असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

यथार्थ

–रघुनाथ खकुरेल

सारै व्यवस्त र स्वार्थी भो दुनियाँ, मान्दैन कुनै डर ।
आफै गर्छन् मोजमस्ती सब यहाँ, चिन्ता कसको छ र ।।
छैन विश्वास भने तिमीमा भित्री, नेत्रै उघारी हेर ।
देख्छौ धुमधाम रंगमञ्चमा नाटक रचनेका सुर ।।
।।१।।

थियो मन्द मन्द मुस्कान सबमा, थिएन रत्ति पिर ।
थिए लठ्ठ सबै मदहोसमा, आनन्दथ्यो चारैतिर ।।
मस्तथे उमङ्गथ्यो जीवनमा, ठान्थे आफैलाई वीर ।
अंगुरझैं नयन, बदन सबै, लड्क्याथ्यो अर्कैतिर ।।
।।२।।

आयो सुसाउदै गडगड गरी, कुपित पार्दै मन ।
तत्क्षणमै सब उजाडिदियो, फुल्नै लागेका यौवन ।।
गरे अंकमाल खुशी हुँदै, पाँयौ भनी नयाँ जीवन ।
ध्वस्तै पारिगयो त्यो क्षणभरमै, विपुल लक्ष्मी धन ।।
।।३।।

थियो खुब घमण्ड तिमीमा मै हुँ, धनी र मानी भनी ।
प¥यो आज मागी बस्न पथमा, खान भिखारीझैं बनी ।।
गर्छौ भेदभाव तिमी किन? अब, भनेर गरिब धनी ।
दिन्छन् खुशी भगवन सबमा, बराबर भई उनी ।।
।।४।।

नित्यै दिन्छौ दुःख तिमी किन ?, भएमा दुर्बल जन ।
पर्छौ लम्पतार सधैं ती पदमा, भेटेमा बडा जन ।।
फालिदेउ क्लेशजति जीवनका, दुर्गुण दोष अब ।
जानैछ एक दिन छोडेर सबै, वैभव, कृति, सब ।।
।।५।।

Comments

comments

<-- Google Analytics -->