असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

भूतिया क्रिश्चियनबाट बचौं, सच्चा येशूभक्त बनौ

भजुराम तखाछेँ श्रेष्ठ

एक रात जूनले लुकामारी खेलिरहेको बेलामा येशूले आफ्ना चेलाहरूलाई डुङ्गाबाट समुद्रको पारिपत्ती जान अर्‍हाउनभयो र आफूचाहीँ ध्यान गर्न एउटा पहाडमा उक्लेर जानुभएको थियो। शान्त वातावरणमा थालनि भएको डुङ्गाको यात्रा समुद्रको बीचमा पुगेरपछि हुरी बतासले त्यस डुङ्गा र त्यसभित्र यात्रा गरिरहेका चेलाहरूलाई निर्मम तरिकाले हल्लाउन थाल्यो मानौँ कुनै अदृष्य दानवले फू गरेर त्यस डुङ्गालाई डुवाउन खोजेको थियो। त्यसबेला अचानक एउटा रूप पानीमाथि हिँडिरहेको तिनीहरूले देखे। हुरीबतास र छालसँग संघर्ष गरिरहेका ती चेलाहरूले त्यस रूप देखेपछि तिनीहरूको सातोपुल्टो गएको थियो। त्यस रूपलाई थम्याउन नसक्दा एकैस्वरमा सबै जना चिच्याए, “भूत! भूत!”

अनि तिनीहरूले येशूको मिठो र मधुरो स्वर सुने र भन्नुभयो, “खुशी होओ! नडराऊ। मै हुँ।”
त्यो व्यक्ति येशू नै हुन् भनेर चेलाहरूले विश्‍वास गर्न गार्‍हो भएको थियो। त्यसमा पनि ती चेलाहरूको सम्बाददाता र येशूसँग हिँडेतापनि “कनभर्ट” वा आफूलाई हेर्न छोडेर येशूलाई हेर्ने कलामा निपुण भएको थिएन। लोकले क्रिश्‍चियनहरूलाई आरोप लगाएको अनुसार येशू कसैलाई कन्भर्ट गर्न आउनुभएको थिएन न त कसैलाई कन्भर्ट नै गर्नुभयो। त्यो अधिकार परमेश्‍वरले प्रत्येक व्यक्तिलाई नै सुम्पिनुभएको थियो र त्यसमा उहाँले हस्तक्षेप नगर्नुभएको बाइबल धर्मशास्त्र साक्षी छ। न त येशू कुनैं सुधारवादी भएर तत्कालिन विखण्डित र भ्रष्ट समाजलाई सुधार गर्न आउनुभएको थियो। तर प्रत्येक व्यक्ति जात, लिङ्ग, वर्ण आदिलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ भन्ने सुसमाचार लिएर आउनुभएको थियो। जसरी आमाले आफूले माया गरेको बालक जन्मिने बेलामा आफ्नो ज्यान फाल्न तयार हुन्छ त्यसरी नै आफ्नो सन्देशको निम्ति येशू क्रुसमा मर्नुभएको थियो भनेर इतिहास बताउँछ।

त्यसकारण येशूसँग केही वर्ष हिँडे पनि उहाँलाई खासै नचिन्ने पत्रुसले येशू कुनै भूत होइन वास्तविक नै हुनुहुन्छ भनेर जाँच्न चाहेका थिए। (कोही मानिस चर्चमा गयो, वा बाइबल धर्मशास्त्र कण्ठ गर्‍यो वा थियोलोजीमा विद्वान भयो भन्दैमा त्यो मानिस येशूभक्त हुन्छ भन्ने छैन)। अनि पत्रुसले त्यस आवाजलाई चिच्च्याएर सोधे, “यदि तपाईँ येशू नै हुनुहुन्छ भने मलाई तपाईँकहाँ आउन बोलाउनुहोस्!” यदि येशूलाई पत्रुसले माया गरेकै भए उहाँ आउनेवित्तिक्‍कै उनी किन डुङ्गाबाट तल ओर्ल्हेर पौडी खेलेर उहाँकहाँ गएनन्? उनी ती माछा मार्ने जलाहारी मछुवा थिए। पानीमा पौडी खेल्ने उनको निम्ति मामुली थियो। तर त्यो रूप येशू नै हुन् कि होइनन् भनेर उनी शङ्‍कासँग संघर्ष गर्न पुगेका थिए। हुनसक्छ संसारको इतिहासमा येशूबाहेक कोही पनि पानीमा नहिँडेको थाहा पाइएकोले पत्रुस पनि सबैलाई देखाउने येशूजस्तै पानीमाथि हिँड्न आत्तुरी भएका थिए। येशूले पत्रुसको प्रार्थना सुन्नुभयो र भन्नुभयो, “आऊ।” त्यो प्रार्थनाको सुनुवाई असाधारण थियो। हुन त मानिसको प्रार्थनाको जवाफ परमेश्‍वरले कहिलेकाहीँ तुरन्त दिनुहुन्छ भने कहिलेकाहीँ उहाँले सुन्नु पनि हुन्न, जसरी जीवनको अन्तमा इस्राएलको प्रथम राजा साऊलको प्रार्थना सुन्नुभएको थिएन। कुनैं प्रार्थना परमेश्‍वरकै ज्ञानले गर्दा जवाफ दिनुहुन्न जसरी आफ्नो श्रीमतीसँग झगडा गर्ने उनलाई दुर्व्यवहार गर्ने पतिको प्रार्थना सुन्नुहुन्न र उसको धार्मिक कामलाई पनि वास्ता गर्नुहुन्न भनेर बाइबलले ठोकुवा गरेर उल्लेख गरेको छ। पत्रुसको प्रार्थनामा कुनै खाश गुण नै नभएतापनि उनको बिन्तिलाई येशूले सुन्नुभएको थियो। येशूको अनुमति पाएपछि पत्रुस निडर भएर आफ्ना पाइलाहरू पानीमा टेके। अचम्म उनी पनि पानीमा हिँड्न थाले! त्यसबेला उनी पनि येशूको जस्तै नक्‍कल गरेर पानीमा हिँड्न सक्ने भएँ भनेर फूर्ती गर्न थालेको हुनसक्छ। चाहे गर्व गरेर चेलाहरूतिर फर्केर हेर्न थालेको होला, येशू र उनको बीचमा हुरीबतास र छाल आएकोले होला वा आफ्नो नजर येशूबाट चुकाएकोले होला, त्यस पौडीवाज मछुवा पानीमा डुब्न पो थाले। उनको दिमागमा पौडी खेल्ने कुरा नै आएन तर येशूप्रति विश्‍वास उपस्थित भइरहेको हुनाले “हे प्रभु, मलाई बचाउनुहोस्!” भनेर उनले पुकारे। तुरन्तै येशूले आफ्नो हात फैलाएर उनलाई उचाले र भन्नुभयो, “ओ पत्रुस, तिम्रो विश्‍वास त कति सानो रहेछ। तिमीले मलाई किन शङ्का गर्‍यौ?” जब येशूले बोकेर पत्रुसलाई डुङ्गामा लानुहुन्छ र दुबै जना डुङ्गामा पस्छन् तब हुरीबतास शान्त भयो। चेलाहरू भयभित भएर उहाँको पाऊमा पर्छन्।

येशूका चेलाहरू बाइबलका कतिपय ज्ञानहरूमा बालकै थिए। कुनै मानिस मरेर भूत, पिशाच आदि हुन्छ भनेर अन्य धर्म तथा संस्कारहरूले सिकाएतापनि बाइबलले त्यसको सरासर खण्डन गर्छ। यद्यपि “सुपरिचित आत्मा वा भूत”को अस्तित्वलाई बाइबलले नकारेको छैन। जिउँदो मानिसलाई मर्छु भन्ने थाहा छ तर मरेकोलाई केही थाहा हुँदैन भनेर बाइबलको शिक्षा अनुसार कुनै सुपिचित आत्मा वा भूत भएर मानिसहरूलाई टुनामुना वा अन्यबाट देखाउँछ भने त्यो शैतान र उसका दानवी मतियारहरू मरेको चिनेको मानिसको अभिनय गरेर आउँछ भनेर बाइबलले स्पष्टरूपमा सिकाउँछ। त्यसलाई मान्ने नमान्ने अधिकार प्रत्येक व्यक्तिलाई नै सुम्पिएको छ तर कसैले कसैलाई जवरजस्ति त्यो धारणा लाड्ने अधिकार कसैको छैन।

यस लेखको लक्ष्य भूतको बारेमा व्याख्या गर्ने नभएर एउटा जल्दोबल्दो विषयलाई प्रस्तुत गर्नु हो। यदि कुनै मानिस सही बाइबलिय आस्था वा विश्‍वास अनुसार चलेको छैन भने जतिसुकै मै हुँ भन्ने क्रिश्‍चियनहरूले येशूलाई भूत जस्तै देखेर आफ्नो आत्मिक आत्मालाई तिरमिराउन सक्छन्। बाइबलले औँल्याएको भूत परिचित व्यक्तिको अभिनयमात्र हो तर त्यो वास्तविक होइन। इसाई चर्चको संस्थापक पत्रुस, पावल र यूहन्ना जस्ता येशूका हस्ती निष्ठावान विश्‍वासीहरूलाई छदमभेषी वा देखावटी क्रिश्‍चियनहरूले अत्यन्त पिरोलेको थियो। तर तिनीहरू धर्मको लुगा लगाउने ब्वाँसाहरू थिए। त्यसबेला कतिपय क्रिश्‍चियनहरू गद्दारी गर्दथे, येशू र पावलले मनाही गरेको मुद्दा मामिलामा क्रिश्‍चियन हुँ भनेर दावी गर्ने क्रिश्‍चियनहरूले क्रिश्‍चियनहरूलाई फसाउँथे, अनेक किसिमका दुष्ट कामहरू गर्न रुचाउँथे। त्यस्ता क्रिश्‍चियन भनाउँदा मानिसहरू आफूले आफैलाई धोका दिने वा पाखण्डी थिए, एक आपसमा रिसइबि र डाह गर्दथे, चरित्र हत्या र कसैले नदिएको जिम्मा खोजनितिको न्याय गरेर परमेश्‍वरमा सत्यवादी भएर चल्न चाहनेको नैतिक पतन गर्दथे। क्रिश्‍चियन भनाउँदाहरूले उपरोक्त कुरा त्याग्न येशूका चेला पत्रुस पत्रहरूद्वारा अनुरोध गरेका थिए।

क्रिश्‍चियनहरूको बीचमा भइरहेको माथिको दुर्गुण उनले १ पत्रुस २:१मा भन्डाफोर गरेका छन्। चर्चमा आफ्नो भाऊ खोज्ने, तछाडमछाड र चर्चको अध्यक्ष हुन राजनिति गर्ने एक जनाको नाउँ नै किटेर येशूका मायालु र बयोबृद्ध चेला यूहन्नाले उल्लेख गर्न वाध्य भएका थिए (३ यूहन्ना ९)। यतिमात्र होइन, एकताका इसाईहरूको खुँखार विद्रोही आत्मपरिवर्तन भएपछि येशूको सुसमाचार सुनाउन धरोहरको रूपमा खडाभएका पावलले ती क्रिश्‍चियनहरूलाई कडा शब्दमा तिनीहरूको नियतलाई यसरी उघारेका थिए, “तिमीहरू क्रिश्‍चयन भनेर दावी गर्छौ तर त्यस अनुसार नचल्दा निरन्तररूपमा येशूलाई क्रुसमा टाँग्ने तिमीहरू नै हौ।” (हिब्रू ६:६ रूपान्तरित)। अर्थात् छदमभेषी वा भूतिया क्रिश्‍चियनहरूले येशूनीतिलाई नाश गर्न विश्‍वास नगर्नेहरूभन्दा अग्रज भूमिका खेलिरहेका थिए र छन् पनि। तिनीहरूलाई इसाई चर्चका दुवै हस्ती पावल र पत्रुसले “जसरी बालक दुधको निम्ति आफ्नो आमासँग टाँसिन्छ, तिमीहरू पनि दुधरूपि परमेश्‍वरको वचनमा टाँसिरहो” (१ पत्रुस २:२, १ कोरन्थी ३:१)। अर्थात् वास्तविक क्रिश्‍चियन तिनीहरू हुन् जसले आफ्नो नैतिक, आत्मिक, बौद्धिक र शारीरिक आरोग्य जीवनको निम्ति परमेश्‍वरको वचनमा तल्लिन भएर त्यसअनुसार चल्न तिब्र चाहना गर्दछन्। जसरी कलमी काटेर बोटमा गाभिन्छ त्यसरी नै येशूभक्तहरूलाई गाभिन येशूले आह्वान गर्नुहुन्छ। भाडाका सैनिक जस्तै उहाँ कोही पनि चर्चमा भर्ना भएको उहाँ चाहनुहुन्न (यूहन्ना १५:१-७)।

बाइबललाई अङ्ग्रेजीमा अनुवाद गरेर जनसमक्ष प्रस्तुत गर्ने विलियम टिन्डेललाई क्रिश्‍चियनहरूले नै जिउँदो जलाएका थिए भने प्रेसको आविश्‍कार गरेर पहिलो पुस्तक बाइबललाई छाप्नु गुटेनवर्गलाई चर्चकै अगुवाहरूले दु:ख दिएका थिए। पाँचसय वर्ष अघि बाइबल र त्यसमा सिकाएको विश्‍वासद्वारामात्र मानिस धर्मी ठहरिन्छ भनेर विश्‍वास गर्ने सुधारवादी आन्दोलक मार्टिन लुथरलाई क्रिश्‍चियन भनाउँदाहरूले नै मुद्दा चलाएर उनलाई नाश गर्न खोजेका थिए।

त्यसकारण भूतिया क्रिश्‍चियन वा देखावटी क्रिश्‍चियनबाट उम्केर वास्तविक येशूभक्त हुनुभनेको के हो त? पावलले स्पष्टरूपमा किटानी गरेर लेखेका छन्, “तिमीहरूको दिमागमा येशूको दिमागको प्रत्यारोपण होस्, जो परमेश्‍वर भएर पनि परमेश्‍वरको भाऊमा बस्नुभएन बरू आफूलाई होच्याएर अरूको निम्ति सेवक हुनुभयो” (फिलिप्पी २:५-११) अर्थात् वास्तविक क्रिश्‍चियन त्यो हुन् जो आफू होचिएर भएतापनि अरूको भाऊ बढाउँछ र न्यायको नाउँमा अरूलाई अन्याय नगरि आफ्नो ज्यान गुमाउन पनि राजी हुन्छ। हो देखावटी वा भूत क्रिश्‍चियन हुनु भनेको आत्मिक रूपमा वियोगी हुनु हो। त्यस खालको क्रिश्‍चियनले सरल तथा हृदयदेखि परमेश्‍वरलाई विश्‍वास गर्नेहरूलाई आतङ्कित बनाउँछ। “जय मसीह?” कुनै पनि मुखे क्रिश्‍चियनहरूले त्यो अभिवादन गर्ने अधिकार छैन किनभने दश आज्ञाहरूमा तेस्रो आज्ञामा भनिएको छ “परमेश्‍वरको नाउँ व्यर्थमा नलिनु वा उहाँको नाउँलाई दुरुपयोग गर्न बाइबलले मनाही गरिएको छ।

Comments

comments

<-- Google Analytics -->