असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

प्रेमाश्रु जल

–रघुनाथ खकुरेल

चुमेर हिमशैलका किरणले झै, मन्दाकिनीका केशमा ।
बस्दा टप्प टाँसिइ नितम्बका साडी झ,ै आएर समीपमा ।।
भयो घायल यौवन पुष्पित देहलता, स्पर्शले वक्षमा ।
लज्जावती झैं भए युगल पर्दा, नजर ईषत् अधरमा ।।
।।१।।
रह्यो मनका भवना मनमै बस्दा, कोट्याएर जमिनमा ।
भयो अबरुद्ध गला बढ्यो धड्कन, सामिप्यताले दुबैमा ।।
छिनछिन मै जुद्धा शर्मले नयन, चढ्यो लाली मुहारमा ।
बढ्यो ढुकढुकी तरङ्गले झनै देख्लान्, कि! भनि विहारमा ।।
।।२।।
शुन्दर शान्त तडाग बीच त्यो स्निग्ध, मुहार देखाइकन ।
गर्दा बेष्ठित शौन्दर्यका सौरभले अझै, बढायो धड्कन ।।
सुनेर कोकिलका झै कलरव त्यो झस्केर उठ्यो यो मन ।
छोपेर लाजले नग्न यौवन प्रेम प्यासमा, तड्पियौ किन? ।।
।।३।।
पग्लियो नौनी झै बाहु स्पर्सले तन, टुसाएर आयो माया ।
भत्कि संकोचको पर्खाल छताछुल्ल भै, पोखियो दाँया–बाँया ।।
भरियो प्रेमका घडा जगमगाइ, तप्प झ¥यो अधरमा ।
भावले विह्वल भै हर्षका मोती किन?, लुकायौ नजरमा ।।
।।४।।
टिपेर धुप, कष्टका बीच बागमा, प्रणयानन्दको फल ।
देखेर क्रीडमा मस्त नग्ना लता–बृक्ष, लजाइ दे सितल ।।
सम्झन्छु भनी मनले बडो प्रणयले, संगै बितेका पल ।
बिछोडिए व्यमोह भावमा फगत, बगाइ प्रेमाश्रु जल ।।
।।५।।

Comments

comments

<-- Google Analytics -->