असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

चीनमा बजार अहस्तक्षेपको नीतिसँगै आर्थिक गिरावट

काठमाडौं, ११ माघ । चीनको आर्थिक वृद्धिदरमा कमी आउनुका विविध कारणमध्ये सरकारले खुला बजारमा हस्तक्षेप नगर्ने नीति लिनु पनि एक हो ।

नेपाल भ्रमणमा रहेका पेकिङ युनिभर्सिटीका प्रोफेसर पान उईले सोमबार नेपाल–चाइना मेडिया फोरमले प्रेस काउन्सिल नेपालमा आयोजना गरेको कार्यक्रममा भन्नुभएको हो ।

सेन्टर फर चाइनिज एण्ड ग्लोबल एफियर्सका निर्देशकसमेत रहेका पानका अनुसार आर्थिक मन्दीका अन्य कारणमा कामदार तथा कर्मचारीको ज्याला तथा पारिश्रमिक वृद्धि, जलवायु परिवर्तन तथा वातावरण संरक्षणप्रति ध्यान दिएर उद्योग–कारखाना चलाउने नीति, परम्परागत उर्जाको प्रयोगमा परिवर्तनलगायत विषय रहेको छन् ।

‘सस्तो कामदार चीनको आर्थिक सफलताको एक प्रमुख कारण थियो, तर खुला बजारको आर्थिक नीति अवलम्वन गरेसँगै चीनका दक्ष कामदार बाह्य विकसित मुलुकतिर पलायन भएका छन्, यसले पनि आर्थिक वृद्धिदर घटाउन सघायो’ पानले लोकतान्त्रिक अभ्यासका कारण यस्तो अवस्था आएको हो भन्ने टिप्पणीलाई भने स्वीकार गर्नुभएन ।

शान्ति तथा विकासका लागि चिनिया प्रतिष्ठानका महासचिव सु जेनसुईलगायत चिनिया टोलीको स्वागतमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपाल–चाइना मेडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले प्रतिष्ठानले नेपालको विभिन्न जिल्लामा विकास निर्माणमा सघाउ पु¥याएको स्मरण गर्दै नेपाली पत्रकारलाई चीनको भ्रमण गराएर मित्रता अभिवृद्धिमा सघाउ पु¥याएकोमा आभार पनि प्रकट गर्नुभयो ।

फोरमका सदस्य विष्णु रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, प्रेसकाउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, सूचना विभागका महानिर्देशक लक्ष्मीविलाश कोइरालालगायत काठमाडौंमा रहेका प्रमुख मिडियाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
IMG_2290
चिनिया टोलीमा प्रतिष्ठानका वरिष्ठ परियोजना अधिकृत लिन लाओ, परियोजना अधिकृत झेङ्ग मिना र परियोजना सहायक वेङ्ग युटिङ हुनुहुन्छ ।

Comments

comments

<-- Google Analytics -->