असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

तामाङ समाज कतारले ल्होछार मनाईने

कतार । नेपाल प्रवासी तामाङ समाज कतारले वृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । समाजले आधादर्जन राष्ट्र्रिय तथा अन्तष्ट्र्रिय ख्यातिप्राप्त कलाकारहरुकोसाथमा वृहत सास्कृतिक कार्यक्रमकासाथै नजिकै आईरहेको २८५३ औ ज्या ल्हो सोनाम ल्होछार मनाउने लागेको हो ।

समाजले यही आउदो जनुवरी २७ २०१७ (१४ माघ २०७३) गतेका दिन कतारको उम सालाल रिसोर्टमा रिहत सास्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक एवम समाजका कार्यवहाक अध्यक्ष तिर्थ थिङ तामाङले जनकारी दिनुभएको छ ।

ज्या ल्होछारको अवसरमा हुने वृहत सास्कृतिक कार्यक्रमका लागी समाजले नेपालबाट वरिष्ठा शैलुङ्गे जुहारी तथा सेलो गायक प्रेम लोप्चन,वरिष्ठा सेलो गायिका इन्दिरा गोले तामाङ, तामाङ चलचित्र जगतकी चर्चित नायिका सुकुमाया मोक्तान तामाङ, सङ्गीतकार तथा म्हेन्दोमाया गायक रोशन फ्युबा तामाङ,गायक तथा सङ्गीतकार टिका बोम्जना तामाङ, म्हेन्दो माया गायिका शान्ती माम्ब तामाङ गरी ६ जना कलाकारहरुलाई आमन्त्रण गरेको छ ।

साथै बैदेसिक रोजगारिको सिलसिलामा कतारमा कार्यारत स्थानिय कलाकारहरु तामाङ समुदायमै पहिलो यापर गायक उत्तर लामा तामाङ,सेलो गायक सुन्दर मोक्तान तामाङ, कुमार ओख्रेलि, भिम तामाङ, दिनेश तामाङ, पासाङ मोक्तान तामाङ, म्हेन्दोमाया गायक शिशिर तामाङ लगायत अन्य थुप्रै कलाकारहरुको प्रस्तुतीहरु रहने छ ।

Comments

comments

<-- Google Analytics -->