असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

माथिल्लो मुस्ताङका विद्यार्थीलाई कोरियाली सहयोग

काठमाडौं, ४ माघ । हिउँदमा चिसोका कारण माथिल्लो मुस्ताङमा बसेर पढ्न नसक्ने बालबालिकालाई स्थानीय समाजसेवीहरुले दातृ निकायसमक्ष याचना गरेपछि हाल त्यहाँका विद्यार्थीका लागि पोखरामा हिउँदे विद्यालय नियमित सुरु भएका छन् ।

कोरियाली डा. किम योङ्गकीको पहलमा मात्र ६१ लाख रुपियाँ सहयोग प्राप्त भएको अगुवा समाजसेजी साम्तुक गुरुङले ई नेपाली खबरलाई जानकारी गराउनुभयो । किमको सहयोगमा छोनहुप जिन्जु सामुदायिक विद्यालय सञ्चालनमा छ ।

‘मैले अगुवाइ गरेको मात्र हो, कुङ्गा गुरुङ, टासी पासाङ गुरुङ, धिन्द्रुक गुरुङलगायतका साथीहरुले पनि उत्तिकै मेहनत गरेका कारण मुस्ताङका छोराछोरीले निरन्तर पढाइ चालु राख्न सकेका हुन्’, अगुवा साम्तुक गुरुङले भन्नुभयो । उहाँका अनुसार जिञ्जु सिटिजन्स एशोसिएसन फर विल्डिङ द स्कुल इन पोखराका तर्फबाट विद्यालय निर्माणमा उल्लेख्य सहयोग प्राप्त भएको छ ।

व्यवस्थापन सहज हुने भन्दै उपल्लो मुस्ताङको छोन्हुपका सवै ६ आधारभूत विद्यालयको एकै ठाउँमा पढाइ सञ्चालन गर्ने प्रयोजनले पोखरामा भवन बनाइएको छ । हालै मुस्ताङका सांसद श्रीमाया थकाली र डा. किमको सहभागितामा पोखरामा एक औपचारिक समारोहको कार्यक्रम पनि सम्पन्न भयो ।

चिसो बढेसँगै उपल्लो मुस्ताङ्गवासी पोखरालगायत बेसी झर्ने गर्छन् । अभिभावकसंग विद्यार्थी पनि जाने भएकाले उनीहरुको पढाइ नविग्रियोस् भनेर दशकयता पोखरामा घुम्ती विद्यालय सञ्चालन गरी पढाइ थालिएको छ ।

‘२०६६ सालदेखि भाडाको घरमा घुम्ती कक्षा सञ्चालन गर्दै आएकोमा विभिन्न दाताबाट सहयोग जुटाएर भवन बनाइएको सान्दुकले जनाउनु भयो । खर्च पु¥याउन सामूहिक रुपमा बसेका हौं’ बुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक जीवनाथ शर्माले भन्नुभयो ।’ सरस्वती जन प्रभात, भृकुटी, वीरेन्द्र, दिव्यज्ञान र बुद्ध आधारभूत विद्यालयका लागि एउटै भवन बनाइएको हो ।

छोन्हुप सामुदायिक घुम्ती विद्यालय भवनको मुस्ताङकी सांसद श्रीमाया थकालीले गत शनिबार उद्घाटन गर्नुभयो । भवनमा ६ कोठामध्ये तीन वटा पठनपाठन, छात्रावास, भान्सा र डाइनिङका लागि छुट्याइएको छ । ३ बर्षअघि २० लाख रुपैयाँमा खरिद गरिएको १५ आना जग्गामा ८९ लाख ६१ हजार ४ सय ४९ रुपैयाँमा भवन निर्माण गरिएको हो ।

भवन बनाउन विदेशमा रहेका नेपालीले पनि आर्थिक सहयोग गरेका छन् । भवन निर्माणका लागि हामीले ऋण पनि लिएका छौं, छोन्हुप घुम्ती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साम्तुक गुरुङले भन्नुभयो । यस भवनमा अब कात्तिक १५ देखि फागुन २५ गतेसम्म पढाइ हुन्छ । सवै ६ विद्यालयमा कक्षा ३ सम्म मात्रै पढाइ हुन्छ । पहिला ७ कक्षासम्म पढाइ हुने गरेकोमा विद्यार्थी घट्दै गएपछि कक्षा पनि घटुवा भएको हो । यी विद्यालयमा जम्मा ५६ विद्यार्थी रहेकामा घुम्तीबाट ४१ जना आएका छन् ।
samtuk
आफ्नै भवन भएपछि ढुक्कसाथ शान्त वातावरणमा पढाउने अवसर मिलेको घुम्ती विद्यालयका संयोजक तथा दिव्यज्ञान आधारभूत विद्यालयका प्रअ कृष्णप्रसाद सापकोटाले बताउनुभयो । व्यवस्थापन समितिका संस्थापक अध्यक्ष घ्याङलेन्ज गुरुङले छुट्टै स्कुल सञ्चालन गर्दा बढी खर्चिलो र झन्झटिलो भएकाले एकै ठाउँमा सञ्चालन गरिएको जनाउनुभयो । मुस्ताङस्थित जिल्ला शिक्षा कार्यालयका अनुसार सो क्षेत्रका १७ विद्यालय घुम्ती रुपमा सञ्चालित छन् ।

चार महिना पूरै चिसोका कारण स्कूल बन्द हुँदा कोर्स पूरा नहुने भएकाले घुम्तीको अवधारणा आएको हो । कार्यालयका शाखा अधिकृत लक्ष्मण देवकोटाले भने, यसले पढाइमा गुणसतर पनि ल्याएको छ ।

Comments

comments

<-- Google Analytics -->