असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

अमेरिकी दम्पतीको सहयोग पाएका बालबालिका उत्कृष्ट

(रामभरोसी महतो)
सिरहा, ३१ जेठ । ई नेपाली खवरको समन्वय तथा अमेरिकामा बस्ने एक नेपाली दम्पतीको आर्थिक सहयोगमा पढ्न थालेका सिरहा बडहरामाल गाविसका द्वन्द्वपीडित बालबालिका कक्षामा उत्कृष्ट स्थान प्राप्त गरी उत्तीर्ण भएका छन् ।

२०७० पुस महिनादेखि विद्यालय जान थालेका सिरहा वडहरामाल गाविस निवासी एकल महिला रामझरी मुखियाकी ८ वर्षीय छोरा सन्तोष मुखिया यस वर्ष कक्षा ३ मा प्रथम भएका छन् । त्यसैगरी ११ वर्षीय छोरा श्रवण मुखिया कक्षा ५ मा तृतीय भएका छन् भने १४ वर्षीया छोरी किरण मुखिया र १२ वर्षीया छोरी सुजिता मुखिया सोही कक्षामा औशतमा उत्तीर्ण छन् ।

विभिन्न घटनाबाट पीडित विपन्नताका कारण सबै प्रकारका अधिकारबाट बञ्चित ती बालबालिकालाई पढाइका लागि अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्ने एक नेपाली दम्पती अनिल पाण्डे र रिना पाण्डे (दीक्षित) ले प्रतिविद्यार्थी मासिक एक हजार गरी चार जनाको मासिक ४ हजार सहयोग प्रदान गरेपछि ती चारै भाइबहिनी नजिकै रहेको नेपाल राष्ट्रिय फूलकुमारी महतो उच्च माध्यमिक विद्यालय बन्दीपुरमा एकैसाथ भर्ना भई पढ्न थालेका हुन् ।

यसैबीच उनीहरुको पढाइको निरन्तरतका लागि पछिल्लो पटक २०७३ जेष्ठ २४ गते सोही विद्यालयमा एक कार्यक्रमका बीच ई नेपाली खवरका सिरहा प्रतिनिधि रामभरोसी महतोमार्फत् ती बालबालिकाका आमा रामझरीलाई नगद २० हजार रकम हस्तान्तरण गरियो । 4

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक र स्थानीय संघसंस्थाको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका सदस्य रामएकवाल यादवको हातबाट सो रकम प्रदान गरिएको हो ।
ती बालबालिका सबै प्रकारका अधिकारबाट बञ्चित रहेको समाचार ई नेपाली खवरले प्रकाशन गरेपछि सो समाचार पढेर अमेरिकामा बस्ने ती नेपाली दम्पतीले सहयोग गर्न थालेका हुन् । anil

घटनाअनुसार २०६९ सालको चैत महिनामा आपराधिक समूहले छोडेको बम खेलाउने क्रममा विस्फोटनमा परी स्थानीय १३ वर्Èीय सर्वजीत मुखियाको मृत्यु भएको थियो भने रामझरीका छोरा सन्तोष र छोरी किरण विस्फोटनमा घाइते भएका थिए ।

विस्फोटन घटनाको एक वर्Èअघि मात्र सर्पदंशका कारण श्रीमान् गुमाएकी रामझरीको ओत लाग्ने घर नभएर माइतीमा बस्न बाध्य छिन् ।
अनिल पाण्डे तथा रिना दीक्षित पाण्डे

Comments

comments

<-- Google Analytics -->