असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

सञ्चारकर्मी कुटिए, घटनाको भत्र्सना

(रामभरोसी महतो)
लहान, १ भदौ ।
समाचार लेखेका कारण कान्तिपुरकर्मी देवनारायण साहलाई सद्भावना (महतो) का एक कार्यकर्ताले लहानमा बुधवार कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएका छन् ।

फूलकहाकट्टी घर भई हाल लहानमा बस्दै आएका विरु भन्ने वीरेन्द्र यादवले पत्रकार साहलाई कुटपिट तथा ज्यान मार्ने धम्की दिएका हुन् । पत्रकार साहलाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिने यादव पत्रकार महासंघका साधारण सदस्य र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका भातृ संगठन विद्यार्थी मञ्चका केन्द्रीय सदस्य समेत हुन् ।

लहानस्थित सिता नोबेल न्यूज सेन्टरमा पत्रिका पढिरहेको समयमा यादव एक्कासी आएर समाचार किन लेखेको भन्दै कुटपीट गरी ज्यान मार्ने धम्की दिदै भागेको पत्रकार साहले बताए ।

पत्रकार साहले पशु सेवा केन्द्र भगवानपुरको भवन निर्माणको ठेक्का पाएका बावा गणपति कन्ट्रक्सन फुलकहाकट्टीले सो भवन निर्माणमा अनियमितता गरेको सामाचार बुधवार कान्तिपुर दैनिकमा लेखेको थियो । कुटपीट गर्ने यादव भवन निर्माणको ठेक्का पाएका बावा गणपति कन्ट्रक्सन फुलकहाकट्टीका मालिक दीपेन्द्र यादबका दाजु हुन् ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार कुेसीले यादवको खोजी कार्य भइरहेको र उनलाई पक्राउ गरि कानून बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाए ।

यसैबीच प्रेस चौतारी नेपाल सिरहा, प्रेस युनियन सिरहा र मानवअधिकार संरक्षण केन्द्र (सञ्जाल) सिरहाले बुधवार छुटाछुटै विज्ञप्ती जारी गरी पत्रकारमाथि कुटपीट घटनाको भत्र्सना गर्दै दोषीमाथि कार्वाहीको माग गरेको छ ।

Comments

comments

<-- Google Analytics -->