असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

चीनको चमत्कार नेपालमा अकाल

(दीर्घराज प्रसाई)
कम्युनिष्ट नेता माउत्सेतुङ्गको नेतृत्वमा चीनमा साम्यवाद स्थापना भएको सन् १९४९ देखि अहिले सन् २०१६ सम्मको यो ७० बर्षको समयमा चीन विश्वको शक्ति सम्पन्न राष्ट्रको सूचीमा उभिन पुगेको छ । समयको गतिलाई चिनेर माउत्सेतुङ्गपछि चीनिया नेता तेड् सियोपिङ्गको नेतृत्वमा खुला नीति अवलम्वन् गरेर साम्यवादको सफल कार्यान्वयन् गरेर चीनले संसारका चमत्कार देखाएको छ । चीनले साम्राज्यवादीहरुको खोइरो खन्यो, सशंकित विदेशीहरुलाई चीनबाट निस्कासित ग¥यो । चीनिया सरकार र चीनीया जनता चीनको सार्वभौमसत्ताको सुदृढीकरणमा सँधै जागरुक रहन्छन् । कुनै विदेशीले चीन माथि गिद्धे दृष्टि लगाउनैं सक्तैन । चीनमा अभाव भन्ने कुनै कुरामा छैन । चीनमा कुनै व्यक्ति बेकारी छैनन्, हरेक चीनियाँ जनता आ–आफ्नो काममा व्यस्त छन् । सबै चीनियाँहरु आफ्नो काम गर्न स्वतन्त्र छन् । चीनको सम्पूर्ण, जमीन, उद्योगहरु, भवन, जनता बस्ने घर, निवासहरु सरकारको अधीनमा हुन्छन् । कुनै पनि चीनियाँले आफ्नो इच्चा अनुसार स्वतन्त्रपूर्वक काम गर्ने गर्छन् । तर हरेक चीनियाँले आफू बसेको घरको र आफूले उत्पादीत सामाग्रीहरुको सरकारलाई कर बुझाउनु पर्छ । कर तिर्नमा कसैले धाँधली गर्न पाउँदैनन् । सभ्य र सुसंस्कृत, कडा अनुशासन र कानूनी राज चीनको जीविन पद्धति बनेको छ । संसारमा पाइने कुनै पनि सामाग्री चीनमा नैं उत्पादन हुन्छ । चीन र चीनियाँ जनताबाट उत्पादीत बस्तु संसारभरका उत्पादीत उपभोग्य बस्तुहरुमा अत्यन्त सस्तो र राम्रो भएका कारणले पनि विश्वभर चीनियाँ सामाग्री तथा उपभोग्य सामानहरु धेरै सस्तो र लोकप्रिय छन् । यसरी लोकप्रिय हुनमा चीनियाँ कम्युनिष्टहरुले आफ्रनो गौरव ठान्छन् ।

चीनका कम्युनिष्टहरुको दाँजोमा नेपालमा कम्युनिष्टहरुको तुलना गनैं सकिदैन । नेपालका कम्युनिष्ट भनेका भारतका छौंडा हुन् । नेपालको राष्ट्रियता तथा यसका पहिचानहरुलाई ध्वस्त बनाएर देशको सार्वभौमसत्ता माथि नैं आक्रमक हुने, नेपाली जनताको अपहरण हत्या, आतंक, लुट मच्चाएर जसरी हुन्छ पैसा कमाउने, ठूल्ठूला भवन बनाउने, लुटका पैसाले दादागिरि, गुण्डाहरुको संगठन गरेर शक्ति प्रदर्शन गर्ने, देश डुबोस् वा जेसुकै होस् वा नेपाली जनता मरुन् त्यसको चासो नेपालका कम्युनिष्टहरुलाई पटक्क हुन्न । विक्रम संवत् २०१५ को निर्वाचन भन्दा अगाडि र त्यसपछि पनि नेपालका कम्युनिष्टहरु आफूहरुलाई राष्ट्रवादी भन्थे । हो, जस्तो पनि लाग्थ्यो । सन् १९५० को दिल्ली संझौता र सन् १९५० नेपाल भारतबीचको असमान संधिको उघ्र बिरोध गर्थे । नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाली कांग्रेसको ठूलो देश छ तर नेपाली कांग्रेस भन्दा नेपालका कम्युनिष्टहरु राष्ट्रवादीको रुपमा चिनिन्थे । तर विक्रम संवत् २०२८ सालपछि नेपालमा उम्रिएको कम्युनिष्ट माले–कम्युनिष्टहरुले सोझा साझा गाँउले जनता, अत्यन्त सोझा गाउँ पञ्चायतका वडा सदस्य बुटन चौधरी, विकासवादी पूर्व सांसद धर्मप्रसाद ढकाल, बिष्णुप्रसाद बिमली, ईश्वरुीप्रसाद चुडाल जस्ता कसैको करय–विग्रह नगरेका समाजसेवी तथा किसानको अनर्थमा टाउको काट्ने त्राइनाम् उपद्रो मच्चाएर कोही जेलमा परे, कोही मारिए ।

भारतीय नेताहरुको सक्रिय उपस्थितिमा विक्रम संवत् २०४६ सालको जनआन्दोलनपछि आम माफी पाएर २०४७ सालपछि माले र माकर््सवादी मिलेर एमाले पार्टीमा परिणत भयो । त्यसपछि निर्वाचन भई एमाले प्रतिपक्ष र सत्ताका भागिदार भए । कांग्रेस र एमालेको सत्ता भ्रष्टीकरण र सर्वसत्तावादको बिरुद्ध त्यस्तै २०५२ सालदेखि कांग्रेस, एमालेको कुशासनको बिरुद्ध देश बनाउन भनेर उठेको जनमोर्चा पछि माओवादीमा परिणत भएपछि नेपालका कम्युनिष्टहरु भारतीय दलाल, देशद्रोही अपराधीको रुपमा उभिए । कम्युनिष्टहरु सत्तामा आएपछि यति धेरै सम्पत्ति, ठूल्ठूला घर, ब्यैक ब्याल्यास् गरेकी उनीहरुको जीवन पद्धति नैं लुटतन्त्रमा परिणत भएको छ । देशद्रोह, भ्रष्टाचारभित्र रंङ्गिएका नेपालको कम्युनिष्टहरुमा लाजघीन सारा पचिसकेको छ । नेपालका कम्युनिष्टहरुको स्वदेश, विदेशमा राखेको सम्पद्धि छानवीन ग¥यो भने सबै कम्युनिष्टहरुको कालो धन कस्को कति छ त्यो सबै थाहा हुन्छ । त्यसैले कसैले चीनियाँ कम्युनिष्टसँग नेपालका कुख्यात कम्युनिष्टहरु दाँजिन चहान्छन् भने थुइक्क गरिदिए हुन्छ । हुनता २०६३ सालपछिका कम्युनिष्ट, कांग्रेस लगायत नेपालका सबै पार्टीहरु भ्रष्ट, नाफाखोरी र भारतीय गुप्तचर र इसाईहरुका भरियाका रुपमा चिनिएका छन् ।

२०७० चैत्र १५ देखि २०७१ बैशाख १२ सम्म चीनको भ्रमण गर्ने अवसर मिल्यो । बेइजिङ्गमा पीएचडी अध्ययन गरिरहेका मेरी छोरी टीष्टा र ज्वाइँ देवराज जोशीले झिकाएर म र मेरी श्रीमती सानुबाबा प्रसाईको यो नीजी भ्रमण थियो । चीन भ्रमण अगाडि माओवाद र कम्युनिष्ट भनेपछि डर लाग्थ्यो । चीनको माओवाद र माओ पछिको चीनको भ्रमणपछि पृथ्वीतलमा चीन स्वर्गभूमि भएछ । चीन भन्ने देश चीन र चीनिया जनताको विकास, समृद्धि र सच्चाईको लागि महान कार्यहरु सम्पन्न भएको देख्दा, चीनको गे्रट वाल मात्र सप्त आश्चार्य नभएर, चीन भन्ने देश नैं विश्वको एक समृद्ध राष्ट्रको रुपमा देखिदैछ । नेपाल र चीनको सीमाना एक हजार कि.मी छ । चीनमा साम्यवादको स्थापना भएपछि पनि नेपालको सुमधुर संवन्ध कायम छ । नेपाल भन्दा चीनको अवस्था ५० बर्ष अगाडिसम्म पनि दहनीय थियो । अहिले नेपाल समस्याग्रस्त छ भने चीन समृद्ध राष्ट्र बनेको छ । नेपालमा प्रजातन्त्र आएपछि नेपालको नेतृत्व तहमा रहेकाहरु विदेशीको मुख ताकेर आफूहरुलाई बेच्नसम्म पनि पछि पर्दैनन् । २०६३ सालपछि त नेपालका पार्टीका नेताहरु सबैजसो विदेशीका पुच्छर बनेकाले नेपालको दिन–दिन अधोगति हुँदो छ । तर चीनको नेतृत्व तहमा रहेकाहरु देशभक्त र राष्ट्र निर्माणमा सँधै सरिक छन् । कुनै पनि भ्रष्ट र देशद्रोही भेटियो भने त्यस्ताहरुको कत्ल्यायाम् हुन्छ । चीनको उत्पानबाट अमेरिका समेत थर्कमान छ । चीन अहिले भौगोलिक रुपमा मात्र होइन भौतिक उन्नतिको हिसावले संसारकै उच्चकोटीको समृद्ध राष्ट्रको रुपमा अगाडि देखा परेको छ ।

चीनका महान नेता माओ, तेङसियाओ पिङ, जीङ जमीन, हु जीन ताओ र अहिलेका राष्ट्रपति सी जिङपिङको समपर्ण र निर्धारित सिद्धान्तका नीति र कार्यक्रमहरुलाई कार्यरुपमा परिणत गरेको देखेर आत्मादेखि सम्मान गर्न वाध्य बनाउँछ । माओत्सेतुङ एक महान पूजनीय नेता हुन् । उनको लासलाई सजाएर बडो सम्मानकासाथ चीनको एतिहासिक भूमि तेनमेन स्क्वाएर जहाँ सन् १९४९ मा माओत्सेतुङले दरबार अगाडिको घरको बरण्डाबाट जनगणतन्त्र घोषणा गरेका थिए त्यसको अर्को पट्टि अगाडि राखिएको छ । माओले करिब तीन दशक शासन गरे । यो उनको वाध्यता थियो । माओले अगाडि सत्ता हस्तान्तर गर्न चाहेका हुँदा हुन् त त्यसबेला चीनको व्यवस्था नैं लथालिङ्ग हुन सक्थ्यो । तर माओपछि तेङसियाओ पिङ सत्तामा आएपछि उनले समाजवादी अवधारणाबाट खुल्ला अर्थतन्त्रको नीजिकरण गराएर चीनको विकासमा ठूलो परिवर्तन ल्याउने काम गरे । चीनको सत्तामा हरेक नेतृत्वको समय अवधि ५ बर्ष र बडिमा १० बर्ष तोकिएकाले हरेका १०।१० बर्षमा चीनको सत्ता पविर्तन हुने परिपाटी बसेको छ । माओत्सेतुङको मार्गदर्शनलाई नबिगारी चीनिया जनताको इच्छा बुझेर तेङसियाओ पिङबाटजुन योगदानहरु भए त्यही नैं अहिलेको चीनको चमत्कार हो । तेङसियाओ पिङको समयदेखि विश्वमा चीनको अर्थतन्त्रलाइृ उजागर गर्ने कार्य भएको र यसले चीनले विश्वमा बाणिज्य तथा ब्यापार मात्र प्रसतुत नगरे विश्वमा नैं विज्ञान र प्रविधिको विकासमा ठूल्ठूला कार्य गर्न अग्रसर भयो । गरिबी समाप्त गर्ने र समय अनुसार चल्ने चीनिया कम्युनिष्ट पार्टीले लक्ष बनायो । तेङसियाओ पिङको सन् १९७७ मा नेपालको भ्रमण गरेका थिए । त्यसबेला मैले पनि स्वागत गर्ने मौका पाएको थिएँ । त्यस भ्रमणको अवसरमा उनले भनेका थिए–‘नेपाल आफ्नो संस्कृति इहिासमा धनी छ । नेपाल जनता सार्वभौमसत्ताका र राष्ट्रिय स्वतन्त्रताका धनी छन् । नेपाल साम्राज्यवादको बिरुद्ध सँधै सक्रिय रुपमा संघर्षरत छ ।’ साम्यवाद भनेको साम्राज्यवादीहरुसँग सतर्क बनेर राष्ट्र निर्माण र जनताको उन्नति भन्ने कुरा चीनले व्यवहारमा उतारेको छ ।

तेङसियाओ पिङको १० बर्षपछि जीन जमीन सत्तामा आएपछि ब्रिटिस र पोर्तुगालसँग सुमधुर मित्रता बढाएर सन् १९९९ मा मकाउ पोर्तुगलको उपनिवेस र बेलायतको उपनिवेसबाट हङ्कङ्लाई चीनमा गाभ्ने काम गरे । उनले बडो मिलनसार नीति लिएर चीनिया जनतालाई राष्ट्र निर्माणमा स्वचालित गराए । त्यसपछि हु जीन ताओ राष्ट्रपति बनेर चीनको अर्थतन्त्रलाई विश्वको सामू चुनौतिपूर्ण बनाउने काम गरे । विश्वभर चीनिया सामग्रीहरुले ठूलो प्रभाव जमायो । एशीयाका देशहरुमा नैं चीनिया साम्राग्रीहरु लोकप्रिय छन् र सस्ता र बढिया पनि मानिन्छन् । अमेरिका हतियार लिएर बाहिरी विश्वमा हिडेको छ भने चीन अमेरिकालाइृ आफ्नो बजार बनाउन सफल हुँदैछ । ८० प्रतिशत अमेरिकी उद्योगहरु बन्न भएका छन् । सस्ता र राम्रा चीनिया सामग्रीहरु अमेरिकी जनताका प्रिय बन्न पुगेका छन् । राष्ट्रपति जीन ताओ चीनिया राष्ट्रवादका पक्का समर्थक थिए । चीनले धर्म स्वतन्त्रताको नीति लिएता पनि हु जीन ताओ पश्चिमा राष्ट्रहरुले चीनलाई इसाई साम्राज्यवाट ध्वस्त गर्ने नीति लिएकाले उनी क्रिस्चियनप्रति अनुदार थिए । जीन ताआको अवधि समाप्त भएपछि सी जीनपिङ्् चीनयाँ कम्युनिष्ट पार्टीको सर्बोच्च नेता र राष्ट्रपति बनेपछि उनले महान नेता माओ र तेङसियाओ पिङको बाटो समातेर बडो उदार नतिबाट विश्वभरी राम्रो समझदारी बनाउन सफल बनेका छन् । चीनको उघ्र बिरोधमा उत्रेका फ्रि तिब्बतवाला रिपब्लिकन पार्टीबाट निर्वाचित अमेरिकी राष्ट्रपति ट्रम समेतलाई टेलिफोनबाट बधाई दिएर अमेरिकी आक्रोशलाई निस्तेज बनाइदिएका छन् । सी जिङपिङ चीनमा साम्यवाद स्थापना भएपछि सन् १९५२ मा जन्मेका युवा नेता हुन् । उनको चीन निर्माणमा चीनिया सपनाको नाममा आफ्ना दृढता व्यक्त गरिसकेका छन् ।

अहिले चीनिया जनताको जीवन पद्धति तीन किसिमको छ । नेतृत्व तह, बेपारी र उद्योगपति र किसान । नेतृत्व तहमा बसेकाहरु आ–आफ्ना कर्तव्यसँग अत्यन्त सचेत र जिम्मेवार रहन्छन् । किसानहरुले सरकारबाट जग्गा र बस्ने घर पाउँछन् । घर र जमीनको कर तिरेर जति उत्पादन गर्न सकिन्छ त्यो चीनिया किसानको सम्पति हुन्छ । किसानहरु किसान बाहेक अन्य काम गर्न हिडडुल गर्न व्यक्तिगतरुपमा स्वतन्त्र हुन्छन् । उद्योगपतिहरु नयाँ नयाँ उद्योग निर्माण र उत्पादनका सक्रिय भएका छन् । कुनै काम गर्न सरकारबाट रोकठोक छैन । चीनमा ८० प्रतिशत ठूलठूला भवनहरु निर्माण भएका छन् । हरेक भवन ठेकेदारहरुले तोकिएको नियम कानून अनुसार लगभग ७० बर्षसम्म लिजमा निर्माण गरेका हुन्छन् । ६०। ८० तले भवनहरु ठडिएका छन् । हरेक तलाहरुमा अनेकौ कार्य भइरहेका छन् । बेपारीहरु जो जहाँ छन् जस्ले उत्पादन गर्छन् ती सबैले तोकिएको कर बुझाउनु पर्छ । चीनमा कहिले पनि पानीको अभाव छैन, लोडसेडिङ हुँदैन । तर बिजुलीको पहिला नैं रकम बुझाउनु पर्छ नत्र बत्ति निभ्छ । पानीको कर महिना नाघेपछि बुझाउनु पर्छ । चीनको हर क्षेत्रमा हरियाली छ । सबै बाटाहरु बगैचा, पार्कहरु सँधै सफा र सुन्दर रहन्छन् । आवश्यक ठाउँहरुमा निशुल्क टयाइलेटको राम्रो व्यवस्था छ । चीनया जनता जुनसुकै तहको हुन् साह्रै मिलनसार र मद्तकारी छन् । अहिलेसम्म बेइजिङमा भूकम्प गएको छैन । यसहिसावले पनि चीनमा ठूलठूला भवन निर्माणमा कसैलाई डर छैन ।

चीनमा हरेकले एक बच्चा मात्र जन्माउने नीति थियो । तर अहिले दुइटा बच्चा जन्माउन सक्छन् । तर छोराछारी पढाउनै पर्छ । छोराछोरी नपढाएमा छोराछारीका आमा बाबुले कुनै एकले जागीर छोड्नु पर्छ । चीनमा कही कतै कसैको डर छैन । हर व्यक्ति निढुक्क बनेर रातभरी हिडेका हुन्छन् । म साम्यवादी समर्थक होइन । साम्यवादबाट मात्रै देश बनाउन सकिन्छ भन्ने कुरा पनि मेरो होइन । देश बनाउन चहानेहरुको लागि सबभन्दा ठूलो समर्पण नैं हो । चीनको साम्यवाद चीनको लागि एक मात्र विकल्प थियो । नेपालको सार्वभौमसत्ता सुदृढ रहिरहोस् भन्ने चीनका नेता माओ र तेङसियाओ पिङको चहाना थियो । उनीहरु नेपालको राजसंस्थालाई साम्राज्यवादी शक्तिसँग भिड्न सक्ने शक्तिको रुपमा लिन्थे । नेपालमा ’रअ‘, सीआए, इयू जवरजस्त धर्मनिरपेक्ष र गणतन्त्र घोषणा गरेको यो १० बर्षमा नेपाल अराजक भ्रष्टहरुको मुलुक भएको छ । यसरी १०बर्षदेखि देशलाई लथालिङ्ग बनाएर देशभित्र ब्रम्हलुट मच्चाउने कम्तीमा पनि दुईहजार भ्रष्टहरु छानवीन गरी लुटेको सम्पत्ति राष्ट्रियकरण गरिनु पर्छ । यसको लागि अव अव नेपाल, चीन तथा भारतमा शान्ति स्थिरता कायम गर्नको लागि माओ, तेङसियाओ पिङ र र भारतीय जनता पार्टीको अवधारणमा टेकेर नेपालको भौगोलिकतामा संतुलन र राष्ट्रको सावृभौमसत्तालाई जोगाएर चीन, भारतबीचमा संतुलन राख्दै नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई समन्वय र संतुलन कायम गर्ने गरी विश्वको एक मात्र हिन्दु अधिराज्य र राजसंस्थालाई ससम्मान यथावत राखी नेपाललाई समृद्धशाली बनाउन समर्पित बनौं ।

Email:dirgharajprasai@gmail.com

Comments

comments

<-- Google Analytics -->