असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

प्युटार गाविस खुल्ला दिसामुक्त

ललितपुर, २ मंसिर ।
प्युटार गाविस खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ । जिल्लाको दक्षिणी भेगमा रहेको सो गाविसलाई मंगलबार भएको एक समारोहबिच संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले खुला दिसामुक्त रहेको घोषणा गर्नुभएको हो ।

स्वच्छ सफा हराभरा पर्यटकीय गाउँ, खुला दिसामुक्त क्षेत्र प्युटार जाऔँ भन्ने नाराका साथ सम्पन्न भएको घोषणा कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गाउलाई विकास गर्ने पहिलो चरण खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नु पनि मुख्य विषय रहेको जानकारी दिनुभयो ।

त्यस्तै गरी स्थानीयलाई सौचालयमा दिशापिसाब गर्ने बानी पार्नका लागि र सबैको घरघरमा सौचालय निर्माण भएकोले गाविसलाई खुला दिशामुक्त घोषणा गरिएको गाउँ स्तरीय खानेपानी तथा सरसफाई तथा स्वच्छता समन्वय समिति तथा प्युटार गाविस सचिव विनोद राईले जानकारी दिनुभायो ।

घोषणा समारोहमा पूर्ण खोप सुनिश्चितता समेत घोषणा गरेको छ । यस क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न वातावरण र विकास संस्था इन्डो र युनिसेफले जिल्ला र गाउँ स्तरिय खानेपानी तथा सरसफाई तथा स्वच्छता समन्वय समितिसँग मिलेर काम गरेको थियो ।

२६ सय जनसंख्या र ५ सय घर धुरी रहेको प्युटारलाई जिल्लाकै २० औं खुल्ला दिसामुक्त क्षेत्र गाविस घोषणा भएको हो । घोषणा समहारोहमा ललितपुरका स्थानीय विकास अधिकारी हरि प्रसाद दाहाल, सहायक प्रमुख जिल्ला अधिकार, सभासद योगेन्द्र घिसिङ, माओबादी केन्द्रका पोलिटव्युरो सदस्य हरि दाहाल राजनीति दलका प्रतिनिधि, नागरिक समाज स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

Comments

comments

<-- Google Analytics -->