असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

सामूहिक हत्याले झस्काउँछ जुनीलाई

(विमला शर्मा)
जाजरकोट, १८ जेठ । जीवनका हरेक क्षणहरु परिवर्तन हुन्छन् र नयाँ दिनको सुरुवात हुन्छ अनि नयाँ नयाँ सृजना हुन्छन् । त्यसो नभई जाजरकोटको उत्तर पश्चिममा पर्ने दह गाविसको जुनी गाउँमा द्वन्द्वको घाउ अझै पुरिएको छैन । त्यस गाँउका २८ जनाको ज्यान तत्कालीन दंगा प्रहरीको गोली प्रहारका कारण भएको थियो ।

२०५५ सालको मसिंर १० गते छिमेकीको विवाहमा जन्ती बनेर गएका एकै घरका चार दाजु–भाइसहित वुद्धीराज घर्ती लगाएका १४ जनाको माओवादी भएको आरोपमा निर्मम तरिकाले लाइन लगाएर सामुहिक हत्या भयो केही महिलालाई दुरव्यवहार गरेर छोडीयो दंगा प्रहरी वाट । दैलेखको कालीकामा विवाहका लागी गएका निमुखा गरिव लाई जाजरकोटको मजकोटको भालु कुइयामा हिडीरहेका वेला एकै घरका चार दाजु भाई गोरे घर्ती, सुरजसिंह घर्ती, खडग घर्ती, र केशव वहादुर घर्ती लाई आतंकारीको विल्ला भिडाई गरिएको सामुहिक हत्याले जुनी लाई नराम्रो संग तडपायो । रोग भोग र गरिवीले निकै पछाडी परेको जुनी गाउको द्धण्दको घाउ अझै पनि पुरीनु त कता हो कता मलम पटटी पनि लागेको छैन । द्धण्दमा सवै भन्दा वढि चपेटामा परेको गाउ लोकतन्त्र आएको लामो समय सम्म पनि कहाली लाग्दो घटनाले झल झल्ती सम्झाइ रहेको छ जुनी लाई । द्धण्दको घाउ मेटाउन सरकारी पक्षवाट गतिलो प्रयास नहुदा यहाका पिडितहरु निरास भएका छन । १ महिना पनि खाना नपुग्ने जुनीले सधै अरुकै भर पर्न वाध्य भएको छ । माओवादी जनयुद्धको पश्चिमको केन्द्र विन्दु रहेको जुनिले पटक पटक गरि ३१ जनाको ज्यान गुमाई सकेको छ । कम्युन सहित जुनीमा २ सय घर धुरी जनजाती तथा १० घरधुरी दलित रहेका छन ।
माओवाद िजनयुद्धको वेला अत्यन्तै सुरक्षित सेल्टर मानीने जुनिलाई युद्धकै वेलामा दह गाँउ विकास समितिको वडा नम्वर १ को निपाने र वडा नम्वर २ को जुर्क लाई मिलाएर जुर्कको जु र निपानेको नि लाई सयोजन गरि जुनि वनाएको नेकपा माओवादी केन्दका केन्द्रीय सदस्य माया प्रसाद शर्माले वताए । राज्य वाट प्रभावीत तथा पिछडिएको वलीदानी र त्यागका हिसावले २०५६ चैत्र १२ गते जुनी कम्युन वनाएको शर्माको भनाई छ । माओवादी को प्रमुख सेल्टरका रुपमा रहेको जुनी कम्युन माओवादी द्धारा युद्धकालमा घोषणा गरेका मध्य नेपालको जेठो कम्युन भएको नेता शर्माले वताए । यहि कम्युनको नाममा माओवादीले युद्धकालमा स्थापना गरेको जुनी वाल संरक्षण केन्द्र अहिले अर्कै ठाँउमा माद्यामिक विद्यालयका रुपमा संचालन भएको छ । अहिले जुनी लाई सहयोग नगरे पनि जुनीको नाम भने भजाई रहेका छन जुनी वनाउने हरु । जुनि लाई युद्धका वेला केन्द्र विन्दु वनाउनेहरु शान्ती प्रक्रिया पछि दुर्गम वनाई रहेका छन ।
साच्चीकै जुनी फेरीन्छ जस्तो थियो पहिला जुनी कम्युनको संचालन हुदा जव माओवादी फुटको शुरुवात भयो तव जुनिको दशा नै विग्रीन थाल्यो । २८ जना राज्य पक्ष तथा ३ जना माओवादी वाट मारीए जुनिका वासीन्दाहरु । शुरुमा १०४ सदस्यीय परिवार भई कम्युन चलेकोमा विभिन्न समस्याका कारण १ दशक मात्र चल्यो । अहिले कम्युन विगठन भए पछि शहिदका धेरै जसोे वालवालीकाहरु विद्यालय जान छाडेका छन । उनिहरुको उच्च शिक्षा पढने रहर सपनामा मात्र सिमित रहयो । सानैमा आमा वावु गुमाएका हरु अहिले निकै समस्यामा परेका छन । कसैको वावुको मृत्यु तथा आमाको अर्कै संग दोस्रो विवाह भयो त कसैको आमा वावु दुवैको मृत्युले वालवालीका हरु लाई समस्या भयो । कोही कमाई गर्न कामको खोेजीमा अन्य गाँउमा जाने गर्दछन भने कोही आफनै गाँउमा कृर्षी पेशा गरिरहेका छन जुनिका ओयलसिंह घर्तीले वताए ।
केही परिवारहरु कतै वाट सहयोग नभए पछि मृतकका नाममा सरकारले दिउको राहतले छुटटै गोठ तथा सानो घर र आटी निमाणर््ा गरि वसिरहेका छन भने आर्थीक अवस्था कम्जोर भएका हरु पुरानो सामुहिक घरमा वसिरहेको जुनिका स्थानीय जय वहादुर घर्तीले वताए । एक महिना पनि खाना नपुग्ने जुनीका स्थानीय कम्युन चलेपछि केही राहत भएको घर्ती वताउछन । हरेक काम सामुहिक हुने भएकोले विभिन्न कामको विभाग वनाई काम संचालन गर्ने गरिन्थ्यो जुनीमा पहिले । पहिलेका जस्तो नभए पनि कामहरु गर्दा सामुहिक नै गर्ने गरिएको उनले वताए । सामुहिक वस्दा डिएफ आइडीले वनाएको ठुलो घरमा अहिले जुनी सहकारीको कार्यालय ,सुपथ पसल र सिलाई कटाई संचालन गरिएको छ । आफनै वस्ने घर नभएका १२ घरधुरीहरु सामुहिक घरमा वसिरहेको घर्तीले वताए । शान्ती प्रक्रिया संगै सरोकारवालाको वेवास्ताले सामुहिक रुपमा चल्न समस्या भएकोले वाध्य भएर छुटटीएको उनको भनाई छ । वस्तीको समस्यालाई न सरकार नत कम्युन निर्माण गर्ने माओवादीले वुज्न सक्यो । सयौको घरवार विग्रीयो वालवालीका को विचल्ली भयो कमाउने मान्छेको मृत्यु भयो अहिले साथ दिनको कमी छ सवै आफना वाटा लागे विनाकामका सपना मात्र वाडे जुनिको ब्यथा ज्युको तिउ रहेकोे जुनिका इन्द्र घर्तीले वताए । गाँउमा यार्सन नामक गैर सरकारी संस्थाको घुम्ती कोष वाहेक अरु कसैको नजर नपुगेको उनले वताए । कम्युन हुदा जसो तसो छार्क टार्न सजिलो हुन्थ्यो विगठन पछि मुस्कील भएको छ । ३ घर परिवार वाहेक सवै घरपरिवार लाई उतपादनको कमीले साँझ विहान छाक टार्न पनि धौ धौ भइरहेको इन्द्र घर्तीले वताए । कुनै योजना पनि छैन विकास पनि छैन के गरेर कमाई खाने कुनै माध्याम नभएको उनको भनाई छ । जुनिमा विद्यालय छन तर भवनको अभाव छ जुर्क गाँउमा अमर प्रावी र निपाने गाँउमा पुतली निमावी रहेको छ । ब्यवस्थीत भवनको अभावमा नियमित विद्यालय आउदैनन यहाँका वालवालीका हरु ।

Comments

comments

<-- Google Analytics -->