असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

लैङ्गिक समानताको अभियान, जौनपुर–बनारस यात्राको मान

(प्रा. धनप्रसाद पण्डित)

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन भित्रका मुलुकमा एक-आपसमा असमानता छ । त्यो असमानताको स्तर एक सदस्य राष्ट्रका नागरिकले अर्को सदस्य राष्ट्रमा भ्रमण, अध्ययन, सभा सेमिनारमा भाग लिन जान खोज्दा भिसा पाउन पनि भारतमा प्रवेशको लागि चिठ्ठा परेझै गर्नु पर्ने रहेछ । चरम अविश्वास, जहिलृे पनि मानसिक त्रास, आतंकले छाएकोले होला, भारतमा एक्काइसौं शताब्दीमा संचारको साधन मोबालयको सिम कार्ड प्राप्त गर्न पनि निकै मुस्किल रहेछ । नेपालबाट भारतमा फोन गर्दा २ रुँपिया प्रति मिनेट लाग्दछ, भारतबाट बनारस–काठमाडौं किन १५ पन्ध्र रुपियाँ, बुझि नसक्नु छ हाम्रो मित्रता र निकट सम्बन्ध ।

पाकिस्तानी र बंगाली बाग्लादेशीले भारत प्रवेशको भिसा पाउन साह्रै कठिन प्रकृयाबाट जानु पर्ने रहेछ । उदादिकरण भै रहेको विश्वमा, एक युरोप, एक युरो एक भिसा सफल महादेशीय एकता हेरर पनि किन हामी सार्कलाई पंगु बनाउँदै छौ । नारा लगाएर वा नेपाल भुटान मालदिप्समा राष्ट्रपति, प्रधान मन्त्री स्तरका दिवा भोज वा रात्री भोजको रुपमा गरिने शिखर बैठक केबल पिकनिक कै रुपमा त हुँदैछैनन् ।

देशीय दूरी मात्र होइन आज बनारसमा बस्दा थाहा पाइयो भारतीय समाजमा खाडल बढ्दो छ रे । हुने र नहुने विचको खाडल यसले एकता गर्दैन र समाजमा सामञ्जस्यता ल्याउनै सक्दैन ।

हामीलाई एअरपोर्ट देखि बनारस शहर पु¥याउने र ३÷४ दिन बनारसमा दुब्यो बलोकन तिर लैजाने ड्राइभर राजिन्दरले भन्यो मेरो मासिक वेतन ४५०० छ । यदि राति आठ बजे पछि तपाईहरुसँगै घुमघाममा विताउनु प¥यो भने ग्राहक तपाईहरुले १५० खाना खर्च दिनु पर्छ नत्र विहान ७ बजे देखि रात्री ८ बजे सम्म ड्राइभिङ्ग गर्दा जम्मा ४५०० पाइन्छ । यो रकमले के खानु, टिप्सको निश्चित छैन कसैले दिन्छ, धेरैले दिँदैनन् । अझ गेटमा बस्ने चौकिदार, गार्डको मासिक तलब कति होला विचार गर्नुस् त ? मैले भने ४००० होला ।

उनले भने होइन उनीहरुको तलब सुक्खा मासिक २५०० पच्चीस सय मात्र हुन्छ । अनि प्राध्यापकको चाँही मैले प्रश्न गर्दा राजेन्द्रले आरामले उत्तर दियो– भाइसाहेब “छठा बेलतमान लागु करनेके बाद बडे अफसरोका और प्रोफेसरोका वेतनमान बहुत हो चुका है । उनको पिछले साल ही अघि वेतन मिला लेकिन २००६ ही उनको वेतन मान दिया गया” बहुत पैसा मिला और मिल रहा है । एक लाख से उपर महिने मे ।
प्राध्यापक भन्दा त बैंक का सीईओ ठूला कम्पनीका एमडी, अनि आफ्नै हवाई जहाज बोम्बोइमा महंगा महल हुने व्यापारिको मासिक कति होला आफै कल्पना गर्नुस् । यि सबैलाई नियन्त्रण, परिचालन गर्ने सरकार बनाउने, ढाल्ने, विरोध गर्ने मन्धी बन्ने नेताहरुले प्रत्यक्ष परोक्ष कति खाँदा होलान् अनि अन्ना हजारेको विषय कसले सुन्ने होला । अनि मासिक २००० देखि ५ लाखको कमाईले न गाँधीको सपना पुरा हुन्छ न अन्ना हजारे वा जवाहरलाल नेहरुकै कसैले पनि लोकतान्त्रीक, स्वतन्त्र, स्वाधिन भारतमा यति विध्न असमानताको बारेमा कल्पना सम्म गरेका थिएनन् होला । गाँधीको स्वराज वा ग्राम राज्यको परि कल्पना प्लेटोको सानो राज्यको विचारसँग मिल्ने देखिन्छ, त्यसैले त गाँधीले ठूला राज्यले शोषण गर्छन् भनि स्व राजको कुरा गरेका थिए होलान् ।
सबैको तलबले भारतमा “दालरोटी खाओ प्रमुके गुण गाव” भन्ने भनाईको दाल रोटीको भाव (मूल्यके) मानव मूल्य के ?
यति लेख्दा लेख्दै मेरी हातमा होटलको कोठा नं. २०७ मा सहारा राष्ट्रिय दैनिक हिन्दी पत्रिका आयो । बाहिरी कभर पेजको ठूलो विज्ञापन “अब रुकेगा हर

बुलेट १
बुलेट प्रुफ जैकेद्स, और गाडियाँ”

समाजमा उर्लर्दा आकाँक्षा सपना, सिमित साधन श्रोत, लागु पदार्थ, कालो धन्दा, भष्टाचार र सबभन्दा बढी समाजमा बढेको आर्थिक दूरी–रोल्सराृयकार अनि करोडौं व्यक्ति बेकारले उब्जायको हैन र यो असुरक्षा ? विश्वमा आर्थिक श्रोतको बाँडफाँड, साधन श्रोत माथि स्वामित्व, शिक्षा, स्वास्थ्य, रोजगारी, राम्रो भएका मुलुकमा सुरक्षामा धेरै खर्च गर्नु पर्दैन । न्यूजिल्याण्ड, डेनमार्क, स्वेडेन, नर्वे, फिनल्याण्ड जस्ता देश विश्वमान चित्रमा जनसंख्याको दृष्टिकोणले नगण्डय भएपनि महिला अधिकार, मानव विकास, समग्र विकास, शान्ति सुरक्षाको दृष्टिले अग्रपंक्तिका राष्ट्रको श्रेणीमा पर्दछन् ।

त्यस्ता मुलुकले बनाउने बुटेल पुफ वा हतियार, उनीहरुको लागि कमाई गर्ने हामीलाई ध्वस्त गर्ने तिर प्रयोग हुन्छन् । स्वेडेन, नर्वे, डेनमार्ककी महारानी साइकल लिएर बजार तरकारी किन्न पनि जान्छन् । उनीहरुलाई नपाइलट मोटर साइकल–कर्ण कटु साइरन, अगाडी पछाडी बुलेट प्रुफ गाडी चाँहिदैन । हाम्रो मुलुक नेपाल मारघाड बाट सत्ता प्राप्त गरेका तर वि.आई फाइटिङ, फरद मासेस “भनि न्यूज विकमा अन्तरवार्ता दिने पयुलर नेता, प्रचण्डलाई सर्वाधिक सुरक्षा चाहिए झैँ, गणतन्त्र भारतमा उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको छ दशक पछि पनि चरम असमानता हुनु लोकतन्त्रलाई सुहाउने विषय हो कि होइन ? बुलेट प्रफत दुई नम्बरी धन्दा गर्नेहरुलाई चाहिने मात्र चाँहिन्छ । महात्मागाँधीको कर्मभूमि, गौतम बुद्धको ज्ञान भूमि, विवेकानन्द जस्ता विचारकको उद्भव भूमिमा किन यो बुलेट प्रुफ ज्याकेट र कारको आवश्यकता किन प¥यो ?

हुन त अहिँसाका पुजारी महात्मा गाँधी देखि इन्दीरा गाँधी एवं राजीव गाँधी सम्मको यसै मुलुकमा हिस्रंकहरुले हत्या गरेको उदाहरण छ । परन्तु चरम असमानताले स्वभावैले समाजमा हिँसा जन्माउन्छ । अतः धेरै धन थुपार्ने, साधु सन्त महन्त देखि, राजनीतिक नेता कालो धन्दा गर्नेहरु सबभन्दा बढी कडा सुरक्षाको व्यवस्था गर्छन् । भारतीय लोकतन्त्रले सामाजिक खाडल कम गर्न सकेमा बुलेट प्रुफ ८० करोड मान्छेलाई दिइने सुविधा चार राज्य सरसारले असमर्थता जताई सके । भारत अजब दुनियाँ गजब संसार भएकै मुलुक हो । तलब मानको फरक सँग बजारमा पाइने खाना पनि गजब रहेछ । बनारसमा विरयानी एक थाली रुपियाँ, आधाथाली २० रुपियाँ । विचार गरौं मासु, तेल, मसला चामल चाहिने खाना कसरी रुपियाँमा दिन सकिने होला ।

हुन त हिजो मात्र भारतको संसदमा एक नयाँ खाद्य सुरक्षा विल पेश भएको छ । यो पारित भएपछि गरीब नागरिकले २ रुपियाँ किलो गहूँ, ३ रुपियाँ किलो चामल र १ रुपियाँ किलो खस्रो अन्न– जुहार, बाजरा प्राप्त हुनेछ रे ६७ प्रतिशत गरीबीको रेखामुनि रहेको जनसंख्या भएको भारतको वितरण प्रणाली त्यति सहज छैन । हुन त लोकतन्त्रलाई साँचो अर्थमा प्रयोगमा ल्याउने हो भने, हुने र नहुने विचको दुरी कम गर्न जरुरी छ । काम चुनौति पूर्ण पनि छ, कतिपय नीति राजतिनिक नेताहरु निर्वाचनको मुखमा जनतालाई लडडृु बाँडे झै– निर्वाचनमा जित्नको लागि थुपिए सरकारले ल्याएको तर व्यावहारिक नभएको भनि चार राज्य सरकारले विरोध गरि सके । उनीहरु सरकारले धेरै खाद्यान्न खरिद गरेपछि, खाद्यान्न अरु महँगो हुनेछ, अनि सबै जनताले दुखः पाउनेछन् । कतिपय स्वतन्त्र पर्यवेक्षकको धारणा छ जति खाद्यान्न हरेक वर्ष भारतको गोदाममा कुहिन्छ, त्यति मात्र पनि गरीबमा बाँडियो भने भारतबाट चरम गरिबीको अन्त गर्न सकिन्छ । अमेरिकामा सरकारले खाद्यान्न खरीद गरेर जति समुन्द्रमा फ्याँक्छ त्यति गहुँले विश्वको भोकमरीलाई सम्बोधन गर्न सकिन्थ्यो । परन्तु यसले पुँजिवादलाई धक्का पुग्दो होला, शीतल कुमार सिंहले बनारसमा भन्नु भयो ।

यो संसदीय सत्रमा भारतको सरकार खाद्य सुरक्षा, एवं अन्ना हजारेको दबाब पछिको लोकपाल विधेयक पास हुनुपर्ने छ, दुवैको सिधा सम्बन्ध सरकारको अस्तित्व सँग गाँसिएको छ ।

जौनपुर अवलोक भ्रमण–मेसवाले एक्सन रिसर्ज गरेको ठाउँ, गाँजिपुर, पुरुषको संलग्नतामा महिला हिँसा कम गर्न गरिएको प्रयास, ३५ देखि ४० किलाको मूला उत्पादन हुन्छ रे, तमाखु खेती यो ठाउँको प्रसिद्ध उत्पादन हो । क्षेत्रिय, रामको वंशज र कृष्णका वंशज यादवहरुको बसोबास र बाहुल्यता रहेको छ । ब्राहमण पनि अल्पसंख्यकमा पर्दछन् । अन्य जाति र मुस्लिम पनि थोरै संख्यामा रहेका छन् ।

हामी प्रायः ९–१५ बजे हामी बसेको होटेलबाट कारमा जोनपुरतिर जाँदैछौ । यसै यात्रामा केही कथा, किस्सा हाँसो ठट्टा गर्दै बाटो पार गर्दैछौ । हिजो भन्दा आजको मौसम अलि सफा छ करीब २०० मिटरको दृश्य हेर्न सकिन्छ ।
यो ठाउँमा दाइजो कम ल्याएको कारण बुहारी जलाउने, मार्ने चलन बढी थिए । त्यसैले मेसवाले यो क्षेत्रमा काम गनु प¥यो ।

यो यात्रामा मेन इन्गेज एलायन्स दक्षिण एशियाको स्थायी समितिको संलग्नता छ । यसमा लक्ष्मण बनवासे, धनप्रसाद पण्डित नेपाल, फिरोजुल इस्लम बगंलादेश, सज्जाद अकबर, नजुराअलि पाकिस्तानको सहभागिता छ भने होस्टको रुपमा आफ्नो समाज सेवा कार्य देखाउन भारतको सबभन्दा ठूलो राज्य उत्तर प्रदेशमा आजभन्दा दश वर्ष अघि मासवा अभियान शुरुवात गर्ने सबिस सिंह हाम्रो समुहको नेतृत्व गर्दै हामीलाई संक्षिप्त रुपमा पथ प्रदर्शक (गाइड) को काम गर्दैछन् । दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन भित्र एक आपसमा विश्वासको वाताव रण बनाउन मद्दत गर्नेछ । जनता–जनता विचको बन्धत्व समझदारी र समन्वय बढाउन सकेको खण्डमा हामी यस क्षेत्रको दु्री घटाउन, सरकार सरकार विचमा देखिने समस्या मत्थर गर्न समेत प्राज्ञिक, सामाजिक कार्यमा संलग्न व्यक्ति र समुहले योगदान गर्न सक्छन् । सानो जिल्ला–गाउँतिर जाने सडक पनि राम्रै छ । दिल्लीमा ६०० रुपियाँमा दैनिक आएर १ घण्टा भाँडा धुन, लुगा धुने काम गर्ने महिला पाइन्छ रे यदि बंगलादेशी महिना नहुने भए यति सस्तोमा मासिक ६०० रुपियाँ घरायसी काम धन्दा सम्भव हुँदैन थियो रे शतिश कु. सिंह

गाउँ दुधौरा सवा १ बजे पुग्यौ, प्राथमिक विद्यालय–जौनपुर –विद्याददाति विनयम् अहिँसा परमो धर्म, स्कूलको प्रवेश द्वारमा लेखिएको छ ।

फोरम टु इन्गेजमेन्ट ँब्ः दक्षिण एशियाली भित्र यहाँ आए हुए है । साथमे हमारे गाउँमे महिला हिँसा जेण्डर जस्टिक्स लैङ्गिक हिँसा मुक्त समाज बनाना हमारा सकल्प हैं । सति स ले हाम्रो यो अवलोकन भ्रमणको सहभागिताको बारेमा जानकारी गराउनु भयो । जनस्तरको सम्बन्ध हामी भारत पाकिस्तान बिचमा हुनुपर्छ, सरकार भन्दा गैहसरकारी स्तरमा हुने र गरिने प्रयासले हाम्रो साझा संकल्प पुरा हुन सक्छ । महिला उत्पिडन र समाज सेवा क्षेत्रमा म काम गर्न चाहान्छु । यहाँका युवाहरुले केही काम शुरु गरेको छ ।

हामी सार्क क्षेत्रीय स्तरका साथीहरुलाई देखेर मलाई, हामीहरुलाई धेरै खुशी लागि रहेछ । म गएको २, ३, ४ वर्ष देखि महिला हिँसा विरुद्ध कार्यरत छुँ ।

आजभन्दा २ साढे दुई वष अधि हामीलाई एक खबर प्राप्त भयो कि यो गाउँमा पनि महिला हिँसा विरुद्ध काम गर्न एक परियोजना शुरु हुँदैछ, यसै सन्दर्भमा यहाँका युवा र पुरुष पनि सहभागी भएर काम गर्न जुटन सक्छन् । अनि हामी तालिममा संलग्न भयौ । तालिम प्राप्त भएपछि हामीले थाहा पायौं कि महिला हिँसामा धेरै जसो पुरुषको हात हुन्छ, पुरुषकै सहभागितामा त्यो काममा योगदान सकिन्छ ।

जुलुस, प्रदर्शन, स्ट्रिट नाटक आदि गर्दा महिला, पुरुष सबै सहभागि हुन थाले । छोरीलाई पढाउन थाले, माध्यमिक शिक्षा प्राप्त गर्न स्कूल पढाउन थाले । पिठा पिटको श्रीमान् श्रीमती कुटा कटको अवस्थामा कमि आउन थाल्यो । श्रीमति कुट्नु कम भयो । भाँडा माँझ्ने, लुगा धुने काममा पुरुषलेृ पनि हाथ बटाउन थाले । २ वर्षमा तालिम प्राप्त केटा खाना पकाउने, भाँडा धुने, लुगा धुने काम पुरुषले पनि गर्न ……..। स्कूल विदा भएपछि दोबाटो, चौबाटोमा उभियर केटीहरुलाई जिस्काउने परम्परा प्रथा कम भयो । रोकियो, महिला हिँसा रोक्नु हाम्रो अभियानले महत्वपूर्ण काम ग¥यो । महिलालाई घर बाहिर जान अनुमति दिएमा घर भित्रको काम गर्ने भन्ने पञ्चायत, गाउँका मान्छेको भनाई थियो ।

दाइजो प्रथा कस्तो छ ? महिलालाई न्याय दिलाउन महिला समुहलाई सक्रिय बनाउन हामीले ठूलो सहयोग पु¥यायौं । नत्र एक विद्यवा महिलाले आफ्नो परिवारबाट सम्पत्तिको अधिकार दिने थिएनन् । ५०,६० जना सदस्य यो समुहमा आवद्ध छन् ।
किन तपाईलाई महिला हिँसा हुन्छ र यसलाई रोक्नु पर्छ यसमा मेरो भूमिका हुनु पर्छ भन्ने कसरी विचार गर्नुभयो ? (लक्षणवेल) हमारी लडकी है वह साइकल मे हात लगाए, तो पिताजी गुस्सा हो जाते थे । अब जेण्डर मेला होनेके वाद अब लड्की साइकल चलाती हैँ, पिताजी भी नहीँ रोकते, जेण्डर मेलेमे लडकोको, लडकीका काम, लडकीको लडकाका काम गरते हुए दिखाया गया था ।

परियोजना चल्नुअघि महिला अस्वस्थतालाई त्यति ध्यान दिईदैनथ्यो । परन्तु परियोजना लागु भएपछि महिला या पुरुष जो विरामी भएपनि समाजमा समान व्यवहार गरिन्छ । ५०,००० जनसंख्यामा एक हेल्थ सेन्टर, २५ हजारमा हेल्थपोष्ठ, ५००० जनसंख्यामा अनमि सेवा छ ।

खाना पकाउँदा विविको गुलाम भन्दछन् । त्यसैले खाना पकाउन गाहै्र छ ? समाजमा के फाइदा हुन्छ ? परिवर्तन आफुबाट गर्ने हो, राम्रो काम गरेर पाइने सन्तुष्टिको मूल्य हुँदैन । पहिले मेरो छोरा छोरी मसँग डराउँथे, म उनीहरुलाई पिट्थे पनि तर अब पिटन छोडे, रिसाउँदिन अनि मेरो आफ्नो बच्चा र वरिपरीको बाल बच्चा मलाई देख्ने वित्तिकै डराउँदैनन् । माया गर्दछन् र मलाई देखे पछि सन्तुष्ट हुन्छन्, अनि मलाई पनि खुशी हुन्छ । आउने पुस्तामा छोरा छोरी जे भए पनि समान व्यवहार गरियोस भन्ने हाम्रो विचार हो । छोरीलाई विदेशमा जाने अनुमति दिनुअघि उसको क्षमता, शिक्षा, सम्भावना देखेर मात्र अनुमति दिन सकिन्छ ।

२१ डिस्मेवर
रेडीगारापुर–प्रा.वि. जौनपुर जिल्ला यु……औरद सहायता समूह, का सदस्यहरुको पीर व्यथा महिला हिँसा हाम्रो गाउँमा हुँदैनन् । महिला हिँसा विरुद्ध अभियान शुरु कसरी भयो, किन आवश्यक प¥यो ।
“बेटा कै कूलका दीप तो ।
बातिहै वेटियाँ ।।
लक्ष्मीके रुपमे आती है ।
सिर गर्भसे हमसबका उठातो है बेटीयाँ
माँ बापके सपनोको सजाती है वेटीयाँ
सर गर्भ से ……..
बेटी है सिता सावित्री और अनुसूया
सर गर्भ से …

एफजीडीको माध्यमबाट महिला हिँसाको अवस्था थाहा पायौं, त्यसपछि समुह बनायौं, तालिम दियौं अनि समाजमा काम गर्न थाल्यौं । एकल महिला, मर्दानगी, सेक्नुवालिरि विषयमा जानकारी दियौं । तालिम पछि अवस्था फरक भयो । पुरुषत्वको परिभाषा पुरुषत्वको पहिचान बारे विचार गयौं । हामीले पंचायतको निर्वाचनमा महिला नेतृत्वलाई अघि बढाउन कोशिश ग¥यौं । यसले ३ ग्रामिण क्षेत्रमा महिला सरपंच हुन पुगे ।

दश दिसेम्बरमा हामीले हिँसा उन्मुलन गर्न महिला पुरुष सहभागिता र्भ मैनवत्ती जुलुस निकाल्यौं । कतिपय समयमा हाम्रो अभियानलाई आलोचना गर्नेको पनि कमि थिएन । परन्तु विस्तारै सकारात्मक प्रचार प्रसार हुँदैछ । कतिपय अन्य गाउँले पनि हामी हाम्रा सदस्यको मावली, ससुरालीबाट पनि हामीलाई तालिम चाहियो भन्न थालेृका छन् ।

हामीहरु उम्मेदवार हुन चाहन्न थियौं । तर हाम्रा हयुवा समुहले हाम्रो उम्मेदवारी बनाउँदा श्रीमान्.बाट व्यापक दवाव आयो । उम्मेदवार नहुन दवाद दिएपनि हामीले मानेनौं अहिले एक वर्ष भै सक्यो । हामी स्थानीय नेतृत्वको काम गर्दैछौं ।

यौनिकताको बारेमा खुल्ला बहस शुरु भयो । केटीहरुलाई जिस्काउने पदति घट्न थाल्यो । स्कूल सफा गर्ने काम निर्माण कार्यमा पनि सहयोग ग¥यौं । बुहारीलाई पिटेर ३ महिनाको बच्चा भएको गर्भिणीको गर्भ तुहाएपछि, हामीले उसको सासु विरुद्ध सरकारी वादी मुद्दा दायर ग¥यौं । संस्थाबाट स–साना ठूला स्तरका काम गर्दै गरेका छौं । महिला समुह र युवा समुह मिलेर काम गर्न धेरै सजिलो भयो । महिलालाईै बलियो सहारा भएको छ । आज भोली छोरा जे जन्मे पनि गाउँका मान्छे खुशियाली मनाउँछन् ।

Comments

comments

<-- Google Analytics -->