असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

पर्यटकीय गीत बनाउँदै, नेपाल चिनाउँदै गायक खेमराज गुरूङ

(दिपेश गर्तौला)
इलाम, ५ असार ।
धेरैजसो गीत संगीत माया–प्रेम, धोका, बिछोड जस्ता कुराहरुका बन्ने गर्दछन् । र त्यस्तै किसिमका गीतलाई श्रोता, दर्शकहरुले बढि मन पराउने गरेको पाइन्छ । साथै सष्ट्रा सर्जकहरुले विपरित लिगंप्रतिको मायामोहको भाव भएका गीतसंगीत सिर्जनामा बढि समय खर्चको पाइन्छ ।

हालसम्म सार्वजनिक भएका गीतलाई मायाप्रेम, राष्ट्रियभाव, पर्यावरण कला, संस्कृतिसँग सम्बन्धित गीतमध्ये माया–प्रेमकै गीतले ठूलो स्थान लिएको छ भन्दा फरक नपर्ला । कतिपयले रचनाकार भावूक हूने भएकाले माया–प्रेमका गीत धेरै लेखिएको भन्ने गरेका छन् ।

भने कतिपयले श्रोताले तत्कालै मनपराउने र गुनगुनाउने भएकाले त्यस्ता गीत बढि रेर्कड हूने कारण मानेका छन् । संख्यात्मक रुपमा मायाप्रेम बाहेकका गीतमा धेरै आवाज दिएका गायक खेमराज गुरुङको चर्चा र माग पनि कम छैन । उनले एक दशकअघि गाएको ‘वारी जमूना पारी जमूना’ सार्वजनिक भएको समयमा अत्याधिक रुचाईएको गीत थियो ।

khem for wall

त्यसपछिका अन्य गीतहरु पनि उति नै सफल रहे । केहि समय अघि उनै खेमराजले नेपालका प्राकृतिक सून्दरता, मनमोहक दृश्य भएका पर्यटकीय महत्वका स्थानहरुको समेटिएको एल्वम् ‘घूमफिर’ सार्वजनिक गरे ।

आफ्नै शब्द, संगीत, स्वरमा रहेको उक्त एल्वम्मा पर्यटकीय गन्तव्यको स्थल इलामदेखि पोखरासम्मका गीत समेटिएको ईनेपालीखबरलाई उनले जानकारी दिए । लोकलयमा आधारित गीत गाउन असाध्यै मन पराउने खेमराजले केहि समयअगाडी यूरोपका होल्याण्ड, पोर्चुगल, जर्मन लगायतका मूलुकमा एकल प्रस्तुतीमा नेपालको प्राकृतिक सून्दरता तथा भारतका सिक्किमसम्मका गीत त्यहाँका श्रोता दर्शकलाई सुनाएका थिए ।

गीतमार्फत विदेशमा आफ्नो मूलुक चिनाउन पाएकोमा उनले खुशी व्यक्त गर्दै भने ‘नेपालका ओझेल परेका ठाउँ गीत मार्फत चिनाउन पाएँ र त्यसलाई विदेशमा पनि अत्याधिक मन पराईदिनुभयो गर्व लागेको छ ।’ कलात्मक तरिकाले गीत सृजना गरिए मौलिक र आफ्नोपन बोकेका गीत पनि उत्तिनै चल्ने र जिर्विकोपार्जन गर्न सहज हुने गायक गुरूङको भनाई छ ।

Comments

comments

<-- Google Analytics -->