असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

इलाममा आत्महत्या नगर्न प्रेरणादायी सामाग्री देखाईने छः एसपी यादव

कानुन कार्यान्वयन गरी जनधनको क्षतीलाई न्युनिकरण गर्नु प्रहरीको जिम्मेवारी हो । समाजमा सचेतना र ज्ञानको कमीले दुर्घटना तथा अपराध बढ्ने गरेको पाएपछि इलाममा प्रहरीले सर्वसाधरणलाई जनचेतना प्रधान गर्ने उद्देश्यले सूचना केन्द्र स्थापना गरेर सर्वसाधरणलाई टेलिभिजनको पर्दा मार्फत मनोरञ्जनात्मक सन्देशमुलक सामाग्री देखाउन थालेको छ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक सुशीलकुमार यादवसँग गरीएको कुराकानीः

के उद्देश्य राखेर सूचना केन्द्र स्थापना गर्नुभयो ?

समाजमा अपराध बढ्ने भनेको लागुऔषधको प्रयोग, दुव्र्यसनी जस्ता कुराहरुबाट हुन् । साथै ट्राफिक नियमको उल्लंघन, असावधानी जस्ता कुराहरुले सडक दुर्घटना बढ्ने गरेको पाईन्छ । त्यसैले यी कुराहरुमा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुका साथै यस्ता घटनाहरुबाट बच्नका लागि जनचेतना सर्वसाधरणलाई प्रदान गर्नु जरुरी ठानेर सूचना केन्द्र स्थापना गरिएको हो ।

sushil-kumar-1

विभिन्न स्थानमा गएर प्रहरीले जनचेतना मौखिक रुपमा प्रदान गरेपनि साथसाथै आकर्षित गर्नेगरी र मनोरञ्जनात्मक चेतनामूलक सामाग्रीले सकरात्मक कार्य गर्ने र प्रभावकारी हुने देखेर जिल्ला विकास समितिको सहयोगमा सूचना केन्द्र स्थापना गरिएको हो ।

सूचना केन्द्रमा कस्ता सामाग्री हेर्न पाईन्छ ?

यस सूचना केन्द्रमा सर्वसाधरणको सहजै ध्यान तानेर सकरात्मक सन्देश जाओस् भन्ने उद्देश्यले चेतनामूलक गीत, भिडिओ, नाटकका साथै जिल्ला प्रहरी कार्यालयले गरेका गतिविधि देखाउने गरेका छौं ।

कुन समयमा यस्ता सामाग्री हेर्न पाईन्छ ?

इलाम चोक बजारमा प्रत्यक दिन साँझ ७ बजेदेखि ९ बजेसम्म सुरक्षा तथा जनचेतना दिने विषयमा तयार पारिएको सामाग्री प्रहरी सूचना केन्द्रमा हेर्न सकिन्छ ।

sushil-kumar-yadab

सूचना केन्द्रमा के के उपकरण छन् र त्यी उपकरण सञ्चालन गर्न कतिको सहज छ ?

जिल्ला विकास समिति इलामले ७० हजारमा खरिद गरिदिएको ५० इन्चको एलसिडि टिभि छ । ठूलो ठाउँ भएकाले धेरैले एकै पटक हेर्न पाउँछन् । उपकरण सञ्चालन गर्न त्यस्तो ठूलो समस्या त छैन । यद्यपी ब्याट्री ब्याकअप हामीसँग छैन । केही केही बेला लोडसेडिङ हुँदा भने सञ्चालन गर्न सकिँदैन कि भन्ने हो ।

सर्वसाधरणको प्रतिकृया र उपस्थिति कस्तो छ ?

मनोरञ्जनात्मक, सन्देशमूलम लाभदायक जानकारी दिन स्थापना गरिएको सूचना केन्द्र आफ्नै लाागि हो भन्ने ठानेर राम्रो प्रतिकृया दिएका छन् । र हेर्नेको ठूलो भिड लाग्ने गरेको छ । चेतना र मनोरञ्जन एकसाथ भएर हुनसक्छ । अनी ज्ञान पनि बढेको र अपराध पनि कम भएको छ ।

अब यस सूचना केन्द्रले कस्ता सामाग्री प्रसारण गरेर अझ सकरात्मक प्रभाव देखाउने योजना बनाउनुभएको छ ?

लागुऔषध जन्य पदार्थले कसरी मानिसलाई नकरात्मक बाटोमा लगिरहेको छ ? कसरी लतलाई हटाउन सकिन्छ ? भन्ने खालका ज्ञान र सामाग्री त प्रदान गरियो । जिल्लामा शान्ती सुरक्षाको स्थिति मजबुत बनाएपछि ठूलो चुनौतीको रुपमा आएको आत्महत्या गर्नेको संख्या घटाउन नसकिएको स्विकार्छु । आत्महत्या गर्नेका धेरै कारण छन् । अब कारण पहिचान गर्दै, अभिप्रेरणा दिँदै, यस्ता सामाग्री निर्माण गरेर आत्महत्या नगर्न प्रेरित गर्न यो सूचना केन्द्र लागि पर्दछ ।

प्रस्तुतीः दिपेश गर्तौला ।

Comments

comments

<-- Google Analytics -->