डा. बाबु राम भट्टराईका नयाँ शक्ति र विद्यार्थी युनियनका विषयमा चिरफार गरौं ।

विशेषगरी अबको विकास आर्थिक विकास भन्ने मुल नाराले नेपाली जनचासो बढेको कुरा तथ्य हो । मुख्य गरी नयाँशक्ति नेपाल पार्टीमा डा. बाबुराम भट्टराईले प्रतिपादन गरेको ५ ‘स’ ले नेपाली समाजको आकर्षण अलिकति तानेको पनि हो । विभिन्न पेशाकर्मी, कर्मचारी, विज्ञ, कलाकार र स–साना खण्ड खण्ड र अखण्ड विचारहरु प्रत्यक्ष रुपमा नयाँ शक्ति पार्टीको हिस्सा बन्दै आइरहेको छ । उसोत डा. बाबुरामले विभिन्न अन्तरक्रियाहरुमा भन्दै आइरहेका नयाँ शक्ति नेपाल एउटा घर हो, उक्त घर निर्माण हुने क्रम जारी छ ।

एउटा घर बन्नको निम्ति चाहिने इटा, बालुवा, पानी, ढुंगा सिमेन्ट, रड आदि कुराहरु आवश्यक पर्दछ । त्यसैले नयाँ शक्ति नेपालमा इटाको ढुंगाको बालुवाको सिमेन्ट रड आदिको थुप्रोहरु जस्तो दृश्य देख्न सकिन्छ । डा. बाबुराम भट्टराई आफु स्वयम् आर्किटेक्चर भएको कुरा उनी हरेक अन्तरक्रियाहरुमा बताउने गर्दछन् त्यसैले उनले बनाउँदै गरेको घर कस्तो हुन्छ भन्ने जनचासो रहनु स्वभाविक हो । वि.सं. २०५२ साल पछि सशस्त्र १० वर्ष माओवादी युद्ध देखि नै नेपाली समाजमा बाबुराम भट्टराई नाम मुख्य गरी स्थापित भएको हो ।

तत्कालिन माओवादी शान्ति प्रकृयामा आइसकेपछि उनले अर्थमन्त्री हुँदा नेपालको बजेटको आकार बढाउन प्रधानमन्त्री हुँदा काठमाडौंको बाटो फराकिलो बनाउनु र उपाध्यक्ष पद त्याग गरेर आर्थिक चिन्ता गर्दै, नयाँ पार्टी आर्थिक समृद गर्न भनी मुख्य नारा बनाउँदै गठन गर्नु नै उनलाई नेपाली समाजले केही विश्वास गर्ने ठाउँ हो । हुन त नेपाली राजनीतिक दलहरु स्खलित हुँदै गर्दा तिनका नेताहरु मुख्य गरी आर्थिक विकासमा असक्षम हुँदै गर्दा व्यक्तिवादी विश्लेषणमा बाबुरामको विकल्प छैन भन्नेहरु पनि छैनन ।

तर उनले भने जस्तै घर निर्माणका लागि आवश्यक इटा, बालुवा, ढङ्ग सिमेन्ट, रड आदि आवश्यक सामग्रीहरुको थुप्रोहरु टुक्रिने, फुट्ने खिया पर्न थालेको विश्लेषण गर्नेहरु पनि कम छैनन् । केही तथ्यहरुले त्यस्ता विश्लेषणहरुलाई झल्काउने गरेको पनि देख्न सकिन्छ । विभिन्न घटनाहरुमा संलग्न आरोपितलाई संरक्षण गर्न बैकल्पिक संगठन कहाँ नातावाद, परिवारवाद अनी अराजक एकलौटी आर्थिक पारदर्शिता नभएको आदी आरोपहरु लगाउनेहरु पनि कम छैनन् ।

आदि इत्यादीको आरोप खेपिरहेको बन्दै गरेको नयाँ शक्तिको संगठन नयाँ शक्ति विद्यार्थी युनियनको विषयमा केही कुरा गरौं । विगत लामो समयदेखि नयाँ शक्ति विद्यार्थी युनियन बैकल्पिक विद्यार्थी संगठन बनाउने भन्ने वहसहरु चलिरहँदा म स्वयम पनि बैकल्पिक विद्यार्थी संगठनको अपेक्षा राख्दै संलग्नता रहेको सत्य हो । नेपालमा ने.वि.संघ हुँदै विभिन्न विद्यार्थी संगठन विभिन्न कालखण्डमा विद्यार्थीका हकहितका लागि निर्माण भएको सत्य हो ।

हिजो मुलुक विभिन्न समस्यामा गुज्रिरहेको अवस्थामा नेपालका विद्यार्थी संगठनहरुले मुलुक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेकै हो तर हिजाको विद्यार्थी आन्दोलन ध्वसांत्मक थियो । अब मुलुक विकासको दिशा तर्फ उन्मुख हुनुपर्छ भन्ने आम विद्यार्थीहरुको चाहना हो । आजको शिक्षा प्रणाली शिपयुक्त हुनुपर्छ ताकि पढेर आफ्नै मुलुकका रोजगार गर्न र गराउन सक्ने हुनुपर्दछ भन्ने आम विद्यार्थीहरुको साझा धारण हो भन्दा फरक नपर्ला ।

त्यसैले सबै विद्यार्थी संगठनहरु रुपान्तरित हुन जरुरत परेको अवस्थामा आज नेपालका विद्यार्थी संगठनहरु उदाशिन रहेको सत्य हो भन्दा अनर्थ नहोला किनकी परम्परा दोहोरिने क्रम जारी छ । त्यसैले त नक्कली विद्यार्थीहरु विद्यार्थीका नेता बन्न ४०, ५५ वर्ष पुगेता पनि लागि परिरहेका छन् ।

यी यस्ता विभिन्न विद्यार्थीका समस्याहरु समाधान गर्न बैकल्पिक विद्यार्थी संगठन बन्नु पर्छ भनी वहस गरेपनि आज बनेको नयाँ शक्ति विद्यार्थीको नक्सा न बाबुराम भट्टराईले कोरेको जस्तो बन्यो न त बैकल्पिक विद्यार्थी जस्तो मुख्य गरी डा. बाबुरामले भने जस्तै घर बन्न चाहिने बालुवा, इटा, ढुंगा सिमेन्ट रड आदि सामाग्रीहरु आवश्यक पर्ने भनिएता पनि यहाँ लगभग पूर्व माओवादी क्रान्तिकारी विद्यार्थी संगठनबाट आएका व्यक्तिहरु मात्र संलग्न देखिन्छन् ।

त्यसैले यसको आकृति हेर्दा लगभग बालुवाको घर भन्दा फरक देखिदैनन् । बरु यस संगठनकै विभिन्न जिम्मेबारी व्यक्तिहरु यो संगठन बोटल नयाँ रक्सी पुरानै भनिवेला बेलामा व्याख्या गरेको प्रत्यक्ष सुन्न र देख्न पाउँदा यसको कुनै औचित्य देखिदैन् । बरु नयाँ नयाँ बोटलमा पुरानै रक्सी पिउन बानी परेको मित्रहरुले आम विद्यार्थीहरुको समस्या समाधान भन्दा पनि अन्य विद्यार्थी संगठनले जस्तै अर्को भार थपेको जस्तो देखिन्छन् ।

हुनत पहिले पनि डा. बाबुरामले बुद्ध र चे का कहानी सुनाएर विद्यार्थीहरुलाई तयार पुगेन यो नयाँ शक्ति पार्टीका आकृति अनुसार भएन भनेर नयाँ ढंगबाट सुरुवात नगराएको होइन । यद्यपि विभिन्न मितिमा पार्टीकै तर्फबाट निर्णय नभएको पनि होइन तर उक्त निर्णय कार्यान्वयन गराउने पार्टीले सकेन त्यसैले नयाँ नयाँ बोटलमा पुरानै रक्सी पिउन पल्केका मानिसहरुको संगठनले न आम विद्यार्थीहरुको मन जित्न सक्ने छ । न त माउपार्टीलाई नै फाइदा गराउँदछ ।

त्यसैले नयाँ शक्ति एउटा घर हो अन्य आंगरिक संगठनहरुलाई घरको पिलर ठान्ने हो भने पिलर बच्चा बनेको कुरा महसुस गरुन यदि घर मजबुद बनाउने हो भने । त्यसैले बेलैमा आफु आर्किटेक्चर रहेका भन्नेहरुले विचार गरुन कच्चा पुरानो घर जस्तो बनाएर नेपाली जनतामा अर्को एउटा भार नथपुन् ।

आफु विज्ञ भएर दिशा र पिसाबबाट अन्न फलाउन सक्नेहरुले आफु संलग्न रहेको संगठनलाई पनि अध्ययन गरुन अनि संगठनलाई फलाउने तिर लागुन ता कि आजको विद्यार्थी आजकै कर्णधार बनाउन सफल रहुन् । आफ्नो चाहि छोप्ने पशुपतिमा गएर ढोग्ने भन्नेहरुले विचार गर्नु जरुरत छ ।

आफ्नो संगठनलाई बलियो नबनाउने अनि अरुको संगठनलाई विरोध गर्नुको कुनै अर्थ रहन्न । त्यसैले आफु विभिन्न धर्म गुरुहरु भन्दा माथि रहेको भन्नेहरुले बारम्बार सोचुन अनि देशलाई निकास र विकास दिने संगठन बनाउन सफल रहुन ।

Comments

comments

<-- Google Analytics -->